सामुहिक कृषि खेतीमा आर्कषण बढ्दो


कृष्ण खनाल
बुटवल,१३ फागुन ।
पछिल्लो समयमा अन्य व्यक्तिको जग्गा भाडा(लिज)मा लिएर कृषी प्राणाली अपनाउनेको संख्या बढ्दै गएको छ । सानो लगानीमा यसरी गरिएको कृषि प्राणालीबाट मनग्य आम्दानी हुन  थालेपछि किसानहरु यस तर्फ आर्कषित हुदै गएका छन् । केही समय पहिला मात्र पाल्पा जिल्लाको दोभान गाविस–६का किसानहरुले सामुहिक खेती  प्राणाली सुरु गरेका छन् । गत बर्ष बोटेगाउ कृषि सहकारी संस्था स्थापना गरी उनीहरुले सामुहिक तरकारी खती तर्फ अगाडी बढेका हुन । बोटेगाउ कृषि सहकारी संस्थाका सल्लाहकार पदमलाल  शाक्यका अनुसार  वि.स.२०७० सालमा त्यहका स्थानिय व्याक्तिहरुको सक्रियतामा २८ जना कृषकहरुले सामुहिक व्यवसायीक खेती सुरु गरेका हुन । पहिलो चरणको खेती गरी आम्दानी समेत गरेका समुहका व्याक्तिहरुले आफै नै खनजोत, गोडमेल र खेतीबालीको स्यारसुसार गर्दै आएका छन् । बोटेगाउ कृषि सहकारी संस्थाका अध्यक्ष सुर्यबहादुर बगाले अनुसार ३८ जना कृषकहरुले १३ रोपनी जग्गा  बार्षिक ४५ हजार रुपैया बुझाउने गरी भाडा(लिज)मा ल्याएका हुन । गत बर्ष करेला, लौका, घिरम्ला, बन्दागोभि, काउली लगायतका तरकारी जन्य कृषिबस्तु उत्पादन गरेका किसानहरुले सानो लगानीबाट यस्तो कामको सुरुवात गरेका हुन । 
अध्यक्षबगाले भन्छन्–‘करिव १ लाख २० हजार जती लगानी गरेका छौ, श्रमदान सबै हामी सहकारीका      व्याक्तिहरु नै मिलेर गर्दै आएका छौं । ’
यस बर्ष टमाटर, काउली, बन्दा लागयतका तरकारी रोप्ने तरकखर गर्दै गरेका उनीभन्दै थिए–‘सिंचाहीको लागि अहिले खासै समस्या छैन, तर हिउदामा थोपा सिंचाही प्राणाली ल्याउने तरखरमा छौं ।’ पहिलो चरणमा ३ रोपनी क्षेत्रफलमा थोपा सिंचाही क ार्यक्रम अगाडी बढाउने गरी छलफल भएको उनको भनाई छ । 

संस्थाका सल्लाहकार पदमलाल शाक्य  सामुहिक कृषि कर्मको अलवा माछा फर्म स्थापना गरेका छन् । ५० वटा बाख्रा पालन समेत गरेका उनले कृषि रिसोर्टको परिकल्पना अगाडी बढाएको बताउछन् । उनी भन्छन्–‘अबको ८ बर्षमा कृषि रिर्सोट परा उने अभियानमा लागथेको छु ।’ अहिले ५ रोपनी क्षेत्रफलमा  माछा पालन सुरु गरेका उनले ५ वटा बंगुर समेत पालन गरेका छन् । भविश्यमा बंगुरपालन, माहुरी पालन र च्याउ फर्म समते स्थापना गर्ने योजनामा रहेको  उनको भनाई रहेको छ । 
सामुहिक कृषि सहकारीको अभियान अगाडी बढाएका संस्थाका अध्यक्ष  सुर्य बहादुर बगालेले सामुहिक कृषि खेतीबाट समाजमा जागरुक बनाउदै गएको बताउछन् । उनी भन्छन्–‘समुहमा बसेर कृषि   कर्म गर्नुपर्दछ भन्ने बानीको विकास हुदै गएको छ, हामीले गरेको कामको अन्यले पनि सिको गरुन र खेती योग्य जमिन बाजो नहोस् भन्ने हाम्रो धारणा हो ।’
संस्थाका कोषाध्यक्ष नरबहादुर क्षेत्रीका अनुसार पहिलो पटक १  सिजनबाट १ लाख ११ हजार रुपैया संस्थाले आम्दानी गर्न सफल भएको छ ।  उनी भन्छन्–‘पहिलो सिजनमा टमाटर र खर्बुजाबाट मात्र ४० हजार जती आम्दानी गरेका थियौं ।’
भविश्यमा सामुहिक खेतीमा नमुना गाउको रुपमा पहिचान दिलाउने गरी अगाडी बढेको अध्यक्ष बगालेको भनाई रहेको छ । अव बैशाख महिनामा  प्लाष्टिकको टनले र थोपा सिंचाही अभियान सुरुवात गर्ने योजना रहेको उनको भनाई छ । यसको अलवा दोभान बजारमा विक्रि केन्द्र राख्ने योजना संस्थाले बनाएको छ । सडकमा ओहोर–दोहोर गर्ने व्याक्तिहरुले पुर्णरुपमा अर्गानिक तरकारी खरिद विक्री गरी आम्दानी गर्न सकुन भन्ने उदेश्यका साथ यस्तो प्रकृतीको विक्रि केन्द्र सस्थापन गर्ने लक्ष्य राखिएको संस्थाकी सचिव भिमा श्रेष्ठको भनाई रहेको छ ।  उनका अनुसार गत बर्ष पनि आलुमा रोग नलागेको र पानीले पनि असर नगरेको कारण आम्दानी राम्रो भएको उनको भनाई रहेको छ । 
ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती