सकियो कृषि मेला–२०७२ ‘आर्थिक विकासमा सबैको साझा अभियान जरुरी’

कृष्ण खनाल 
बुटवल, २८ माघ । 
‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका साथ गत  शुक्रवारबाट  बुटवल  सुरु भएको कृषि मेला–२०७२ विहिवार सम्पन्न भएको छ । बुटवल उद्योग बाणिज्य संघ र  कृषि उद्यम केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा भएको कृषि मेला  समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर  कुमार प्रधानले अव सबैको साझा लक्ष्य आर्थिक अभियान हुने बताएका छन् । 
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रधानले नेपाल भुकम्पको कारण १३ खर्ब र गत ५ महिनाको विषम परिस्थीतिको कारण ३६  खर्ब घाटा व्यहोरेको भन्दै अव राजनीतिक दलहरुले कुरा भन्दा पनि  आर्थिक समृद्धिको लागि काम गर्ने बेला आएको बताए । उनले भने–‘अव सबैको साझा अभियान आर्थिक विकासमा केन्द्रीत हुनुपर्दछ ।’  उनले सरकारको नेतृत्व गर्ने व्याक्ति फोटो झुण्डाउने मात्र नभई आर्थिक विकासको लागि दिगो सोच  प्रवृत्तीको चाहिएको तर्क गरेका थिए । उनले केही समय पहिला सरकारले लगानीको व्याजदरघटाएर बैंकहरुलाई ५ प्रतिशतमा झार्न निर्देशन दिएको भएपनि बैंकहरुको एकाधिकारको कारण अहिले त्यसलाई कार्यान्यवन नगर्ने षडयन्त्र हुन लागेको बताएका थिए । सरकारको अवको आर्थिक समृद्धि का लागि ‘कन्ट्राक्ट फर्म’ स्थापना गर्नमा जोड दिनुपर्ने उनको धारणा थियो । 

कानूनीरुपमा ‘जमिन कस्को जोत्ने’जस्ता कुराले पनि नेपालको अधिकांस कृषियोग्य जमिन बाँजो भएको उनको तर्क थियो । उनले कानुनीरुपमा नै जस्ले जमिन जोत्छ उसकैको हुने अडचनको कारण कतिपय व्याक्तिहरुले कृषि योग्य जमिनलाई कृषिमा उपयोग गर्नु भन्दा पनि बाँझै राख्ने गरेको उनको तर्क थियो । कानुनी रुपमा नै सामुहिक रुपमा कन्ट्राक्ट  कृषि फर्म स्थापना गर्नुे नीति निर्माण गर्नु आवश्यक रहेको छ ।  
कार्यक्रमा बोल्दै बुटवल उपमहानर पालिकाका  प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले आफु सहआयोजकको रुपमा  विशिष्कृत  कृषि मेला आयोजना गर्न पाउदा गर्भलागेको बताउदै यस्को प्रकृतिको मेला अन्य व्यवसायीक संघ संगठनहरुले आयोजना गर्नु आवश्यक रहेको बताएका थिए ।उनले भने–‘यस्तो प्रकृतीको मेला महोत्सवले विशेष सन्देश प्रवाह गर्दछ, त्यसैले यस्तो मेला महोत्सव आयोजना गर्न हिच्कीचाउनुहुदैन ।’
कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले बेलाबेलामा आयोजना हुने मेला महोत्सवले आर्थिक क्षेत्र चलायमान गर्नको लागि महत्वूर्ण भुमिका निर्वाह गर्ने भन्दै यसको लागि सबैले एकतावद्व भएर मेला महोत्सव आयोजना गर्नुपर्ने बताएका  थिए । उनले भने–‘मेला महोत्सव आयोजना गर्नु चुनौतीहो तर यो सफलबनाउनको लागि सबैको भुमिका अपरिहार्य रहेको छ ।’
कार्यक्रममा रुपन्देही व्यापार संघका  अध्यक्ष मोतिलाल पाण्डेले  मेला महोत्सव सम्पन्न गर्नको लागि सबै क्षेत्रको भुमिका अपरिहार्य हुने भन्दै यसको लागि सबैको सहयोगको आवश्यकता रहेको बताएका थिए । सरकारी निकायबाट आयोजना हुनुपर्ने मेला महोत्सवहरु नीजी क्षेत्रबाट आयोजना गर्नुपर्दा केही कठिनाईहरु हुने उनको तर्क थियो । 
बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन मान सैजुले विशिष्ठकृत मेला आयोजना आफैमा चुनौतिपुर्ण भएपनि विगत लामो समय देखि बुटवल उवासंघले विशिष्किृट मेला आयोजना गर्दै आएको बताएका थिए । उनले २०६२ सालमा तत्कालीन अध्यक्ष निर्मल कुमार लाकौले सुरु गरेको विशिष्कृत कृषि मेला अहिले सम्म पनि निरन्तरता दिनको लागि सबैको साथ र सहयोगको देन रहेको बताएका थिए । 
कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष सरेन्द्रकुमार श्रेष्ठले बुटवल उवासंघले सातौ पटक कृषि मेला आयोजना गरेर विशेष सन्देश प्रवाह गर्न सफल भएको बताएका थिए । उनले भने–‘हामी कृषि क्षेत्रको विकास  लागि केही गरौ भनेर लागेका छौ, एउटा सानो हलबाट सुरु भएको कृषि मेलामा अहिले ४५ वटा जिल्लाबाट कृषकहरुले सहभागीता जनाउनुभएको छ जुन गौरवको विषय हो ।’
कार्यक्रममान बोल्दै बुटवल उवासंघका अध्यक्ष महेशमान सिंहले पश्चिमाञ्चल विकास क्षेत्रमा नै पहिलो पटक बुटवल उवासंघले कृषि मेला आयोजना गरेर त्यसलाई निरन्तरता दिनु आफैमा गौरवको विषय भएको बताउदै यो मेलाले राष्ट्रय स्तरमा समेत विशेष महत्व राखेको  बताएका थिए । उनले मेला अवधिभर ३ सय भन्दा बढि कृषकहरुले विभिन्न स्थानबाट ल्याएको माटो परिक्षण गराएको ६० जना किसाले  विरुवा परिक्षण गराएको बताएका थिए । पहिलो पटक अत्याधुनिक  प्रविधि सहितको माटो परिक्षण प्रयोशालाबाट यस क्षेत्रका सयौ किसान लाभांवित भएको  उनको तर्क थियो ।  कृषि मेलामा  किसानले परिक्षण गराएको माटोमा अधिकांसमा प्रांगारिक पदार्थको कमी मेटिएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।  मेला समापन समारोह संघका महासचिव हरिप्रसाद अर्यालयको सञ्चालन  तथा मेला मुल समिति सह संयोजक तथा बरिष्ठ उपाध्यक्ष खेम हमालको धन्यावाद ज्ञापनमा समापन भएको थियो ।  
किसान पुरस्कृत
बुटवल उद्योग बाणिज्य संघले मेलामा उत्कृष्ठ किसान र व्यसायीहरुलाई पुरस्कृत गर्नुको साथै सम्मान समेत गरेको छ ।  मेला अवधिभरमा सहभागी स्टलहरुबाट उत्कृष्ठ स्टलहरुमा हेफर इण्टरनेशनल प्रथम, संकल्प कोसेलि घर द्धितिय र बिजी ग्रुप तृतिय भएका सान्तव्ना स्थानमा कुवापानी कृषक समुह, संगम पोल्टी फर्म, देवजदह गोरसघर, ग्रिन एन्जल्स एग्रो पोड्क्ट, सान्ती माछा समुह, ढुङ्गेघर कृषि समुह काभ्र, जेविक नर्सर नवलपरासी, स्पीन्जर च्याउ फर्म रुपन्देही पुरस्कृत भएका छन् ।  यसैंगरी बिधागतमा बिउ बिजन तर्फ सुनगाभा कृषक समुह रोल्पा प्रथम, लुम्विनी सिड कम्पनी भैरहवा द्धितिय, पानीटंकी बीउ समुह थोर्गा तृतिय र कृषि औजार तथा प्रबिधि तर्फ बुटवल अटोमोवाइल प्रथम, शिव सागर एग्रो द्धितिय र अर्सफिया इण्टरनेशनल तृतिय भएका छन् । 
यस्तै विधागत रुपमा केरावाली समुह तर्फ सिता शर्मा पौडेले प्रथम, आर्दश कृषक समुह द्धितिय,किसानकोघर तृतिय र मिरा मरासेनीले सान्तव्ना स्थान प्रापत गरेका छन् । खाद्यान्न वाली तर्फ चक्रपाणी न्यौपाने प्रथम, दिपा राना द्धितिय, प्रभाव साहनी तृतिय र आर्दश कृषि समुह सान्तव्ना भएका छन् । 
यस्तै गानोबाली तर्फ खड्ग बहादुर सिंजाली प्रथम, राजु चौधरी द्धितिय, विना मगर तृतिय र पुर्व कलहर ले सान्तव्ना स्थान प्राप्तगरेका छन् । त्यस्तै वाली तर्फ पुनाराम भुषाल प्रथम, आर्दश कृषि सहकारी द्धितिय, वालराम शर्मा तृतिय, भरत यादव र  नवजागृति कृषक समुहले सान्तव्ना स्थान प्राप्त  गरेका थिए ।  जारावाली, सागवाली, लगायतमा विधागत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।  माघ २२ गतेदेखि बुटवलमण्डपमा सञ्चालित मेलामा कृषि औजार, कृषि प्रबिधि, कषि उपज, बीउ बिजन तथा बैकल्पिक उर्जाका १सय ३२ स्टलको सहभागिता रहेको थियो । मेलाकै अवसरमा आयोजना गरीएको अन्र्तबिद्यालय लोक दोहोरी गीत प्रतियोगितामा जनबिकास उच्च माबि रामपुर प्रथम, कान्ति उच्च माबि समुह ए द्धितिय र कान्ति उच्च माबि समुह बी द्धितिय र नबीन औद्योगिक कद्दर बहादु रिता उच्च माबि तृतिय भएका छन ।






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती