सहरमा आयोनुन, गाउमा ढिके नुन


ढिके नूनमा हुदैन आयोडिन

कृष्ण खनाल

बुटवल, १७ माघ । 
नेपाल सरकारले ‘मानसिक तथा शाररिक विकासका लागि सधै दुई बालवालिका चिन्ह भएको प्याकेटको नुन मात्र खानेगरौ ।’ भन्दै आजबाट अर्थात फेबु्रअरी १ देखि ३१ सम्म आयोडीन महिनाको रुपमा मनाउन सुरु गरेको छ ।
जसको लागि देशभरका  जिल्ला जनस्वाथ्य कार्यालयको मातहतमा विभिन्न कार्यक्रमहरु समेत तय गरेर  आयोडिन महिनाको रुपमा  मनाउने घोषणा गरेको छ । तर नेपाल सरकारकै तथ्यांक अनुसार अझै करिव आधा भन्दा बढि  मानिस आयोपडिनयुक्त नुन खानबाट बञ्चित  भएका छन् । 
नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयबाट सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढि सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा  सबैभन्दा बढि मानिसहरुले आयोडिनयुक्त नुन खान पाउदैनन् । केही समय पहिला सार्वजनिक गरिएको तथ्यांक अनुसार  सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा ५४ प्रतिशत मात्र व्याक्तिहरुले आयोडिन युक्त नुन खान पाएका छन् । 
अर्थात अझै पनि ४६ प्रतिशत मानिसहरुले आयोडिनयुक्त नुन खान पाउदैनन् ।  यस्तै पश्चिमाञ्चल विकास क्षेत्रमा १६ दशमलव १ प्रतिशत मानिसले आयोडिनयुक्त  नुन खान पाउदैनन्  अर्थात यो विकास क्षेत्रमा जम्म ८३ दशमलव ९ प्रतिशत मानिसको पहुचमा आयोडिन युक्त नुन रहेको छ । मध्य पश्चिमाञ्चल  ४३ दशमलव ८ प्रतिशत आयोडिन युक्त नुन खानबाट बञ्चित छन् भने ५६ दशमलव २ प्रतिशत मानिसको पहुचमा आयोडिन युक्त नुन रहेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका निम्ती प्रमुख टिकारमा अधिकारी बताउछन् । उनका अनुसार पुर्वाञ्चल विकास क्षेत्रमा ७७ दशमलव ९ प्रतिशत र मध्यमाञ्चल विकास क्षेत्रमा  ७७ दशमलव ३ प्रतिशत मानिसको पहुँचमा मात्र आयोडीन  नुन रहेको छ । 

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय बालरोग महाशाखाका निर्देशक बसन्त श्रेष्ठले आयोडिन सेवन गर्नु सबैको लागि महत्पूर्ण आवश्यकता रहेको बताए । सबैले सन् २०१७ सम्म नेपालबाट आयोडिनको कमीबाट हुने रोग उन्मुलन गर्ने योजना रहेको भन्दै सबैको सहभागीतामा आयोडिनको कमीबाट हुने रोगनिर्मल पाल्नुपर्ने बताउछन् । उनी भन्छन्–‘यो आयोडीनको सेवनबाट लाग्ने रोग भनेको मन्द विष जस्तै हो, यसलाई निर्मुलपार्न सबैको सहयोग अनिवार्य छ ।’ आयोडिनको कमीबाट हुने गलगाँड, बामपुड्के, मस्तिस्कमा असर पर्नुको साथै मस्तिस्कमा गम्भिर असर पर्न सक्ने विज्ञको भनाई रहेको छ । जसको लागि  आयोडिन मिसाएको नुन नियमित रुपमा नियमपुर्वक सेवन गर्नु आवश्यक रहेको बालरोग महासंघका  निर्देशक बसन्त श्रेष्ठको भनाई रहेको छ ।  
साल्ट टे«डिङ्ग कर्पोरेशन क्षेत्रीय कार्यालय भैरहवमा सह निर्देशक ईश्वर आचार्यका अनुसार  फेब्रअरी महिनाभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी  आयोडिन महिनाको रुपमा मनाउने तयारी गरिएको छ । विभिन्न १५ भन्दा बढि स्थानमा जनचेतनामुलक तुल व्यानर राख्ने, विभिन्न सञ्चार माध्यमबाट आयोडिन प्रयोग र यसका फाईदा बारेमा जानकारी दिने लगायतका कार्यक्रमहरु तय गरिएको छ । 
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका स्वाथ्य निरिक्षक कृष्ण प्रसाद पोखरेलका अनुसार आयोडिन नुनमा सुरुमा ५० पीपीएम आडोडिन मिसाउने गरिन्छ ।  उपभोक्ताकहाँ त्यो नुन पुग्दा करिव १५ प्रतिशत सम्म बाँकी हुन्छ, जुन स्वाथ्यको लागि उपयुक्त हो । उनी भन्छन्–‘सन् २०१६ मा ८८ प्रतिशत र सन् २०१७ मा सत प्रतिशत मानिसले आयोडीन  प्रयोग गर्ने गरि नेपाल सरकारले लक्ष्य निर्धारण गरेको छ  । सोही लक्ष्य पुरा गर्न  हामी सबै लाग्नु पर्दछ ।’ गर्भधारण गरेकी महिलाको भुणमा समेत आयोडीनको कमीले हुने रोगको असर पर्ने भएकोले समया नै आयोडिन  युक्त नुन खानु अनिवार्य भएको विज्ञको भनाई रहेको छ । आयोडिनको कमि हुन गएमा शारिरिक तथा मानसिक बिकास दुवैमा अवरोध आउंदछ जसले गर्दा शरिरमा बिकृतीहरु देखा पर्दछ । गलगांड, मानसिक र बौदिक क्षमतामा कमि, लाटो लठेब्रोपन, पुनरुत्पादन क्षमतामा कमी, बालमृत्यु दरमा बृद्धि हुन्छ । 
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले यो महिनाभरमा दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुनको उपभोग बढाउन, आयोडिनको कमि बारे सन्देशहरु प्रवाह गर्ने,   उपभोगिता कम भएका क्षेत्रहरुमा दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुनको बारेमा जनचेतना जगाउने,   दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुनको वितरण लगायत ढिके नुनको प्रयोगलाई हटाउन साल्ट टे«डिङ्गलाई  सिफरिस गर्ने लगायतका कार्यक्रम तय गरेको छ । 
आयोडीनबाट हुने विकृती हटाउनको लागि नेपाल सरकारको रणनीति विभिन्न रणनीतिहरु तय गरेको छ ।  २०५५ को आयोडिन नुन ऐन आनुसार निरिक्षण गरि सबै खान मिल्ने नुनमा आयोडिन मिसाउने । दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुनको प्याकेटको पहुँच बढाउने,  आयोडिनको कमि रोकथामको लागि आयोडिन नुनको महत्व बारे  सामाजिक बजारीकारणको माध्यमबाट जनचेतना जगाउने  लगायतका कार्यक्रमहरु तय गरेको छ ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती