आजबाट कृषिमेला–२०७२,विशिष्किृत मेला आयोजना गर्नु चुनौति


कृष्ण खनाल
बुटवल, २१ माघ ।
वि.स.२०६२ सालमा विशिष्किृत मेलाको रुपमा राजधानीबाहिर पहिलो पटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले यस बर्ष पनि यो मेलालाई निरन्तरता दिएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको  कृषि मेला–२०७२ आजबाट सुरु हुदैछ । 

अन्य व्यापारिक मेला आयोजना गर्न तछाडमछाड गर्ने रुपन्देहीका विभिन्न व्यापारिक संघसंगठनहरुले  विशिष्कृत रुपमा रहेको कृषि मेला आयोजना गर्न हिम्मत गर्दैनन् । तर बुटवल उद्योग बाणिज्य संघले यो मेला आयोजना नतै कसैसंग पालो कुर्छ न त तछाडमछाड नै ।  
 मेला आयोजक समिति मुल संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले विशिष्टीकृत मेला आयोजना गर्नु आफैमा चुनौतिपुर्ण भएपनि यसलाई निरन्तरता दिएको बताउछन् । उनी भन्छन्–‘राजधानी बाहिर पहिलो पटक आयोजना गरिएको कृषि मेला हामी  प्रत्येक बर्ष निरन्तरता दिएका छौ ।’ सबैको सहयोग र सद्भाव भएमा चुनौतिका बाबजुतपनि विभिन्न प्रकृतीका विशिष्टीकृत मेला सफल हुने उनको तर्क रहेको छ । 
 प्रत्येक बर्ष आयोजना हुने कृषिमेलामा  यस पटक किसानका लागि महत्वूर्ण माटो परिक्षण र विरुवा परिक्षणको व्यवस्था गरिएको छ । जसको लागि उपत्यका वाहिर पहिलो पटक माटो परिक्षणको  लगि ‘मोवाईल भ्यान’ समेत ल्याइएको छ । किसानले आफ्नो खेतवारीका विभिन्न स्थानको माटो को नमुना संकलन गरि मेलामा ल्याएमा निःशुल्क रुपमा मेलामा माटो परिक्षणको सुविधा राखिएको छ । माटो परिक्षण संगै किसानलाई चाहिने आवश्यक परामर्स, माटो सुधारको लागि प्रयोग गरिने विभिन्न उपायका बारेमा तत्कालनै परामर्स प्रदान गर्ने बुटवल उद्योग बाणिज्य संघका महासचिव तथा मेला चिवालय व्यवस्थापन उपसमितिका संयोजक हरि प्रसाद अर्याल बताउछन् । उनी भन्छन्–‘यो मेला कृषक मुखि मेला हो,मेलामा आएका कृषकले केही न केही सिकेर मात्र जानसकुन भने हाम्रो अपेक्षा हो ।’

प्रत्येक बर्ष बुटवल उद्योग बाणिज्य संघले कृषि मेला आयोजना गर्दछ । वि.स.२०६२ सालमा पहिलो पटक कृषि मेला आयोजना गरेको संघले मेलालाई निरन्तरता दिएको हो  ।  बैशाख १२ गते गएको महाभुकम्प र त्यसको केही समय पछि भएको नाकाबन्दीको कारण नेपाली अर्थतन्त्र धरासायी हुदै गएको बेलामा कृषि मेला आयोजना गर्नु चुनौतिपूर्ण भएपनि यसलाई सफल बनाएर लैजाने  मेला सह संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खेम हमालको भनाई रहेको छ ।  उनी भन्छन्–‘विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हामी मेलालाई निरन्तरता दिएका छौ,यस पटकको मेला बैकल्पीक उर्जा  प्रर्वद्धनमा जोड दिएका छौ । ’
अहिले सम्म बुटवल उद्योग बाणिज्य संघले छैठौ पटक कृषि मेला आयोजना गरिसकेको छ । अहिले आयोजना हुन लागेको मेला सातौ मेला  हो । 
बर्तमान जल्दोबल्दो समस्यालाई मध्यनगर गरी बैकल्पीक उर्जा  प्रवद्र्धनको  लागि पहिलो प्राथमिकतामा राखिएको बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जवल कसजुको भनाई रहेको छ । उनी भन्छन्–‘उर्जा संकटको कारण उद्योगी व्यवसायीहरु लगायत आम सर्वसाधारणहरु प्रताडित भएका छन्, मेलाबाट बैकल्पीक उर्जाका स्रोतहरुको  के कसरी खोजी गरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा हामी बढि केन्द्रीत भई आम उपभोक्तहरुलाई जानकारी गराउनेछौं । मेलालाई व्यावशायिक भन्दा पनि सामाजिक उत्तरदायित्वको रुपमा बुटवल उद्योग वाणिज्य संघले मेला आयोजना गरेको  आयोजकको भनाई रहेको छ । 
बैकल्पीक उर्जा अन्र्तगतका सबैजसो सामग्रीहरुको प्रर्दशनी  तथा विक्रि कक्ष राखीनुको साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उद्योगी व्यवसायीहरुको बैकल्पीक उर्जा प्रर्वद्धनको लागि  गर्ने लगानीको विषयमा समेत जानकारी प्रदान गरिनेछ ।  
बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले मेला आयोजनाका लागि करिव २० लाख रुपैयाँ लाग्ने बताउछन् । उनी भन्छन्–‘मेला आयोजना गर्दा २० लाख जती लगानी लाग्ने अनुमान गरेका छौ, यो मेला पुर्णरुपमा विशिस्कृत मेला भएकाले यति आम्दानी होला भनेर भन्न सक्ने अवस्था छैन ।’
सरकारी तथा गैरसरकारी निकायबाट बैकल्पीक उर्जाको क्षेत्रमा गर्ने  कार्यको बारेमा जानकारी दिनुको साथै सरकारी क्षेत्रको अनुदानका विषयमा समेत जानकारी प्रदान गरि  बैकल्पीक उर्जाका  स्रोत विक्रि वितरण समेत गरिने गरी व्यवस्थापना मिलाउने संघका निर्वतमान अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ बताउछन् ।  बोट विरुवाको समेत परिक्षणको समेत व्यवस्था गरिएको मा किसानले  माटो मात्र नभई विरुवा कस्तो छ भन्ने विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । 
मेलामा सांस्कृतीक कार्यक्रम तर्फ अन्तर  उच्च मावि कृषि विषयमा वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको सास्कृतीक समिति सह सयोजक टंक गैले बताउछन्  । कृषि दोहोरी गीत प्रयोगीतागीता समेत आयोजना गरिएको उनको भनाई रहेको छ ।  सरकारले कृषिमा प्राथमिकता दिइरहेको अवस्था र स्वदेशमै रहेर कृषि पेशालाई व्यवशायिक बनाउन खोज्ने यूवाहरुलाई मेला निकै सहयोगी हुनेछ । बुटवल उद्योग बाणिज्य संघले वि.स.२०६२ सालमा पहिलो पटक विशिष्टीकृत मेला आयोजना गरेपश्चात ६४, ६६ ,६८, सालमा कृषि मेला आयोजना गरेको थियो । त्यस्तै २०६९ सालमा छैठौ राष्ट्रिय प्राङ्गागारीक कृषि मेला, २०७१, ६३, ६५, ६७  र २०७० सालमा अद्यौगीक व्यापार  तथा कृषि एवम् पर्यटन प्रर्वद्धन महोत्सव आयोजना गरेको थियो ।  
अन्य व्यापारिक मेला तथा महोत्वस आयोजना गर्न आलोपालो गर्ने बुटवलका अन्य व्यापारीक संघगठनहरुले अहिले सम्मपनि विशिष्ठीकृत मेलाको रुपमा कृषि मेला आयोजना गर्न सकेका छैनन् । तर बुटव उद्योग बाणिज्य संघले भने प्रत्येक बर्ष जसो कृषि मेला आयोजना गर्न हिम्मत हारेको छैन । कृषि मेला आयोजनाबाट आयोजक संस्थाले नाफा गर्ला वा नर्गला तर कृषिको विकास, उत्थान प्रर्वद्र्धन र वजारीकरणको लागि पु¥याउने योगदान साच्चै नै सहरानिय रहेको सरोकारवालहरुको भनाई रहेको छ ।
 बुटवल उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ  मेला आयोजक हो । जसमा सह–आयोजकको रुपमा कृषि वयवसाय प्रर्वद्धन कार्यक्रम, जिल्ला विकास समिति, बुटवलउपमहानर पालिका रहेको छ ।  यस्तै प्रर्वद्धकमा पशुपंक्षि बजार प्रर्वद्धन निर्देशनलायल र पशु उत्पादन निर्देशनालय रहेका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
 ‘मेलाले विशेष शन्देश प्रदान गर्ने छ’
महेशमान सिंह
अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ
–आजबाट कृषि मेला सुरु हुदै छ ।  बुटवल उवासंघले पहिलो पटक राजधानी बाहिर आयोजना गरेको कृषि मेला यस पटक पनि निरन्तरता दिएका छौ । यो मेला आयोजना गर्नु आफैमा चुनैति थियो । तर हामी विशिष्किृत मेलालाई निरन्तरता दिएका छौ । केही समय पहिला बुटवलमा पहिलो पटक जुत्ता मेला आयोजनागरेको उवासंले निकट भविश्यमा मोवाईल मेला समेत आयोजना गर्दै छौं । जुन मेलालाई हामी  आगामी दिनमा पनि निरन्तरता दिने छौं । यो मेला सफल बनाउनको लागि सबैको सहयोग अपरिहार्य रहेको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती