कृषि स्टलमा दर्शको चासो, माछामा विशेष आर्कषण

नवलपरासी मेला औद्योगीक व्यापार मेला–२०७२  
कृष्ण खनाल 
बुटवल, ५ फागुन । 
रङ्गविरङ्गी विभिन्न जातका माछा, त्यसको संगै राखिएको प्रत्यक्ष माछा बल्छीमा फसाउन सकिने रोमान्चक खेल  नवलपरासीमा जारी पश्चिमाञ्चल स्तरिय औद्योगीब व्यापार मेलामा जाने जो कोहीको पनि यसले तान्न सक्छ । मेलामा पुर्व सांसद देवेन्द्र राज पाण्डे, यु
वा व्यवसायी रमेश पौडेल  र जिल्ला कृषि विकास कार्यालय नवलपरासीले  तिन वटा छुट्टा छुट्टै माछा पोखरी निर्माण गरेका छन् । कृत्रिम रुपमा  निर्माण गरिएको माछा पोखरीमा जिल्ला कृषि विकास कार्यालयले विभिन्न प्रजातीमा माछा पर्दशनको लागि राखेको छ भने युवा व्यवसायी रमेश पौडेलले ज्युदो माछा विक्रि संगै मेलामा आउने दर्शकहरुलाई प्रत्यक्ष माछा मार्ने(लाईभ फिसिङ्ग)को व्यवस्था गरेका छन् । मेलामा आउने  किसानहरुलाई माछा पालन सम्बन्धी आवश्यक परामर्स र तालिमको समेत व्यवस्था गरिएको व्यापारिक मेला कृषि पेभिलियन संयोजक गोपाल पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्ला कृषि विकास कार्यालयको मत्सय विकास प्राविधिक टोलीले आवश्यक परामर्स प्रदान गर्ने गरिएको छ । 
नवलपरासी उद्योग बाणिज्य संघको आयोजनामा  सुनवलमा जारी मेलामा किसानका १ सय ५० प्रकृतिका कृषि जन्य वस्तु  प्रर्दशनको लागि राखिएको छ । केराको मःम, केराको पकौडा, च्याउको मःम, च्याउको पाकौटाको अतिरिक्त संसारको सबैभन्दा  ठुलो चरा अष्ट्रिजको विभिन्न परिकारहरु र अष्ट्रिज चरा समेत प्रर्दशनमा राखिएको छ । 
मेलामा पर्दशनमा राखिएको कृषिजन्य बस्तु प्रतिस्पार्धाका आधारमा किसानलाई पुरस्कृत गर्ने योजना समेत मेला आयोजक समितिले बनाएको छ । कृषि पेभिलियन संयोजक पाण्डे भन्छन्–‘किसानहरुलाई कृषिजन्य उत्पादनको प्रतिस्पर्धाको आधारमा पुरस्कृत गर्ने योजना समेत अगाडी बढाएका छौ । ’
कृषि पेभिलियन संयोजक गोपाल पाण्डे पनि युवा उद्यमीको रुपमा आफुलाई उभ्याउने कोशीस गरेको बताउछन् । उनी भन्छन्–‘मैले पनि कृषि फर्म स्थापना गरी कृषि कर्मलाई अगाडी बढाएको छु ।’ सोसाईटी फर्म एड एग्रिकल्चर कम्पनी स्थापना गरी अहिले बाख्रा पालन कार्यअगाडी बढाएको भन्दै उनले नवलपरासी जिल्ला युवा उद्यमीहरु कृषि क्षेत्रमा बढि लागेको जिल्ला  भएको बताउछन् । 

कृषि क्षेत्रमा युवाहरुको लगाव राम्रो रहेको भन्दै उनले नेपाल उद्योग बाणिज्य महासंघको एक जिल्ला एक उत्पादन, एक गाउ एक उत्पादन अभियानलाई सार्थकता दिन अगामी दिनमा माछा पालन क्षेत्रमा उद्योग बाणिज्य संघले लगानी गर्ने योजना समेत अगाडी बढाइएको उनले जानकारी दिए । 
नवलपरासी जिल्लामा ४५ विघा सम्म जग्गा भाडामा लिएर कृषि प्राणाली अपनाउने कृषकहरु रहेको भन्दै संयोजक पाण्डेले माछा, पशुपालनमा नवलपरासी जिल्लामा लगानी राम्रो भएको र सोही अनुपातमा  उत्पादन समेत राम्रो भएको  उद्योग बाणिज्य संघ नवलपरासीका महासचिव गीरीराज पाण्डे बताउछन् ।  त्यस्तै स्थानिय कच्चा पर्दाथहरुबाट उत्पादित समान समेत मेलामा  प्रर्दशनीमा राखिएको छ । मेलामा मित्र राष्ट्र भारत,पाकिस्तान र बंगादेशका व्यपारीहरु समेत सहभागिता रहेको छ । उनीहरुले छालाजन्य वस्तु र खेलौनाको समान बिक्रि गरेको सचिवालयले जानकारी दिएको छ  । मेलामा ३०० बढी स्टल रहेका छन्  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती