महानगरको बाटोमा बुटवल

कृष्ण् खनाल 
बुटवल, ३ फागुन ।
 केही समय पहिला उपमहानर पालिका
घोषणा भएको बुटवल उप–महानगरपालिकाले अव ‘महानगर उन्नमुन योजना’ अगाडी बढाउने भएको छ । बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले अव उपमहानर पालिकाले अगाडी बढाउने  विविध  खालका योजना महानगर उन्नमुख योजना हुने बताउछन् । उनका अनुसार अव उपमहानर पालिकाले विकास निर्माणको कार्य गर्दा महानगर पालिकालाई लक्षित गरी निर्माण गर्ने जानकारी दिए । उनी भन्छन्–‘बुटवल आर्थिक, सामाजिक र भौगोलीक रुपमा सक्षम छ, तर केही विकास  निर्माणका काम अगाडी बढाउनु छ, जुन अवको  प्रमुख योजना हो ।’ 
विगतका बर्षहरुमा  कार्यसम्पदान तथा मुल्यांकनमा पछाडी परेको बुटवल लगातार तेस्रो पटक सम्म पनि देशभरीका नगरपालिकाहरुलाई उछुन्दै उत्कृष्ठ नगर हुनु आफैमा गौरवको विषय भएको प्रमुख कार्यकारी अधिकृत खड्कोभनाई रहेको छ । 
यता, बुटवल नगरका पुर्व उपमेयर तथा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले विगतका दिनहरुमा नगरपालिका स्थापना गर्नको लागि जुन प्रकृतीको योगदान यस क्षेत्रका राजनीतिक दल, स्थानिय बुद्धिजिवीहरुको थियो,  त्यस्तै प्रकृतीको योगदान अहिले पनि बुटवल उपमहानगरपालिकाले अपेक्षा गरेको बताउछन् । जनप्रतिनिधि विहिन भएको अवस्थामा स्थानिय निकाय कर्मचारी तन्त्रले धानेको भन्दै  स्थानिय निकायमा हुने भष्ट्रचार, अनियमितता, ढिलासुस्ती लगायतका काम बन्द हुनुपर्ने उनको धारणा रहेको छ ।  उनी भन्छन्–‘बुटवल अव नगर, उप–महाननगर र महानगरको बाटोमा अगाडी बढिसक्यो, यो नगरलाई भष्ट्राचार मुक्त नगरको रुपमा विकास गर्न सबै लागौ ।’
पुर्व जनप्रतिनिधिभएको नाताले अहिले पनि बुटवल  उपमहानर पालिकासंगको सामिप्यता अझै प्रगाढ भएको भन्दै उनले कागजमा भन्दा पनि जनताले व्यवहारिक रुपमा कार्यदक्षताको अपेक्षा गर्ने भन्दै यसको लागि नगरको योजनाहरु जनताले कस्तो प्रकृतीको अपेक्षा गरेका छन् सोही प्रकृतीको हुनुपर्ने उनको  धारणा छ । 
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बुटवल उपमहानरपालिकाले तिन पटक सम्म उत्कृष्ठता हासिल गर्नु आफैमा गौरवको विषय भएको भन्दै उवासंले अगाडीबढाएको योजनाहरुमा अहिलेसम्म नगरक्षेत्रबाट सहयोग मिलेको बताउछन् । उनले बुटवल उद्योग बाणिज्य संघले शैक्षिक, स्वाथ्य र औद्योगीक क्षेत्रको विकास  योगदान दिएको भन्दै यसमा सबैको सहकार्य रहेको बताएका थिए । 

यता, नेपाली कांग्रेसका नगरसचिव ज्वोती भण्डारीले नगरपालिकाले उपमहानगरबाट महानगरको बाटोमा अगाडी बढ्नु खुसीको कुरा भएपनि प्रत्येक बर्ष विनियोजना हुने बजेटमा जनताले अपेक्षा गरेको वास्तविक विकास हुनुपर्ने बताउछन् । उनी भन्छन् जनताले हेर्ने भनेको विकास हो, विकासको काम जती धेरै गर्न सक्यो त्यतिनै  उत्कृष्ठता हासिल गर्न सकिन्छ ।पुर्व सांसद, रामचन्द्र भट्राईले कुरा मात्र गरेर नहुने भन्दै व्यवाहिकविकासमा बुटवल उपमहानगर पालिका अगाडी बढ्नुपर्ने बताउछन् । 
रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले बुटवल उपमहानगरपालिका भएपनि बुटवल–१,२,३  र ४ वडाको विकासको लागि नगरले खासै चासो देखाउन नसकेको बताउछन् । बुटवल नगरभित्र कुनै स्थान  सुगम र कुनै स्थान दुर्गम हुन नहुने भन्दै विकासको अनुभुती सबै क्षेत्रका जनताले समान रुपमा पाउनुपर्ने  उनको धारणा रहेको छ ।  रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डेले बुटवल उपमहानरपालिका संग सहकार्य गरेर अगाडी बढ्न व्यापार संघ जहिले पनि तयार रहेको बताउछन् । 
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले यातायात क्षेत्रबाट नगरक्षेत्रमा मात्र नभई देशभरपनि महत्पूर्ण योगदान दिएको भन्दै सबैको सहयोग, साथ बाट यातायत क्षेत्र सवल भएको धारणा राख्छन् । उनले बुटवल नगरको विस्कृत गुरुयोजना निर्माण गरी अगाडी बढ्न नगरलाई सल्लाह समेत दिएका छन् । 
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले कुनै पनि क्षेत्रको विकासको लागि त्यस क्षेत्रको आधारभुत विकास हुनुपर्ने भन्दै अहिले तिनाउ नदीमा भएको दोहन अन्त्य गर्नको लागि नगरले ठोस योजना ल्याउनुपर्ने बताउछन् । उनले केही बर्षमा बुटवल खण्डहर हुनबाट जोगाउनको लागि पनि तिनाउ नदी जोगाउनुपर्ने धारणा उनको छ । 
यता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले स्थानिय स्वक्त साशान ऐन २०५५ र नियमावली २०५६ अनुरा राज्यले केन्द्रिकृत  योजनबाट गर्ने योजनाहरु भन्दा अन्य सबै काम नगरक्षेत्रले गर्ने गरेको भन्दै बुटवल उपमहानगरपालिकाले अव महानगरको बाटोमा अगाडी बढ्नु स्वागतयोग्य कुरा भएको बताउँछन् । ऐतीहाासिक जीतगढी किल्ला, रामापिथेकस जस्ता ऐतिहासिक तथा पुरात्वत्वीक क्षेत्र भएको मध्यभागमा रहेको भन्दै  बुटवलले विशेष महत्व बोकेको उनको भनाई छ ।   उनी भन्छन्–‘आर्थिक, शैक्षिक र प्राकृतिक महत्व बोकेको बुटवल स्वाथ्य क्षेत्रको विकासम पनि अगाडी बढेको छ, जनु रुपन्देहीको लागि गौरवको विषय हो ।’ उनले बुटवल आर्थिक केन्द्रको रुपमा विकास  हुदै गर्दा  मोतिपुर औद्योगीक क्षेत्रको लागि अहिले २ सय ४० विघा क्षेत्रफल  आवश्यक रहेको भन्दै केन्द्रमा सिफारि गरिएको र त्यसलाई अझ वृद्धि गरी ७ सय पु¥याउनको लागि नेपाल सकरारका अर्थमन्त्री विष्णु पौडेल संग कुराकानी भैरहेको जानकारी दिए । 

बुटवल उपमहानर पालिकाको ५७ औ स्थापना दिवस
करदाता, कर्मचारी र सुभेच्छुक सम्मानित
बुटवल, ३ फागुन । 
 ‘सवल आर्थिक केन्द्र, समुन्नत बुटवल’ भन्ने मुल नाराका साथ बुटवल उपमहानगरपालिकाले  स्थापनाको ५७ औ स्थापना दिवस ऐतिहासिक जीतगढी किल्लामा   मनाएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख आत्रिथ्यतामा भएको कार्यक्रममा पुर्व नगरप्रमुख, पुर्व सांसद, स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यिता रहेको थियो ।  कार्यक्रममा बुटवल उपमहनागरपाकिलाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले नगरले गरेको बार्षिक प्रगती योजनाको बारेमा जानकारी गराएका थिए ।
 कार्यक्रममा रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी युवराज सुवेदी, पुर्व  सांसद रामचन्द्र भट्राई, पुर्व प्रमुख मेयर भोज प्रसाद सापकोटा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरि प्रसाद अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेश राज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष  शेर बहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रममा  नगरलाई समयमा नै कर तिर्ने उत्कृष्ठ  पेशागत कारदानको रुपमा ज्वोती प्रकाश लामा र संस्थागत रुपमा भैरव अटोमोवाईल्स लाई सम्मान गरिएको थियो । त्यस्तै व्याक्तिगत घरबहाल कर सयमा नै भुक्तानी गर्ने महेशमान सिंह, संस्गात पश्चिमाञ्चल फाईनान्स, एकिकृत सम्पत्ती कर तर्फ मृगेन्द्रमान शेरचन र  नेपाल हाईड्रो एण्ड ईलेक्टीकलाई सम्मान गरिएको थियो । उनीहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद ढकाल र बुटव उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले संयुक्तरुपमा सम्मान पत्र, फुल र अवीरले सम्मान गरेका हुन । 
यस्तै उत्कृष्ठ कर्मचारीरुमा सफाई कर्मी कृष्ण दमाई, कार्यलय सहयोगी, जीवाखर अधिकारी, नासु विष्णु प्रसाद श्रेष्ठ, कार्यलय सहयोगी कमल बहादुर कार्की, लाईनमेन दिल बहादुर थापा, खरिदार रेखा श्रेष्ठ लाई नगत ५÷ ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । यस्तै बर्षको उत्कृष्ठ कर्मचारीको रुपमा राम प्रसाद पन्थीलाई नगत १५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो । सोही कार्यक्रममा सञ्चार क्षेत्र, टोल विकास संस्था, विभिन्न संघ संस्था, शैक्षिक प्रतिष्ठानहरु, विभिन्न गैरसरकारी संस्थालाई समेत सम्मान गरिएको हो । कार्यक्रमा प्रवेशिका परिक्षामा उत्कृष्ठ नतीजा ल्याउने  सामुदायिक तर्फ कान्ती उमाविका छात्रा देवी पोखरेल, छात्र कान्तीकै मनोज  भण्डारी र  संस्थागत तर्फ छात्रा अक्फोड उमाविकी निधि सिंह र  अक्फोडकै अरुण अर्याललाई नगद १० ÷१० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका नेकपा मालेका भरत पराजुली, सद्भावनाका राजेन्द्र अग्रहरी, नेपाली कांग्रेसका नगर सचिव ज्वोती भण्डारी, रविन्द्र गोपाल लाकौल, गणेशमान सैजु लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती