विउविजनको अनुदानले कृषकमा उत्साह

कृष्ण खनाल
बुटवल, २४ माघ ।  
खैलागाउ रुकुमकी गोपा बुढा मगर केही बर्ष पहिला फुर्सदिली थिईन् । गाउघरको खेतवारीको काम र घरधन्दामा सिमित हुन्थीन् । तर वि.स.२०६७  साल देखि  उनको दैनिकी फेरिएको छ । समसितोष्ण  उन्नत तरकारी विउ उत्पादन सहकारी संस्था लिमिटेडमा आवद्व भएकी बुढामगर अहिले सोही संस्थाको अध्यक्ष समेत भएकी छिन् । उनी भन्छन् अहिले धेरै जासो कृषकदाजुभाई दिदी बैनीहरु संग विउ उत्पादन, प्रसोधन  र बजारीकरणका साथै खेतीपातिमा  समेत व्यस्त हुन्छु ।
 समुहमा २ सय २३ जना कृषकहरु आवद्व भएका छन् भने  विउ प्रसोधन केन्द्र समेत स्थापना गरी विभिन्न प्रकृतीका विउ उत्पादन गर्दै आएका छन् ।  किसानका लागि उन्नत विउ विजन कार्यक्रमबाट अनुदान प्राप्त गरी विउ उत्पादनमा लागेको उनको भनाई रहेको छ । करिव ५० प्रतिशत अनुदान कार्यक्रमले उपलब्ध गराएको र सोही बाट नै अहिले विउ उत्पादन गरेको उनले जानकारी दिइन् । उनले भनिन्–‘अहिले २ रोपनी भन्दा बढि क्षेत्रमा हामी आफै खेती गरेर विउ उत्पादन गर्दै आएका छौ ।’  
समसितोष्ण उन्नत तरकारी विउ उत्पादन सहकारी संस्था लिमिटेडका बजार व्यवस्थापक अमर रोकाय मगरका अनुसार  गत बर्ष करिव ६ टन  विभिन्न प्रकृतीको विउ उत्पादन गरेर विक्रि गरिएको थियो । भने यस बर्ष पनि सोही अनुपातमा विउ उत्पादनको लक्ष्य लिएको उनको जानकारी दिए । रुकुममा उत्पादन भएको विउ, तराईका विभिन्न जिल्लाहरु लगायत काठमाण्डौ, दाङ्गमा बढि खपत हुने उनको भनाई थियो ।  किसानका लागि उन्नत विउ कार्यक्रमले कुलो निर्माण, सिंचाही व्यवस्थापन, विउ तथा औजार खरिदमा किसानहरुलाई अनुदान उपलब्ध गराउदै आएको छ । 

यता, किसानको लागि उन्नत विउ विजन कार्यक्रमकी प्युठान जिल्ला विउ प्राविधिक विजया कट्टेलका अनुसार किसानलाई अनुदानको विभिन्न कार्यक्रममा  कार्यक्रमले सहयोग गर्दै आएको छ । रुपन्देहीमा  कार्यक्रम व्यवस्थापन कार्यालय रहेको उक्त कार्यलयले मध्यपश्चिम विकास क्षेत्रका रुकुम, सल्यान, प्युठान र रोल्पा जिल्ला र पश्चिमाञ्चलका गुल्मी र अर्घाखाँची जिल्लामा कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा म्याग्दी, वाग्लुङ्ग, बाँके, दाङ्ग, कपिलवस्तु, रुूपन्देही, सिन्धुली,  ओखलढुङ्गा, उदयपुर, खोटाङ्ग, भोजपुर जिल्लामा समेत कार्यक्रम विस्तार गर्ने योजना रहेको कार्यक्रमका प्रमुख लक्ष्मण प्रसाद पौडेलले जानकारी दिए । 
नेपाल उद्योग बाणिज्य महासंघ, कृष उद्यम केन्द्रका  प्रोजेक्ट म्यानेजर केशवनाथ अधिकारीका अनुुसार किसानका लागि उन्नत विउ कार्यक्रमले प्रदान गर्ने अनुदानका विषयमा किसानहरुलाई उद्यम  केन्द्रले सहयोग गर्दै आएका छन् । किसानहरुलाई  प्रपोजल लेखन, उत्पादीत बस्तु बजारीकरण गर्नको लागि  सहयोग गर्दै आएको छ भने कृषि सूचना प्राणाली र व्यपारीहरु र किसानका विचमा व्यवसायीक सम्झौता गर्नको लागि पनि उद्यम केन्द्रले सहयोग  पु¥याउदै आएको छ ।  ६ वटा जिल्लामा किसानको लागि उन्नत विउ विजन कार्यालयले किसानहरुको   आयआर्जजन वृद्धिको लागि ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
रुपन्देहीमा   केन्द्रीय कार्यालय र काठमाण्डौमा सम्पर्क कार्यालय रहेको उक्त कार्यालले पाल्पा, गुल्मी,  अर्घाखाँची, रोल्पा, सल्यान, रुकुमका विभिन्न १ सय ५६ वटा गाविसहरुमा विभिन्न परियोजना अनुसार उक्त रकम यो आर्थिक बर्षमा विनियोजन गरेको हो ।   किसानका लागि उन्नत विउ विजन कार्यक्रमका परियोजना प्रमुख लक्ष्मण पौडेलका अनुसार आर्थिक बर्ष २०७२÷०७३ का लागि चालु खर्च  तर्फ ७२ करोड २२ लाख ७३ हजार र पुँजीगत तर्फ ११ करोड ९४ लाख ४१ हजार रुपैयाँ खर्च गर्न लागिएको छ ।
कार्यक्रम सुरु भएको करिव डेढ बर्षमा २० हजार ५ सय ६२ घर धुरीका किसानहरु लाभांवित भएको भन्दै कार्यालयका परियोजनाका प्रमुख पौडेल भन्छन्–‘विभिन्न १२ वटा शिर्षकमा उक्त बजेट खर्च गर्ने कार्ययोजना अनुसार अगाडी बढाइएको छ ।’ 
उनका अनुसार कार्यक्रम व्यवस्थापन कार्यालयको लागि ४७ करोड२७ लाख १४  हजार रुपैयाँ विनियोजना गरिएको छ । भने हेफर इन्टरनेशनल  मार्फत ९ करोड ६८ लाख ९९ हजार, कृषि उद्यम केन्द्रलाई ५ करोड ४३ लाख ३ हजार, साना किसान बैंक मार्फत ४ करोड ९ लाख ४२ हजार रुपैया विनियोजना गरिएको छ ।
 त्यस्तै नेपाल कृषि केन्द्रीय सहकारी संस्था लिमिटेड मार्फत २ करोड ७८ लाख ४८ हजार, जिल्ला कृषि विकास कार्यालय मार्फत ३ करोड ३६ लाख ४२ हजार,  नेपाल कृषि अनुसन्धान परिषद् मार्फत ५ करोड ८१ लख ६५ हजार, क्षेत्रीय विउ विजन प्रयोगशाला भैरहवा, नेपालगञ्ज) मार्फत २२ लाख ९१ हजार, जिल्ला पशु सेवा कार्यलयहरु मार्फत ४ करोड ५७ लाख रुपैया , क्षेत्रीय कृषि निर्देशनालय (सुर्खेत र पोखरा)७० लाख ४ हजार,  राष्ट्रिय पशु प्रजन्न केन्द्र  पोखरा मार्फत ८२ लाख २ हजार र क्षेत्रीय पशु सेवा निर्देशनालय (सुर्खेत र पोखरा)७० लाख ४ हजार रुपैया विनियोजन गरिएको छ ।  ईफाड र हेपर ईन्टरनेशनल जस्ता विदेशी दातृ निकायबाट बजेट ल्याएर २ डिसेम्बर  २०१२ देखि ३१  डिसेम्बर २०१९ सम्ममा उत्त बजेटमा रही काम गर्ने कार्यालयको भनाई रहेको छ ।   करिव डेढ बर्ष पहिला स्थाना भएको उक्त कार्याललले अघिल्लो आर्थिक बर्षमा कुल ४७ करोड, १२ लाख १२ हजार रुपैया खर्च गरेको छ । जसमा नेपाल सरकारको कुल ४ करोड ९६ लाख २ हजार र अन्य बैदेशिक सहयोग मार्फत ४२ करोड १६ लाख १० हजारा रुपैया खर्च  गरेको छ । 
६ बर्षमा ७ हजार किसान ७ हजार विउ उत्पादन समुहमा सहभागी हुने, ५ वटा विउ उत्पादक कम्पनी विकास हुने, १ ह्जार भन्दा बढि विउ प्रर्दशन कार्यक्रममा २५ हजार भन्दा बढि किसानहरु सहभागी हुने, कम्तीमा १५ वटा पशु संकलन केन्द्र तथा बजार , २५ वटा चिलिङ्ग सेन्टर, स्थापना हुने अपेक्षा उक्त परियोजना लिएको छ । जस अनुसार अहिले काम जारी रहेका छन् ।  यो आर्थिक बर्षमा परियोजनाको संकेतिक विउले करिव २ लाख ४० हजार हेक्टर क्षेत्रफल ढाक्ने, ६ सय ६० मेट्रिक टन गहु, १६६० मेट्रिक टन , मैक ८ सय ३० मेट्रिक टन, तरकारी ५ हजार मेट्रिक टन यर्थात विउ उत्पादन हुने अपेक्षा लिएका छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती