कृषिमेला सुरु नीजि क्षेत्र जुरमुराउन चाहान्छः ढकाल


कृष्ण खनाल
बुटवल, २२ माघ । 

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका कृषि मेला–२०७२ सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ र कृषिउद्यम केन्द्र नेपाल उद्योग बाणिज्य महांसघको संयुक्त आयोजनामा शुक्रवारबाट  बुटवलमा मेला सुभारम्भ भएको हो । मेला समुद्घाटन कार्यक्रममा मन्तव्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय अध्यक्ष चण्डीराज ढकालले नीजी क्षेत्रलाई काम गर्ने वातावरण मिलाईदिन आम राजनीतिक दल र प्रशासनिक निकायसंग आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिरहेका ढकालले  बैशाख ११ गत गएको महाभुकम्प, त्यसपछि भएको विषम परिस्थिीतिको कारण उद्योग धन्दा धरासायी बन्दै गएको भन्दै  अव राजनीतिक दलहरुले साझा प्रस्तावको रुपमा पारित गरी उद्योग धन्दा निर्वाध रुपमा सञ्चालन गर्न पाउने वातावरण सृजना गर्नुपर्ने धारणा राखे । उनले भने–‘अव औद्योगीक  उत्पादनको लागि नीजी क्षेत्र जुरमुराउन चाहान्छ, राजनीतिक दलहरुले निर्वाधरुपमान काम गर्ने वातावरण सृजना गर्न म अपील गर्छु ।’ 
नेपालका कृषिजन्य बस्तुको उत्पादनन र बजारीकरणमा प्रमुख समस्या सृजना भएको भन्दै पुर्वअध्यक्ष ढकालले भने–‘नीतिगत र व्यवहारिक रुपमा कृषिजन्य  बस्तुको उत्पादन र बजारीकरणमा  परिर्वतन ल्याउन सकेमा नेपालको कृषि क्षेत्रले फड्को मार्ने निश्चित छ ।’ परम्परागत कृषि पद्धतीलाई सुधार गरी आधुनिकीकरणको बाटोमा लाग्नुपर्ने उनको धारणा रहेको थियो ।
गाउ गाउमा उत्पादन भएका विभिन्न कृषिजन्य उत्पादनहरुलाई सहजरुमा बजार सम्म पु¥याई कृषिजन्य बस्तुको बजारीकरणमा सबैको सहयोग भएमा कृषि क्षेत्रमा लाग्ने कृषकको समेत भविश्य समुज्जल रहेको उनको भनाई थियो ।
नेपालको अर्थतन्त्र अन्र्तराष्ट्रिय बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पु¥याउन सकेमा मात्र कृषि क्षेत्रामा कायापलट हुने भन्दै पुर्वअध्यक्ष ढकालले भने–‘नीजी क्षेत्रपुर्णरुपमा परिचालन हुन पाउनेहोभने देशको कुलग्रास्थ उत्पादनमा ठुलो टेवा पुग्नेछ ।’ अन्य अन्र्तराष्ट्रिय निकायले कृषिजन्य उत्पादन  आफ्नो देशमा माग पुरा गरी अन्य देशमा समेत निर्यात गर्ने गरेको तर नेपालीले भने बर्षेने अरवौ रुपैया आयात गर्ने गरेको भन्दै उनले अवको कृषि व्यवसायी आधुनिकीकरण गरी  कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिउए । अन्य देशहरुले वातावरण अनुकुल नभएको कारण टनेलमा खेती गर्नुपर्ने तर नेपालमा हावापानी अनुकुल हुँदा समेत कृषिमा खास विशिष्टीकरण गर्नु नसक्नु आफैमा विडम्बना भएको उनको तर्क थियो । नेपालका केही उदाहरणीय कृषि कर्मको सुरुवात भएको भन्दै अष्ट्रिज चरापालन, नमुना गाईपालन, मौरी पालन लगायतलाई सरकारी निकायबाट पनि थप प्रोत्सहान प्रदान गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा विशिष्ठ अतिथिरहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कृषि क्षेत्रमा लाग्ने व्याक्तिको जनसंख्या दुई तिहाई रहेको भएपनि कृषि क्षेत्रले कुल ग्रास्थउतपादनम  मात्र एक तिहाई योगदान दिनु आफैमा लज्जाको विषय भएको धारणा राखेका थिए । खाद्यान्न उत्पादनमा परनिर्भरता बढेको भन्दै उनले उर्जाशिल जनशक्ति विदेशजानबाट रोक्न सकेमा कृषि क्षेत्रमा केही परिर्वतन ल्याउन सकिने बताए । उर्जाशिल  युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको भन्दै उनले सरकारी क्षेत्रबाट युवा जनशक्तिलाई स्वदेशको कृष कर्ममा लगाउन सकेमा साच्चै कृषि क्षेत्रले  मुहार फर्ने  सक्ने बताए । उनले भने–‘उर्वरभुमिको जथाभावि प्रयोग रोक्नुपर्दछ, उर्वर भुमि खेतीको लागि मात्र उपयोग गर्न सकेमा पनि केहीहदसम्म कृषिमा परिर्वतन ल्याउनुपर्दछ ।’  उनले कृषि क्षेत्रको विकासको लागि  कृषिजन्य उत्पादनमा वृद्धि गर्नका लागि यान्त्रीकरण गर्नुपर्ने भन्दै नविनकुराको प्रयोग र अनुसन्धान हुनु आवश्यक रहेको उनको भनाई रहेको थियो ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजप्रसाद सापकोटाले  अवको उत्पादन कृषिमा बजारीकरण गर्नु आवश्यक रहेको बताएका थिए । उनले भने–‘अव कृषिमा सुधार गर्नुहोभने कृषिमा बजारीकरण र यान्त्रीकरण आवश्यक रहेको छ  ।’ जिल्ला कृषि विकास कार्यालयले किसानको लागि विभिन्न अनुदानका कार्यक्रम ल्याएको भएपनि  जग्गा एकिकृत गरेर कृषि व्यवसाय अपनाउने कृषकको संख्या कमी रहेको भन्दै उनले कृषि क्षेत्रको विकासको लागि कृषि क्षेत्रामा व्यवसायीककरण हुनु आवश्यक रहेको बताए । 
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण शर्माले कृषि क्षेत्रको उत्थान, बजारीकरण र प्रर्वद्धनको लागि बेला बेला आयोजना हुने विशिष्टिकृत मेलाले विशेष भुमिका खेल्ने भन्दै यस्तो प्रकृतीको मेला महोत्सव आयोजना गर्नका लागि सबैले हिम्मत गर्नुपर्ने बताए ।
 कार्यक्रममा बोल्दै मेला सह आयोजक तथा बुटवल उपमहानरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले कृषिमा उत्पादन भएका बस्तु विक्रि वितरणको लागि बजारको समस्या रहेको भन्दै किसानले उत्पादन गरेको बस्तु बजारीकरणको लागि विभिन्न व्यवसायीक संघ संस्थाको पहलमा विक्रि केन्द्र स्थापना गर्नुपर्ने र यसको लागि स्थानिय निकायबाट सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले विशिष्किृत मेला आयोजना गरेर बुटवलले एउटा महत्वूर्ण सन्देश प्रवाह गर्न सफल भएको भन्दै आगामी दिनमा पनि मेला महोत्सवलाई विशेष प्रथमिकता निर्धारण गरी हरेक ३÷३ महिनामा विशिष्किृत मेला आयोजना जनाएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पुर्व केन्द्रीय सदस्य शंकर श्रेष्ठ, लुम्बिनी अञ्चल प्रतिनिधी कृष्ण कुमार श्रेष्ठ, बुटवल उवासंघका बरिष्ठ उपाध्यक्ष तथा मेलाआयोजक सह संयोजक खेम हमाल, महासचिव हरि प्रसाद अर्याल लगायतले बोलेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती