‘केरा खेतीमा रोग होईन समस्या’

कृष्ण खनाल 
बुटवल, ६ माघ । 
 रुपन्देहीको दयानगर गाविसका किसान बसन्त भुषालले गरेको व्यसायीक केरा खेतीमा केही समय पहिला देखिएको समस्या रोग नभएर  ‘समस्या मात्र’ भएको प्रमाणित भएको छ ।  नेपाल कृषि अनुसनधान परिषद् राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली रोग विज्ञान  महासाखा खुमलटार, ललितपुरमा गरिएको परिक्षण अनुसार रोगको जिवाणु नभई शंकाणुको कारण बाट भएको देखिएको हो । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार केन्द्रबाट आएको परिक्षण नतीजामा ‘सेकेन्टर ईन्फेक्सन’बाट केरा खेतीमा समस्या देखिएको हो । उनले यो अवस्थालाई रोगको रुपमा लिन नमिल्ने बताएका छन् ।  केन्द्रबाट आएको परिक्षण रिर्पोटमा अहिलेको समस्या समाधानको लागि हाल कुहिएको गुवोलाई हटाई  १ प्रतिशतको ‘बोरडीयुनिक्ुस मिक्सचर’ बनाएर गुवो भित्र सम्म पुग्नेगरी १०–१२दिनको फरकम २ पटक छर्केर उपरा गर्न सुझाव दिएको छ ।  प्रमुख बाली रोग विज्ञ डा. बैद्यनाथ महतोका अनुसार  व्यवसायीक रुपमा देखिएको समस्या रोग नभएर समस्या मात्र हो । उनले जिल्ला कृषि विकास कार्यालयबाट संकलन गरिएको नमुना र प्ररम्भिक परिक्षणको नतीजा समेत केन्द्रमा उपलब्ध भएको र सोही अनुसार अनुसन्धान गर्दा सेकेन्डरी कारणले विरुवाको गुवो सड्ने र मर्ने समस्या देखिएको जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले किसान बसन्त भुषालले  साढे सात विघा क्षेत्रफलमा  व्यवसायीक रुपमा गरेको केरा खेतीमा देखिएको समस्या अहिले समाधानको क्रमम रहेको जानकारी दिएका छन् । 

कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सापकोटा भन्छन–‘उक्त समस्या समाधानको लागि केन्द्रबाट आएको रिपोर्ट अनुसारको कार्य गर्न कृषकलाई निर्देशन दिएका छौ, सोही अनुसार काम गरेरपछि समस्या समाधान हुने क्रमम छ ।’ 
केही समय पहिला किसानले  व्यवसायीक केरा खेतीमा समस्या देखिएपछि कृषि विकास कार्यालयले जिल्ला कृषि विकास कार्यालयको प्राविधिक टोली दयानगर पुगेर समस्याको बारेमा जानकारी लिएको थियो । 
रुपन्देहीमा केरा खेतीको लागि उच्च उत्पादन लागत, हावाहुरीको जोखिम व्यवस्थापन गर्न नसक्दा कम आकर्षण,  गुणस्तरीय बेर्नाको उपलब्धतामा कमी, उत्पादनको विविधकरण हुन नसक्न जस्ता समस्या तथा चुनौतीहरु रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।   रुपन्देहीमा व्यवसायिक केरा उत्पादन प्रबद्र्धनका लागि प्राथमिकता प्राप्त कार्यक्रम निजी क्षेत्रको साझेदारीमा टिस्यू कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गर्ने पूर्वाधार विकास गरी बेर्ना उत्पादनमा आत्म निर्भर बनाउने, झापाली मालभोग केरालाई प्रबद्र्धन गर्ने लगायतका कार्यक्रमहरु यस बर्ष जिल्ला कृषि विकास कार्यालयले   अगाडी सारिएको छ ।  जिल्ला कृषि विकास कार्यालय अनुसार हावाहुरीको जोखिम व्यवस्थापन गर्न उत्पादनमा आधारित क्षतिपूर्ति सहितको बाली बीमाको व्यवस्था एवम् प्राविधिक व्यवस्थापन, मूल्य,उत्पादक तथा व्यवसायिकहरुको साझेदारीमा केराको परिकारहरुमा विविधिकरण एवम् बजारीकरण, व्यवसायिहरुको साझेदारीमा केराको रेशा उत्पादन गर्ने प्रशोधन मेशिन एवम् उद्योगको स्थापना (७५ प्रतिशत अनुदानमा) लगायतका कार्यक्रम समेत अगाडी सारेको छ ।  रुपन्देहीमा २ सय हेक्टरमा केरा खेती तथा फलफुल खेती गरिदै आएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती