एमालेको भैरहवामा जनप्रर्दशन ‘नयाँ संविधान जनताको संविधान हो’–प्रम

कृष्ण खनाल
बुटवल, १४ फागुन ।
 नेकपा एमाले लुम्बिनी अञ्चल कमिटिको आयोजनामा भैरहवामा वृहत् जनप्रदर्शन गरिएको छ । जनताको संविधान जनताको माझमा भन्ने मुल नाराका

साथ संविधानकाविषयमा भएको भम्र चिर्नको लागि आयोजना गरिएको जनप्रदर्शनमा लुुम्बिनी अञ्चलका सबै जिल्लाहरुबाट व्यापक रुपमा जसहभागीता रहेको थियो । आयोजकले डेढ लाख जनता उतार्ने पुर्व उद्घोष गरेका थिए । सोही अनुरुप कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानबाट व्यापक रुपमा  नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 
खासगरी मधेसी समुदायमा संविधान जारी भएपछि  भएका विभिन्न भ्रमहरुलाई निराकरण गर्नको लागि केन्द्रिय कार्यक्रम अनुसार भैरहवाको सिद्धार्थ रङ्गशालामा वृहत् आमसभा राखिएको थियो । 
जनसभालाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधामन्त्री तथा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले जनताले लामो समय देखि प्रतिक्षारत रहेको संविधान जारी हुनु कसैकोलागि पनि टाउको दुखाईको कारण हुन नहुने बताएका थिए ।  संविधान साभाबाट जारी संविधानमा कसैका अधिकार कटौती नगरिएको भन्दै उनले भने–‘संविधान लोकतान्त्रीक विधिबाट दुनियाले गौरव गर्ने संविधान हामीले निर्माण गर्न सफल भएका,छौं यो जनताको संविधान हो ।’
भारत भम्रण पछिको पहिलो पटक भैरहवामा आयोजना गरिएको सार्वजनिक कार्यक्रममलाई सम्बोधन गर्न आएका प्रधामन्त्री ओलीले भने–‘संविधानमा कसैको अधिकार कटौटी गरिएको छैन, अहिले वाहिर आएका कुराहरु सबै हल्लै हल्लामा आएका कुराहरु हुन् ।’

नेपाली जनताले प्रतिक्षरत रहेको संविधान संविधान सभाबाट पारित भएर लागु हुनु कसैको लागि पनि टाउकु दुखाईको कारण हुन नहुने उनको तर्क थियो । उनले भने–‘जनताले  अधिकार पाएन्न् भन्ने सव हल्ला मात्र हुन, कानुन बमोजिम सबै नेपालीहरुले अधिकार पाएका छन् । ’
संविधानले कसैको पनि अधिकार कटौती नगरेको भन्दै प्रधानमन्त्री ओलीले कसैको पनि अपमान गर्ने खालको संविधान नभएको धारणा राखे । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका सबै जनताहरुको योगदानबाट संविधान आएको भन्दै उनले कसैले खल्तीबाट दिएको संविधान नभएको बताएका थिए । संविधान दाल भात तरकारी जस्तो नहुने भन्दै उनले  संविधानले अधिकार दिने र त्यसको कार्यान्यवन गर्नु सबैको दायित्व भएको बताए ।  जारी संविधान प्रति मधेशमा भ्रम फैलाईएको भन्दै प्रधानमनत्री ओलीले “संविधानले के दियो? के दिएन” भन्दै मधेशी दलले आम  मधेशी जनतामा भ्रम छरिरहेको भन्दै संविधानले मधेशी जनतालाई  पहिलाको भन्दा पनि बढि अधिकार दिएको दावि गरेका थिए । 
कुनै समुदाय प्रति कुनै प्रकारको असमानता, भेदभावरहितको संविधान जारी  भएको सबैले खुसीयाली बनाउनुपर्ने बेलामा आन्दोलन हडताल गर्नु आफैमा नाजायजी काम भएको प्रधानमन्त्री ओलीको तर्क थियो । 
जारी संविधान पछाडी परेका समुदायलाई अगाडी ल्याउन सकारात्मक बिशेष ब्यावस्था समेत गरिएको जारी संविधानको कारण केही राजनैतिक स्वार्थ राख्ने ब्यक्तिहरुलाई छटपटि भएको टिप्पणी गर्दै ओलीले मधेश केन्द्रित दलले मधेशी जनतामा भ्रम फैलाउने काम मात्र गरेको दावी गरे ।
मधेशी केन्द्रित दलको अव्हारिक तथा असम्भव मागहरुलाई पुरा गर्न सकिनेतर्फ ईंगीत गर्दै  प्रम ओलीले  भने–‘पहिला झोला मागे झोला दियौं, पछि फेरी हात्ती मागे हात्ति पनि दिऔं, झोला र हात्ती लगेपछि लौ हो हात्ती झोलामा हालेर दिनुप¥यौ भन्दै माग्नु जस्तै अहिलेको माग असार्दभिक भएको बताएका थिए  । 
कुनै जाती क्षेत्र समुदायलाई माथी उठाउन संवैधानिक आयोगको समेत प्रवन्ध गरेको बताउदै उनले संविधानले ब्यापक रुपमा जनताको मौलिक अधिकार संबोधन गरेको जिकिर गरे । बिगतका संविधान जनताको प्रतिनिधिद्धारा छनौट भएर नबनेको कारण बिफल भएको र अहिले आएर मात्र नेपाली जनताले लोकतान्त्रिक समावेशी संविधान प्राप्त गरेको बताए ।
भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राम्रो आतिथ्यता, ब्यावहार तथा सम्मान पाएको बताए । उनले भारतले बराबरको हैसियत दिएको समेत बताए ।
फरक प्रसंघमा उनले भैरहवामा निर्माणधिन अन्र्तराष्ट्रिय बिमानास्थलको लागी आवश्यक थप १ सय ४० बिगाहा जग्गा अधिकरणको प्रकृया अगाडी बढेको बताएका थिए । यस्तै वृहतर लुमिबनी गुरुयोजना पुरा गर्नको लागि आफुले ३ बर्षको समायावधी दिएको भन्दै तिन बर्षमा लुम्बिनीको विकासमा कायापलट हुने उनको  तर्क थियो । 
२ बर्ष भित्र तुईनको विस्तापन गर्नुको साथै  पुर्व पश्चिम रेलवे, काठमाण्डौ–पोखरा–लुम्बिनी रेलवेको समेत सोच बनाई रहेको बताए ।
एमाले लुम्बिनी द्धारा आयोजित उक्त आमसभामा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल, उद्योग मन्त्री सोम प्रसाल पाण्डे, खेलकुद मन्त्री सत्यनारायण मण्डल, एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुषाल, पुर्व मन्त्री राधा ज्ञवाली र छविलाल विश्वकर्मा,  केन्द्रिय सदस्य खिललाल भट्राई, जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना भएको आमसभालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतको नेता आउने भनिएपनि उनीहरु कार्यक्रममा आएनन् ।  
यसैविभ, प्रधानमन्त्री ओलीले सिद्धार्थ नगर उद्योग बाणिज्य संघको आयोजना भएको संक्षिप्त भेटघाट कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।  उनले उद्योग ब्यावाियमा देखिएका बिभिन्न समस्या समाधानको लागि पहल जारी रहेको भन्दै सबैको सहकार्यभएमा २ बर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्न सकिने धारणा राखेका थिए ।  सोही कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष अध्यक्ष राम कुमार शर्मा ले २३ बुदे माग पत्र समेत पशे गरेका थिए । त्यस अघि प्रधानमन्त्री ओलीले भैरहवमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए । 
ण्ण्ण्ण्ण्ण्ण्
तस्वीरः विश्वास ढकाल÷राधेश्याम विश्वकर्मा÷ बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती