सन्र्दभः प्रजातन्त्र दिवस: घाम लाग्यो,बादल हटेन

कृष्ण खनाल
बुटवल, ६ फागुन । 

वि.स.२००७ सालको प्रजातन्त्रको उदय हुने समयमा डिल्लीरमण शर्मा स्याङ्जामा थिए । भखैरै २०÷२२ बर्ष उमेर लागेका उनी युवा जोशमा गाउ गाउबाट नेपाली कांग्रेसको झण्डा बोकेर आन्दोलनमा होमिएका थिए । तत्कालीन सरकारले थाहा पाई गिरफ्तार गर्ने डरले गाउ गाउमा शर्मा यूवासँग मिली आन्दोलनको खाका बनाउथे । 
वि.स.१९८८ सालमा जम्मीएका शर्माले वि.स. २००७ साल पुस २४ गते स्याङ्ग्जा जिल्ला कब्जा गर्ने योजनाका मुख्य योजनाकार समेत हुन । 
अहिले उमेरले ८४ बर्ष लागेका शर्मा वि.स.२०२० सालमा रुपन्देही झरेका हुन । ३ बर्षसम्म जेल जिवन विताएका शर्मा १८ बर्षसम्म रुपन्देहीमा नेपाली कांग्रेसको नेतृत्वपंत्तिमा रहेर काम गरेको अनुभव रहेको छ । 
वि.स.२०१७ सालको आन्दोलनमा भाग लिएको कारण तत्कालिन सरकारले उनलाई ३ बर्ष जेल हालेको थियो । उनी भन्छन्–‘त्यतिबेला नेपालभरमा पहिलो पटक  वि.स.२००७ साल पुस २४ गते स्या्ङ्ग्जा जिल्ला कब्जा हामीहरुले गरेका थियौं । त्यतिबेला आन्दोलन उत्कृर्षमा पुगेको बेला, बडाहाकिम (जिल्ला प्रमुख), मालको हाकीम (मालपोत) लगायत सरकारी कार्यालयका प्रमुखहरु भागेपछि पहिलो पटक जनताले जिल्ला कब्जा गरेको थिए । 

त्यतिबेला जमानसिंह गुरुङ्गलाई गृह जनताको तर्फबाट  गृहमन्त्री बनाएर अगाडी बढेको स्याङ्ग्जा स्वाक्त जिल्ला भएको थियो । पछि वि.स.२००७ साल फागुन ७ मा केन्द्रले जिम्मा लिएको थियो ।
रुपन्देही जिल्लामा समेत घोषणा नहुदै पहिलो पटक संस्थापकको रुपमा रहेर काम गरेका शर्मा भन्छन्–‘वि.स.२०२१ जेष्ठ १४ गते जिल्ला संस्थापक संयोजक भएर नेपाली कांग्रेस गठन गरे ।’ उनी थप्छन्–‘रुपन्देही रित्तै थियो, पाल्पा, स्याङजा  कास्कीबाट त्यहा कांगेसी भनेर मधेसतिर झरेका व्याक्तिहरु गठन गरेर नेपाली कांग्रेस  गठन गरेको हो’ । रुपन्देही जिल्लाको नामबाट पहिलो पटक जिल्ला संगठन घोषणा गर्ने  पार्टी नेपाली कांग्रेस भएको उनको भनाई छ ।  पहिला नै रुपन्देही जिल्ला घोषणा गरे पनि सरकारी कार्यालयहरु वि.स. २०२२ सालमा मात्र आएका थिए । वि.स. २०४८ सालसम्म रुपन्देहीको नेतृत्व गरेका शर्मा भन्छन्–‘ लिलाम्बर पन्थी, चरणबहादुर पुन, पुष्पानन्द गिरी लगायतका विच विचमा सभापतीहरु बनाईयो तर यसको नेतृत्व संमन्वय गर्ने काम मैले गरे ।’


वि.स. २०३६ सालमा बहुदलको नेता भएर समेत काम गरेको उनको अनुभव छ । उनी भन्छन्–‘प्रजातन्त्र अयो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर खै के आयो आयो ।’ वि.स.२०४६ सालको जनआन्दोलनमा कृष्णप्रसाद भट्राईलाई क्षेत्र नम्बर १ बाट हराउने र अन्तरघात गर्ने र गिरीजालाई प्रधानमन्त्री बनाउने खेलभएको उनको स्मरण छ । तर पछि उनले नै भट्राईलाई २ नम्बर क्षेत्रबाट उठाउन आग्रह गरेपनि उनले नमानेको कारण हार भएका उनले बताए । 

शर्मा जस्तै वि.स.२००७ सालको प्रजातन्त्र आन्दोलनमा प्रत्यक्ष सहभागी भएका अर्का व्यक्ति हुन नरनारायण घिमिरे । गुल्मीको वामी गाविसमा जन्मीएका घिमिरे पनि वि.स.२००७ सालको प्रजातन्त्रको आन्दोलनमा सहभागी भएका अर्का साक्षी हुन । अहिले रुपन्देहीको गजेडी गाविसमा बस्दै आएका घिमिरेसंग प्रजातान्त्रीक आन्दोलनका कैयन स्मरणहरु रहेका छन् । वि.स.२००७ सालमा उनी गाउ गाउमा लुकेर आन्दोलनको योजना बनाउदथे । गाउ गाउबाट गुल्मीको सदमुकाम तम्घास आन्दोलनमा सहभागी हुन आउदा उनले एउटा कविता लेखेका थिए । ‘प्रजातन्त्र कहाँ आयो, हिमालमा आयो की, पहाडमा आयो की तराईमा आयो’ यो कविताको हरफ थाहा पाएर स्थानिय प्रशासनले नजरबन्द समेत गरेको सम्मरण उनीसँग ताजै छ । उनी भन्छन्–‘नेपालमा प्रजातन्त्र आयो, तर बादलले छेक्यो, सुर्यका किरण पृथिविसम्म आउन सकेनन् ।’ रुपन्देहीमा उनले नेकपा एमालेको राजनीतिमा लागेका थिए । तर अहिले उनी सल्लाहकारका रुपमा रहेका छन्  । 

प्रजातन्त्र प्राप्तीको आन्दोलनका जानकारी देवेन्द्र घिमिरे पनि प्रजातन्त्र, लोकतन्त्र र  गणतन्त्र जे भनेपनि मानिसले व्यवहारिक रुपमा आफ्नो अधिकार उपयोग गर्न पाउने बातावरण अहिले पनि नभएको बताउछन् । वि.स.२००३ सालमा गुल्मीको ग्वालीचौर–७(पहिला बाग्लुङ्ग, अहिले गुल्मी) मा जन्मीएका घिमिरेले २००७ सालको प्रजातान्त्रीक आन्दोलन पुर्णरुपमा सहभागी हुन नपाएपनि अग्रेजहरुबाट  यसको बारेमा जान्ने मौका पाए । वि.स.२०१७ सालमा राजाको कु हुँदा उनी रुपन्देही आएका थिए । विगत लामो समय देखि सक्रिया राजनीतिमा लागेका उनी भन्छन्–‘राजा त्रिभुवनले पनि जनतालाई कागजमा लेखेर प्रजातन्त्र दिए तर त्यसको अहिलेसम्म कार्यान्वयन भएन ।’
गणतन्त्र अयो तर सिंह दरवारसम्म मात्र आयो, प्रजातन्त्रको अनुभुती अहिले भनेको पहिलाको तुलनामा जनताले आवाज उठाउन पाउने बोल्न पाउने मात्र वातावरण सृजना भएको छ । उनी भन्छन्–‘यो पूर्ण प्रजातन्त्र भन्दा पनि प्रजातन्त्रको संकेत मात्र हो ।’
वि.स.१९९७ सालमा जन्मीएका  रामप्रसाद खनाल २८ बर्ष सम्म नेपाली कांग्रेसको नगरसभापती भएर बुटवलको राजनीतिमा लागे । वि.स.२००७ साल फागुनमा  प्रजातन्त्रको आन्दोलन बुटवलबाट गर्दा उनी  तत्कालिन सरकारले समात्ने डरले उनी पाल्पा गएर आन्दोलनको खाका बनाएका थिए ।  उनी भन्छन्–‘त्यतिबेलाको आन्दोलनमा प्रजातन्त्र के हो भन्ने थाहा थिएन तर सबैको लहै लहैमा आन्दोलनमा लागेको थिए ।’ 
पछि वि.स.२०१४ सालमा पाल्पा गएर राजनीति गर्ने क्रममा जेल हाल्यो उनलाई । वि.स.२०१७ सालमा जेलबाट फरार भएर उनी भारतमा गेर लुकेर बसेको उनको अनुवभ छ । वि.स.२०२६ सालमा भारतबाट अन्य नेताहरु संगै उनी नेपाल फर्किएका  थिए । 
लोकतन्त्र, गणतन्त्र,  प्रजातन्त्र आए तर जतनाले बास्तविकरुपमा महसुस गर्न नपाएको उनको  भनाई छ । उनी भन्छन्–‘प्रजातन्त्र आयो, र पो हामीले आ आफ्नो आवाज उठाउन पाएका छौं । ’ उनी थप्छन्–‘प्रजातन्त्र आयो तर पुराना पाका पुस्ताहरुले गरेको योगदानको अवमुल्यन हुदै गयो जसको कारण पिर पर्छ ।’
यि अग्रजहरुको  भनाईमा प्रजातन्त्र आए पनि यसको बास्तविक अनुभव नेपालीहरुले अझै गर्न सकेका छैनन् । नेपालमा प्रजातन्त्र संस्थागत भएको ६५ बर्ष पुरा भएको छ । विच विचमा लोकतन्त्र, गणतनत्र समेत अयो तर जनताले बास्तविक प्रजातन्त्रको आवास पाउन सकेका छैनन ।  हाम्रो देश नेपालमा प्रजातन्त्र दिवस भन्ने शाब्दिक सनदर्भले वि.सं. २००७ साल फाल्गुण ७ गतेलाई स्मरण गराउँछ ।  नेपालमा पनि १०४ वर्षको लामो अवधि राणाहरूको जहानीय शासनको चंगुलपार्नको लागि ७ सालको क्रान्ति महत्पूर्ण छ । 
२००७ सालमा प्रजातन्त्र ल्याउनमा निम्नलिखित संघसंस्थाहरूको अद्वितीय भूमिका रहेको छ । माधवराज जोशीको आर्य समाज, प्रथम विश्वयुद्धबाट फर्केका स्वदेशी सैनिकहरूको गोरखा लीग, तुलसीमेहरको चर्खा आन्दोलन, प्रचण्ड गोरखा, महावीर स्कुल स्थापना, नेपाली नागरिक अधिकार समिति, नेपाल प्रजा परिषद स्थापना, सप्तरी काण्ड, नेपाली छात्र संघ, नेपाली राष्ट्रिय काँग्रेस, विराटनगर मजदुर हड्ताल, जयतु संस्कृतम, नेपाली काँग्रेसको संगठन विस्तार र आन्दोलन, झरोखर गोलीकाण्ड, वैरगनीय प्रस्ताव, मुक्ति सेनाको अथक प्रयास, ४ जना शहीदको आत्मा उत्सर्ग र राजा त्रिभुवनको नारायणहिटी त्यागलाई मुख्य रुपमा राख्न सकिन्छ  । 
कृष्ण खनाल
नेपाली विकिपीडियाका अनुसार  २००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ । देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए । नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गर्दै आए । ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो । लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आए र ७ गते प्रजातन्त्रको घोषणा गरिएको हो । 







Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती