@ दोभान

कृष्ण खनाल
कृष्ण खनाल

  –तराई पट्यारलाग्दो गर्मिबाट केही मिनेटमा नै सितलताको आवास दिलाउने स्थान हो पाल्पा गाविसको दोभान ।  अव विस्तारै गर्मिको मौसम छाउदै गर्दा खासगरी बुटवल र यस आसपाका क्षेत्रहरुमा बसोवास गर्ने मानिसहरु सितलताको लागि पुग्ने स्थानको रुपमा पहिचान बनाएको छ दोभान । दोभान शब्दको अर्थ दुई खोलाको संगम स्थान भन्ने हुन्छ ।  सोही अनुरुप नै तिनाउ खोला र झुम्सा खोलाको संगम स्थानको रुपमा दोभान रहेको छ । यहि दोभान नामबाट नै सिंङ्गो गाविसको नाम पनि दोभान राखिएको छ । पशुपालन र कृषी क्षेत्रमा पहिचान बनाउदै गएको यो गाविस पछिल्लो समयमा  आन्तरिक पर्यटकको गन्तव्यको रुपमा समेत पहिचान बनाउदै गएको छ । बुटवलबाट केही मिनेटको बाटोमै सिद्धबाबा मन्दिरको दर्शन संगै अगाडी बढ्ने आन्तरिक पर्यटकको यात्रा दोभान गाविसबाट नै पाल्पा जिल्लाको यात्रा सुरु हुन्छ । 
सिद्धार्थ राजमार्गको काखमा रहेको दाभान गाविसमा त्यहा रैथाने प्रकृतिका मानिसहरुको बासोवास रहेको पाईदैन । खासगरी गुल्मी, स्याङ्ग्जा जिल्लाका विभिन्न स्थान र पाल्पाकै केही माथिल्लो भेगबाट बासोवासका लागि दोभानमा मानिसहरु आएको  दोभान उच्च माविका शिक्षक दल बहादुर गुरुङ्गको भनाई  रहेको छ । बुटवलको फुलवारी माथि रहेको नुवाकोट, चौकी, मस्याम, मरेकोट जाने पुरानो बाटोको रुपमा दोभान रहेको छ । दोभान खासगरी पहाडबाट नुन तेल लिनको लागि बुटवल आउने पाका पुस्ताहरुको विश्रमा गर्ने थलोको रुपमा समेत विकास भएको यसको ईतिहासमा पाईन्छ । 

गर्मि मौसमबाट सितलताको आवास पाउनको लागि मानिसहरु दोभान जाने गर्दछन् । दोभानमा रहेको प्रकृतिक चिसो वातावारण, चिसो पानी र हरियाली वातावरणले आन्तररिक होस् या वाह्य पर्यटकहरुको मन लोभ्याउन गरेको छ । राजमार्ग छेवैमा खोलिएका स साना चिया नास्ता पसल देखि पछिल्लो समयमा खोलिएका रिसोर्टहरुले पनि दोभानको  पर्यटनमा विशेष योगदान दिएका छन् । 
दोभान गाविसका अधिकांस मानिसहरुले पशुपालन, ह्याचरी, कुखुरा पालन, उद्योग, ढुङ्गा खानी, दालचिनीको व्यापारमा व्यस्त भएका हुन्छन् । दोभान गाविसका जानकार दल बहादुर गुरुङ्गका अनुसार पशुपालन, नगदेवाली तर्फ बेमौसमी तरकारी खेती, वडा नम्बर ६ र १ मा व्यवसायीक  तरकारी खेतीमा कृषकहरु लागेका छन् भने वडा नम्बर ९ सुकेतालमा सुकेताल होम स्टे समेत सञ्चालन भएको छ । जसमा आन्तरिक तथा वाह्य पर्यटकहरु समेत जाने गरेका छन् । 
जैविक विधितापुर्ण गाविसको रुपमा रहेको छ दोभान । उक्त गाविसको ९ वटै वडामा सामुदायिक वन रहेका छन् । गाविसमा कुला ३६ वटा सामुदायिक वन रहेका छन् ति मध्ये ४ वटा म िहलाहरुले मात्र सञ्चालनमा ल्याएको सामुदायिक वन रहेका छन् भने १ वटा दलितहरु सञ्चालक रहेको सामुदायिक वन रहेको छ । आर्दश महिला सामुदयिक वन, प्रगतिशिल साुमदयाकि वन, त्रिवेणी सामुदायिकवन, सृजनशिल सामुदायिक वन रहेका छन् भने सबै दलित समुदायका व्याक्तिहरु सञ्चालक रहेको आपखोला सामुदायिकवन तिहिले  रहेको छ ।  
केही समय पहिला भएको दोभान गाउ परिषद्बाट वडा नम्बर १ र ६ लाई बेमौसमी तरकारी खेतीको लागि पकेट क्षेत्रको रुपमा विकास  गर्ने निर्णय भएको छ भने वडा २ लाइ्र्र जैविक विविधताको क्षेत्रखासगरी दालचिनीको लागि पकेट क्षेत्र बनाउने, वडा  ३ लाई फलफुलको लागि पकेट क्षेत्र, खसगरी कागती उत्पादनमा आत्मनिर्भर बनाउने  योजना गाविसले अगाडी सारको छ । उक्त वडामा विगत ३ बर्ष देखि कागतीजातका विभिन्न बस्तुहरु रोपेर पकेट क्षेत्र बनाउने प्रयासमा स्थानियहरु  लागेका छन् । 
यस्तै गाउ परिषद्बाट वडा नम्बर ४ लाई पशुपालन क्षेत्र । जसमा गत बर्ष मा करिव २०  लाख रुपैया बराबरको बंगुर मात्र विक्रि भएको थियो भने वडा ५ लाई पशुपालन संगै पर्यटनको लागि चिनाउने  तयारी गरिएको छ । रामापिथेकस पार्क, रामापिथेकसको बंगरा भेटिएको क्षेत्र, भुतखेला, झरना, सिद्धबाबा मन्दिर लगायतका सम्पदाहरु रहेका छन् । 
वडा नम्बर ७ लाई कृषिको लागि पकेट क्षेत्र, अन्न भण्डारको रुपमा, ८ वडा लाई भौसीपालन, ९ लाई पशुपालन र जैविक विविधताको रुपमा विकास गर्ने गाउ परिषद्ले उद्घोष गरेको छ । दोभान गाविसका १३ वटा विद्यालयहरु रहेका छन् । जसमा २ वटा उच्च मावि, १ वटा मावि, २ वटा निमावि र अन्य प्राविहरु रहेका छन् । जुन सरकारी स्तरका मात्र हुन । गाविस २०७१ असार २ गते पुर्ण साक्षर गाविस घोषणा भैसकेको छ भने यहि फागुन १७ गते पुर्ण खोपयुक्त गाविस घोषणा गर्ने तयारीमा रहेको छ ।  पुर्ण सररफाई उक्त गाविस बनाउनको लागि अहिले वडा नम्बर ५ र ७ मा विशेष सरसफाई अभियान समेत सञ्चालन गरिएको छ । 
दोभान गाविसमा २ वटा लघुजलविद्युत आयोजनाहरु रहेका छन् । खुर्सेनी लघु जलविद्युत आयोजना १० किलोवाटको छ भने सुकेताल जलविद्युत आयोजना ३ किलोवाटको रहेको छ । खुर्सेनी आयोजनाबाट कुटानी पिसानीको समेत काम हुदै आएको छ । 
दोभान गाविसमा सामुदायिक वन समन्वय समिति, दोभान एकिकृत पर्यटन विकास समिति लगायतका विभिन्न क्लव र संघ संस्थाहरु सक्रियरुपमा  रहेका छन् भने सामुदायिक वन संमन्वय समिति दोभानले कृषि बहुदेश्यि सहकारी संस्था लिमिटेड समेत सञ्चालन गरेको छ ।  ४ वटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको दोभानमा २ वटा कृषि सहकारी संस्थाहरु  रहेका छन् । निकट भविश्यमा दालचिनको मात्र कारोवार गर्ने, बचत गर्ने गरी दालचिनी सहकारी समेत निर्माण गर्ने योजना रहेको स्थानियको भनाई रहेको छ । जसको लागि अहिले स्थानियहरु विधान तयार गर्ने योजनामा लागेका छन् । ८९ वर्ग किलोमिटर क्षेत्रफल रहेको दोभान गाविसमा मगर समुदायको बढि वाहुल्यता रहेको छभ ने क्षेत्री, व्रहमण र दलित समुदायको समेत जनसंख्या उल्लेखनिय रहेको छ । 
ऐतिहासिक महत्वको रुपमा दोभान गाविसम ाभर्तिहरी तपोभुमि गड्डा रहेको छ भने नुवाकोटमा भैरब बाबाको मन्दिर, नुवाकोटमै राणकालिन ईनार(कुवा), वडा नम्बर ५ मा भुतखोलाको झराना, वडा नम्बर ३ मा मितेरी गाउ, वडा ४ मा श्रीडाडा, मगर सस्कृतीको वाहुल्यता रहेको  क्षेत्र रहेको छ । यस्तै वडा ७ मा गणेश टोल, वगाहा  सास्कृतीक ठुलो नाच समेत नाचिने गरिएको छ ।  ग्वागी महोत्सव, बेलाबेलमा दालचिनी महोत्सव आयोजना हुदै आएको दोभानमा मौरीपालनको लाग प्रख्यात कमाएको वडा नम्बर ८ रहेको छ । 
गाविसका नौ वटै वडामा मोटरवाटो पुगेको छ । सबै ७२ वटा टोलमा पनि मोटरबाटो पुगेको छ तर बाटो पक्की भने छैन । बर्सातको समयमा बाढि, पहिरो र नदिकटानको समस्या रहेको स्थानियहरुको भनाई रहेको छ ।  दालचिनी(सुनकौली)को लागि प्रख्यात कमाएको दोभानबाट गत बर्ष करिव डेढ करोड रुपैया बराबरको दालिचिनी विक्रि भएको पाइएको छ ।  त्यहाका स्थानियहरु बुटवल बजारमा रोजगारीमा संलग्न छन भने, केही उद्योग धन्दामा  रोजगारमा लागेका छन् । केही दालचिनीको व्यापारमा लागेका छन् भने कोहीले आफ्नो खेतवारीमा  उत्पादन भएका बेमौसमी तरकारी, खाद्यान्न विक्रि गर्दै आएका छन् । 
krishnanews1@gmail.com
web:buddhabani.blogspot.com


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती