कृषि मेलाको तयारी पुरा कृषकले निःशुल्क माटो र विरुवा परिक्षण गर्न पाउने

 कृष्ण खनाल
बुटवल, २० माघ । 
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका साथ यहि माघ २२ देखि २७ गते सम्म बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुने कृषि मेलाको तयारी पुरा भएको छ । वि.स.२०६२ सालमा पहिलो पटक राजधानी बाहिर विशिष्किृत मेलाको रुपमा ‘कृषि मेला’ आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले यस बर्ष पनि उक्त मेलालाई निरन्तता दिएको हो । 
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले  भोली(शुक्रवार) देखि आयोजना हुने कृषि मेलाको सबै तयारी पुरा भएको जानकारी दिए । उनले कृषि मेलाको लागि १ सय २५ वटा स्टल तयार भएको र मेला सहभागीताको लागि कृषक तथा उद्यमीहरुले  सामान समेत व्यवस्थापन गर्न सुरु गरेका छन् ।  बुटवल मडपमा आयोजना हुने कृषि मेलामा यस पटक नेपाल सरकार कृषि मन्त्रालय विधिविज्ञान प्रयोगशालाबाट आएको अत्याधुनिक प्राविधिक टोलीले माटो परिक्षण गर्ने छ । 
बुटवलमा पहिलो पटक ल्याइएको यस्तो प्रकृतीको ‘मोवाईल भ्यान’ले एक दिनमा किसानको ३० देखि ३५ वटा सम्म माटो परिक्षण गर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेसमान सिंहले जानकारी दिए ।  उनले भने–‘कृषि पेशामा व्यवसायिकता बढ्दै जाँदा माटोमा अम्लियपना बृद्धि हुदै गएको परिपेक्ष्यमा माटोको उत्पादकत्व बृद्धिको लागि माटो परिक्षण कार्यक्रम राखिएको हो ।’ गत बर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको संयोजकत्वमा क्षेत्रीय प्रयोगशालाबाट आएका प्राविधिक टोलीले माटो परिक्षण गरेका थिए ।  किसानले ल्याएको माटोमा के कती अम्लियपन छ, कती क्षारियपन छ माटो सुधारका लागि के गर्नुपर्दछ भन्ने विषयमा पनि परामर्स प्रदान गर्ने तयारी गरिएको बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्याल बताउछन् । उनी भन्छन्–‘हामी निःशुल्क रुपमा किसानले ल्याएको माटो परिक्षण गरी अव माटोमा के कती सुधार गर्नुपर्दछ भन्ने विषयमा तत्कालै परामर्स दिने योजनामा छौ ।’  यस पटकको मेलामा उन्नत जातका विउ विजनको विक्रि समेत गरिने आयोजक संस्थाले जनाएका छन् । कृषि विउ विजनका  विक्रि तथा पर्दशनी एवम् विक्रिका लागि छुट्टै पेभिलियनको समेत व्यवस्था मिलाइएको छ ।
 जसमा रोल्पा, म्याग्दी जिल्लाका विउ विजनहरु मार्फा रायो, टेक्सानी मुला, स्नुगर काउली, खुमल रायो, मुनावर्ती मुला, चालिस दिने मुला, चौमासिक सीमी, केराउ, बुटवलको सेमलार क्षेत्रको धान, गहु, लगायतका विउविजन समेत विक्रिको व्यवस्था मिलाइएको छ । माटो परिक्षणको अलवा बोट विरुवाको स्वाथ्य परिक्षण शिविर समेत आयोजना गरिने बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खेम हमालले जानकारी दिए । उनका अनुसार किसानहरुको बालीनालीमा लागेको रोग, विसादीको उपचारका लागि मेला स्थलामा बोट विरुवा  स्वाथ्य शिविर सञ्चालन हुनेछ । जसको लागि विभिन्न विज्ञहरुको टोलीले विरुवामा भएको समस्या पहिचान गरि सुधारको लागि  कृषकलाई परामर्सको समेत व्यवस्था मिलाइएको उनको भनाई रहेको छ ।
मेलामा बैकल्पीक उर्जाका लागि छुट्टै पेभिलियनमा  पाईको हाइड्रो पावर, माईक्रो हाईड्रो पावर, सोलार, बायो विक्रेट, बायो ग्यास तथा सुधारिएको चुलो समेत प्रर्दशनमा राखिने बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा मेला प्रसार प्रसार संयोजक विमलराज भट्राईले जानकारी दिए ।  उनका अनुसार मेलामा अवलोकनाको लागि आउने दर्शकहरुलाई सहरी ईलाका सौय उर्जा प्रर्वद्र्धनका लागि नेपाल सरकारले ल्याएको अनुदान तथा छुटको बारेमा जानकारी समेत प्रदान गरिनेछ ।  यसको अलवा नेपालका ४५ जिल्लामा उत्पादीत कृषिजन्य उपजको पर्दशनी र प्रतियोगीता, कृषि सुचना मार्फत आधुनिक प्रविधि सम्बन्धी जानकारी र परामर्स समेत प्रदान गरिने आयोजकले जानाएको छ ।  यस्तै टर्की चराको पर्दशनी, रसायनिक मिसावट पत्ता  लगाउने घरायसी  उपायहरुबारेमा जानकारी, अन्तरक्रिया गोष्ठी र अन्तर  उच्च माध्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगीता समेत  आयोजना  रिएको छ । 
मेला अवधिभरमा १ लाख २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको मेलामा प्रवेशका लागि विद्यार्थी र कृषकलाई १० र आम सर्वसाधरणलाई २० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।  यता, नेपाल उद्योग बणिज्य संघका  केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले मोफसलमा विशिस्कृत मेला आयोजना  गर्नु आफैमा चुनौतिको विषय भएको बताउछन् । उनी भन्छन्–‘बुटवलबाट एउटा राम्रो सन्देशको सुरुवात भएको छ, जुन विषय अन्य ले पनि सिक्नु पर्दछ ।’   नेपाल उद्योग बाणिज्य महासंघको एक जिल्ला एक उत्पादन र एक गाउ एक उत्पादनको अवधारणलाई  सार्थकता बनाउनको लागि पनि यस्तो प्रकारको विसिष्कृत मेला आयोजना गर्नुपर्ने उनको भनाई रहेको छ । 
यता, बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले कृषिमेला सातौ पटक आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले आगामी दिनमानि कृषि मेलाको अलवा मोवाईल मेला, जुत्ता मेला समेत आयोजना बताउछन् । उनी भन्छन्–‘केही समय पहिला जुत्ता मेला बुटवलले सुरु ग¥यो, यसलाई निरन्तरता दिन्छौ, केही समयमा नै मोवाईल मेला समेत आयोजना गर्दै छौ, सबैको साथ र सहयोग पाएमा विशिस्कृत मेला पनि सफल हुन्छ  ।’ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती