सन्दर्भः विश्व सिमसार दिवस ताल सुकेर पोखरी

कृष्ण खनाल
बुटवल, १८ माघ ।
 गत बर्ष मंसिर महिनामा रुपन्देहीको सबैभन्दा ठुलो, लुम्बिनी अञ्चलको दोस्रो ठुलो ताल विष्णुपुरा गाविस–१ मा रहेको  गैडहवा ताल तालमा जाने जो को
ही पनि लोभिन्थे । ८४ विघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित तालमा करिव २ सय भन्दा बढि प्रजातीका जराचुरुङ्ग हेर्दे नेपालमा एक मात्र पाईन ईन्डीयन ईन्ट्रा नामको कछुवा समेत प्रत्यक्ष रुपमा हेर्न पाउँदा जो कोहीको मन पनि प्रफुल्ल हुन्थो । तर स्थानिय तथा जिल्ला स्तरबाट यस तालको संरक्षणमा चासो नदेखाउदा करिव ८० प्रतिशत भन्दा बढि पानी सुकेको छ । अहिले तालमा जाने जो कोही व्याक्तिहरुले यो ताल हो की पानी पोखरी समेत भन्न भ्याउछन् । 
 भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनी देखि मात्र १२ किलोमिटर र पश्चिम क्षेत्रको प्रमुख व्यापारीक सहर बुटवल देखि मात्र ३२ किलोमिटर नजिक रुपन्देहीको विष्णुपुरा गाविसमा रहेको यो ताल सिमसार क्षेत्रको समेत प्रतिनिधित्व गर्दछ । 

तर गाउ विकास समितिले माछा मार्नको लागि ताल नै ठेक्कामा लगाउने गरेको कारण ठकेदारले आफुखुसी तालको पानी सुकाउदा तालको अस्तित्व नै संकटमा परेको छ । गाउ विकास  समितिले ठकेदारलाई ठेक्का लगाउँदा तालको पानी सुकाउन नपाउने गरी मापदण्ड निर्धारण नगरेको कारण तालको  अस्तित्व संकटमा परेको गैडहवा ताल संरक्षण तथा सौन्दर्यकरणसमितिका अध्यक्ष राम अवतार यादव बताउछन् । उनी भन्छन्–‘ताल संरक्षणको लागि स्थानिय निकायले जिम्मेबारी लिनु पर्दछ । उनी भन्छन्–‘गाविसले ताल ठेक्का लगाउँदा तालको  पानी सुकाउन नपाउने र निश्चित मात्र पानी सुकाउन पाउने गरी मापदण्ड निर्धारण गर्नुपर्दछ ।’  
वि.स.२०२० साल स्थानिय बलिराम यादवले मानवनिर्मित तालको रुपमा विकास गरेको उक्त तालको अहिले सम्म दर्घकालिन गुरुयोजना निर्माण भएको छैन । बर्षेनी तालको विकास र संरक्षणको लागि भनेर केन्द्र र जिल्ला विकास समितिले निश्चित बजेट विनियोजना हुने गरेको भएपनि उक्त बजेट बालुवामा पानी सरह हुने गरेको स्थानिय बताउछन् ।  
ताल स्थापना हुँदा ८४ विगाहा क्षेत्रफलममा फैलिएको उक्त तालमा  अहिले जलासय युक्त क्षेत्रफल  करिव ५० विगाहा  मात्र रहेको छ रहेको छ । स्थानिय मीना सारुमगरका अनुसार तालको पानी सिंचाहीको लागि मात्र प्रयोग  गर्ने परिपाटीको कारणले पनि थप समस्या रहेको बताए । उनले भनीन्–‘अव आगामी दिनमा यस तालको पानी सिंचाहीको लागि मात्रा निर्धारण गर्नुपर्छ जसले आन्तरिक तथा वाह्य पर्यटक भित्र्यानको लागि सहज हुनेछ ।’ 
नजिकै रहेको गिद्ध संरक्षणको लागि खोलिएको जटाँयु रेष्टुरेन्टको अवलोकनको लागि समेत आन्तरिक तथा वाह्य पर्यटक आउन सक्ने भन्दै यसको लागि सम्पूर्ण सरोकारवाला निकायबाट ध्यान जानु पर्ने भनाई स्थानियको रहेको छ । 

तालमा पछिल्लो समयमा  प्रत्येक ५ बर्षमा २० लाख रुपैँया मा ठेक्का दिने  गरेको छ । विष्णुपुरा गाविसको स्वामित्वमा गाविसले प्रत्येक ५÷५ बर्षमा माछा पालनको लागि पुरा ताल नै ठेक्कामा गाउने गरेको छ । 
उता, गैडहवा ताल सन्दर्य सरोकार समितिका अध्यक्ष राम अवतार यादवले प्रत्येक बर्ष  गाउ विकास समितिबाट तालमा माछा पालनको लागि ठेक्का लगाउने गरेको भएपनि गाविसले तालको विकासको  लागि केही नगरेको  बताउँछन् । उनी भन्छन्–‘तालको आम्दानी गाविसले लगेपछि यसको विकासको लागि पनि केही लगानी हुनुपर्द छ ।’
यता, 
जिल्ला वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत रामसागर यादवले ताललाई विकासको लागि दिर्घकालिन गुरुयोजना निर्माण गर्नु पर्ने बताउछन् । तालबाट हुने आम्दानीको स्रोत स्थानियहरुले नै लिने भन्दै यसको लागि स्थानिय स्तरका राजनीतिक दल, स्थानिय सरोकारवाला निकाय एक जुट भएर आजैका दिन देखि लाग्नु पर्ने उनको धारणा छ । उनी भन्छन्–‘यहाका स्थायिहरुले  त्यस तालको विकासको लागि सोच्ने बेला आएको छ ।’ पोखराको फेवा तालले पोखराको विकास भएजस्तै गैडहवा तालले विष्णुपुरा गाविसको र सिङ्गो रुपन्देहीको मुहार परिर्वतन हुने उनको विचार रहेको छ ।  लुम्बिनी संग विष्णुपुरा  गाविस जोडिएकोले लुम्बिनीमा आउन सक्ने पर्यटकको केही अंस मात्र गैडहवा तालमा ल्यान सकेमा स्थानियको आर्थिक जिवस्तर माथि उठ्ने बताए । 
उनले भने–‘यो तालको दिर्घकालिन गुरुयोजना निर्माण गरी विकास गर्न सकेमा यहाको मात्र होईन रुपन्देहीकै मुहार परिर्वतन हुनेछ ।’ जिल्ला विकास  समिति रुपन्देहीबाट तालको गुरुयोजना निर्माणको लागि र तालको संरक्षणको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसको प्रचार प्रसार र प्रर्वद्र्धनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । 
प्रत्येक बर्ष तालको संरक्षणको लागि बजेट विनियोजना हुने भन्दै उनले गाउ परिसद् र  ईलाका परिषद्बाट तालको संरक्षणको लागि र दिर्घकालिन गुरुयोजना निर्माणको  लागि कार्यक्रम  ल्याएर जिल्ला विकासबाट बिनियोजीत बजेट लगेर खर्छ गर्नुपने उनको भनाई  थियो । यसको  साथ अहिले अधिकतम सिंचाहीको लागि प्रयोग हुने गरेकोमा ताल लाई तालको विच स्थानमा अर्कषक मन्दिर निर्माण गरी चारै तर्फबाट यसको डिल निर्माण गरी दृश्यावलानको लागि व्यवस्थान मिलाउन सकिन्छ । यसको साथै चराहरुको अध्यायननको लागि प्रमुख स्थानको रुपमारहेको यो ताललाई चरा अध्यायन केन्द्रको रुपमा समेत विकास गर्न सकिन्छ । 
गैडहवा वन उपभोक्ता समितिका अध्यक्ष विष्णु मल्लले निश्चित स्केलमा मात्र तालको पानी सिंचाहीको लागि वितरण गर्दा हिउँदको याममा समेत तालको अस्तित्व कायम  हुनेछ । प्रत्येक बर्ष लुम्बिनीमा करिव ४ देखि ५ लाख पर्यटक आउछन् लुम्बिनीमा आएका पर्यटक मध्ये करिव १ लाख मात्र गैडहवा तालमा ल्याउन सकेमा मात्र त्यस क्षेत्रको कायापलट हुने सरोकारवालाको भनाई रहेको छ । 
  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती