गायक पौडेललाई महोत्सवमा भ्याई न भ्याई


कृष्ण खनाल
बुटवल, १५ फागुन ।
  पाल्पा घर भई हाल काठमाण्डौलाई कर्मथलो बनाउदै आएका बहुचर्चित एव्म लोकप्रीय तथा यथार्थपरक गायक नवीन पौडेलले केही समय पहिला ‘हरेक जातजाती छौं नानाथरी मिलेर बसौ यहि जन्मभुमी छ स्वर्गसरि ’बोलको गीत सर्वाजनिक गरेका थिए । 
यस अघि ‘जान्न मत त्यो घर, ए हजुर सुन्न्ुुभाछ
र...., सत्य खान्छु कसम आज यतै बसम्, श्रीनगर बतासे डाडैमा, यस्तै हुन्छ भन्ने भा लाउनीथिईन मायाँ बुढी कन्या बन्ने भा, रातो डोरी कपाल लर्केको, मनैकी दयालु, आजै भेट भाको बुटवल आको म परे पाल्पाको,’  लगायतका दुई दर्जनभन्दा बढि लोक तथा दोहोरी गीतका एल्बमहरु सार्वजनिक गरिसकेका छन् । 
राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘हरेक जातजाती छौं नानाथरी मिलेर बसौ यहि जन्मभुमी छ स्वर्गसरी’ बोलको गीत अहिले चर्चामा रहेको छ । यो गीतलाई केही समयम अगाडी पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उद्योग मन्त्री सोम प्रसाद पाण्डे लगायत करिव २ दर्जन सांसदहरु,  यस क्षेत्रका सम्पूर्ण कलाकारहरुको उपस्थितीमा ऐतिहासिक रुपमा काठमाण्डौमा विमोचन गरिएको थियो । नविन पौडेल यर्थाथपरक र समयसापेक्ष गीत  गाउन माहिर छन् भन्ने कुरा तलको पंतीले पुस्टी गर्छ ... 
‘यहि स्वर्गद्वारी छन देउती बज्यै सलल कर्णाली 
आफनै देशमा नग्रा खियाउने बसालौ प्रणाली ।। 
बुद्ध यहि जन्मे, विश्वको नजर लुम्बिनी तिर छ
कस्तुरी साथमा हुदा नी मन किन अस्थिर छ  ।।’
सुदुर हैन, हो सुन्दर पश्चिम, खप्तडको भेगतिर 
विभिन्न खाले जडी र बुटि पाईन्छ लेकतिर ।।
कृषिको विकास पर्यटन विकास, जलस्रोतको विकास गर्नलाई सकेमा 
सब्संभावना प्रसस्त्रै छन नी कमजोरी छ केमा ।।’
विश्वकै अग्लो सर्बोच्च शिखर सगरमाथा छ 
विर नेपाली डटेर लड्ने गोर्खाली गाथा छ ।। 


‘हरेक जातजाती छौँ नानाथरी मिलेर बसौं यहि जन्मभुमी छ स्वर्गसरि’, ‘ए हजुर सुन्नुभा’छ र मेरै जस्तो मायाजाल हजुरलेनी बुन्नुभाछ र’,’सत्य खान्छु कसम म पनि तिम्रै हु तिमिनी मेरै हौ आज यतै बसम’, ‘आजै भेट भाको  बुटवल आको म परे पाल्पाको मान्छे छौ सानी चन्चले बानी बल्लै हो चालपाको ।’ मिठो स्वरमा नवीनले मन्चबाट यस्तो प्रकृतिको गीत गाउँदा दर्शकहरुको रामैै साथ पाउदै आएका छन् ।  महोत्सबहरुमा उनले आफ्ना रोइला भाका ‘यस्तै हुन्छ भन्नेभा लाउने थिइन माँया बुढी कन्या बन्नेभा’ लगायत चर्चित गीतहरु गाईरहदा सबैको वाहवाही पाईरहेका छन्  र उनका गीतहरु अहिले  स्रोता र दर्शकको मनमा  बसेका छन् । 
यिनै गायकलाई अहिले मेला महोत्सवमा भ्याई न भ्याई  छ । यो बर्षको सुरुवात उयपुरको मेलाबाट सुरु गरेका पौडेलले बुटवलको कृषि मेला, हुदै नेपालगन्ज, मुस्ताङ्गको जोमसोम, बर्दिया सांस्कृतिक कार्यक्रम, अत्तरिया महोत्सब कैलाली, कपिलबस्तु महोत्सब, लेखनाथ महोत्सब कास्की, कोहलपुर महोत्सबमा आफ्नो शुमधुर गला र कला मार्फत दर्शकको मन जित्दै आएका छन् । अहिलेका चल्तीका गायकहरुमा नविन पौडेल स्टेज जमाउनमा माहिर मानिन्छन् । 
पाल्पा दर्लम–१ मा जन्मेर विद्यालय जीवनदेखि लोकदोहोरीमा लागेका पौडेल सम्पूर्ण नेपाल लगायत  मध्य र सुदुरपश्चिमलाई धेरै माया गर्ने गायकमा पर्छन् । २०५३ सालदेखि औपचारिक रुपमा गीत गाउँन थालेका पौडेलको पहिलो लोकगीत ‘नरोउ धर्केर’ हो । लोक गीत गाउने शीलशीलामा नेपालका अधिकांस भुभागमा प्रस्तुती दिन पुगेका छन् । सुदुर तथा मध्य पश्चिम लाई स्वर्गको टुक्रा भनेर प्रचार गर्दै हिड्ने साँस्कृतिक अभियान्ता पौडेल लोक तथा दोहरि गित प्रतिष्ठान नेपालका पुर्ब केन्द्रीय सद्स्य र प्रस्तोता समाज नेपालका कार्यकारिणी केन्द्रीय सद्स्य समेत हुन । गायक नविन पौडेलका गीतहरु सबै युट्युवमार्फत हेर्न सकिन्छ । 


Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता