माटो परीक्षण गराउन कृषक उत्साहित

कृष्ण खनाल 
बुटवल, २५ माघ ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा जारी कृषि मेलामा सोमबार  सम्म गाउँका १ सय ३० कृषकले आफ्नो खेतबार ीको माटो परि क्षण गर ाउनुको साथै प्राविधिकबाट सल्लाह सुझाव लिएका छन ्। यस क्षेत्रमा पहिलो पटक बिशेष प्रबिधि सहितको माटो तथा बिरुवा परि क्षण शिविर मा किसानहरूको आर्कषण बढ्दै गएको हो । नेपाल सर कार  कृषि विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय विधि विज्ञान प्रयोगशालाबाट आएको माटो परि क्षण घुम्ती प्रयोगशाला यस क्षेत्रमा पहिलो पटक ल्याइएको हो । मेला सुरु भएको दिन देखि रूपन्देहीको सैनामैना, तिलोत्तमा, लुम्बिनी सास्कृतीक, देवदह नगर पालिका, बुटवल उपमहानगर पालिका विभिन्न स्थानका किसानहरूले आ–आफ्नो खेतबार ीको माटो परि क्षण गर्न मेलामा ल्याएको बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्यालले जानकार ी दिए । 
माटो परि क्षण शिविर मा त्यस्तै बिभिन्न बिद्यालयका बिद्यार्थीले समेत आफ्नो प्रयोगात्मक अभ्यासको लागि माटो परि क्षणको विषयमा जानकार ी लिएका थिए । मेलामा विद्यार्थीहरू र  किसानगर ी करि ब १ हजार ले माटो परि क्षणका सम्वन्धमा जानकार ी लिएको जिल्ला कृषि बिकास कार्यालय रूपन्देहीका माटोबीज्ञ आश्विनी शर्माले जानकार ी दिए । उनले भने–‘माटो परि क्षणको विषयमा किसानहरू उत्साहित हुनुभएको छ, माटोको अम्लीयपन, क्षायरि यपनको विषयमा समेत जानकार ी लिने किसानहरूको संख्या बढ्दो छ । 

कृषि मेलामा कृषि बिकास मन्त्रालय कृषि बिभाग माटो व्यवस्थापन निर्देशनालयको उच्च अधिकार ीहरू सहितको टोलीले मेलामा माटोको परि क्षण गर ी कृषकलाई उचित सुझाव दिइर हेको छ । मेलामा र ाखिएका उत्पादन प्रबिधिप्रति उपभोक्ता दर्शकको आर्कषण उत्साहजनक हुनुका साथै कार ोवार  पनि र ाम्रो भएको बुटवल उवासंघका कोषाध्यक्ष तथा आर्थिक संयोजक दिनेश प्रसाद श्रेष्ठ बताउँछन् ।
यसैबीच, सोमवार  मेलामा बिभिन्न प्रतियोगिता भएका छन । मेलामा कृषक बाली प्रतियोगिता, वाल नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता र  अन्तर  बिद्यालय लोक दोहोर ी गीत प्रतियोगिता सम्पन्न भएका छन । भएका कतिपय प्रतियोगिताको मंगलबार  अन्तिम चर णको प्रतिष्पर्धा हुने सास्कृतिक कार्यक्रम संयोजक टंक प्रसाद गैर ेले जानकार ी दिए । मेलामा सांस्कृतिक कार्यक्रमहरू भएपनि सबै कृषिमा आधारि त र हेका छन् ।
मेलामा सोमवार  दुग्ध पान प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा करि ब १ सय जनाको सहभागिता र हेको थियो । यसैबीच नेपाल मजदुर  किसान पार्टीका अध्यक्ष नार ायणमान बिजुक्छेले बुटवलको कृषि मेला मुलुकका लागि नै उदाहर णीय भएको बताएका छन् । सोमाबार  दिउँसो मेलाको अवलोकन पश्चात मेलास्थल बुटवलमण्डपमा आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेले मुलुकलाई आत्म निर्भर  गर ाउन र  र ाष्ट्रियताको भावना जागृत गर ाउन यस्ता खालका मेला महŒवपूर्ण हुने बताएका थिए । संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षता र  बरि ष्ठ उपाध्यक्ष खिम बहादुर  हमालको धन्यवादमा सम्पन्न कार्यक्रमका सहभागी कृषक तथा स्टल सहभाग्हरूले र ाष्ट्रियताको पक्षसंगै कृषिको व्यवुसायीकर णका लागि पनि केन्द्रमा आवाज उठाउन अध्यक्ष बिजुक्छेलाई सुझाव दिएका थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती