६ अर्व पाए लुम्बिनी गुरुयोजना पुरा

कृष्ण खनाल 
बुटवल, २ फागुन । 
गुरुयोजना निर्माण भएको लामो समय सम्म पनि लुम्बिनी गुरुयोजनाको अझै पुरा हुन  सकेको छैन । अहिले सम्म  लुम्बिनी गुरुयोजनाको करिव ६५ प्रतिशत मात्र काम पुरा भएको लुम्बिनी  विकास कोषका  ईन्जीनियर सरोज भट्राईका अनुसार गुरुयोजनको अझै ३५ प्रतिशत काम पुरा हुन बाँकी छ ।  गुरुयोजनाका पुरा गर्नको लागि आर्थिक अभाव भएको भन्दै नेपाल

सरकारसंग यथेष्ठ बजेट माग रिएको ईन्जीयर भट्राईको भनाई रहेको छ ।  गुरुयोजना पुरा गर्नको लागि ६ अरव रुपैया आवश्यक रहेको र यदि समयमा नै  रकम उपलब्ध भई कार्ययोजनको टेण्डर भएमा अवको करिव ४ बर्षमा मात्र गुरुयोजनको काम पुरा हुने  बताउछन् । उनी भन्छन्–‘६ अरव रुपैया समयमा नै प्राप्त भएर कार्ययोजना अगाडी बढ्छ, अवको करिव ४ बर्षमा  लुम्बिनी गुरुयोजना  पुरा हुनेछ । 
यता, नेपाल सकरारका प्रधान मन्त्री के.पी. शर्मा ओलीले लुम्बिनी सान्तीभुमी भएको भन्दै गुरुयोजना पुरा गर्नको लागि ढिला गर्न नहुने बताउछन् । उनी भन्छन्–‘गुरुयोजना पहिलाकै ढंगको हुनुपर्छ भन्ने छैन, परिमार्जन गरेर समेत अगाडी बढ्न सकिन्छ, तर गुरुयोजना  पुरा हुन ढिलाई हुनु आफैमा अस्वभनिय कार्य हो ।’ उनले अवको  ६ महिना भित्र गुरुयोजनाको लागि  चाहिने आवश्यक  आर्थिक रकम  प्रदान गर्न आफु मातहातका मन्त्रालयलाई  निर्देशन दिने भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई लुम्बिनीकै रुपमा विकास गर्नको लागि सबैको  साझा पहल  जरुरी रहेको बताएका थिए ।  उनले भने–‘विश्वको ध्यानआर्कषण गर्ने स्थानको रुपमा लुम्निी रहेको भन्दै जीवनका एक पटक पुग्नुपर्ने स्थानको रुपमा लुम्बिनीलाई विकास गर्नुपर्दछ ।’ 
लुम्बिनीमा रहेका विभिन्न गुम्बाहरुलाई गुम्बाको रुपमा मात्र विकास गर्नुपर्ने र लुम्बिनी र बौद्ध संग जोडेर मात्र अगाडी बढ्नु पर्ने  बताउछन् । लुम्बिनी र शान्ती एक अर्काको पर्यावाची शब्द जस्तै भएको भन्दै उनले शान्तीको पर्यावाची लुम्बिनीलाई विकास गर्नको लागि नेपाल सरकारले कुनै पनि कार्य कमी नराख्ने बताउछन् ।  लुम्बिनीलाई अझै सुन्दर, पबित्र र आकर्षक बनाउनका लागि बास्तु कला वीद प्रोफेसर केन्जु टांगेले तयार पारेको गुरुयोजनालाई सम्सोधन तथा परिबर्तन गर्न सकिनेमा जोड दिदै प्रधानमन्त्री ओलीले आगामि ६ महिना भित्र लुम्बिनीमा निमार्ण गरिने सम्पुर्ण भौतिक संरचनाको नक्साङकन सहितको डिजाईन सरकारलाई बुझाउन आग्रह गरेका छन् । 

यता, नेपाल सरकारका सस्कृती तथा पर्यटन मन्त्री आनन्द पोखरेल ले नेपाल सरकारले लुम्बिनीलाई विकासको पहिलो प्रथमिकतामा राखेको बताउछन् । उनी भन्छन्–‘सरकारको प्रमुख महत्वको विषय लुम्बिनी हो, ग्रेटर लुम्बिनीको विकासका लागि नेपाल सरकार गम्भिर छ ।’ उनले वृहत्तर लुम्बिनीको विकासको लागि नेपाल सरकारले केही समयमा नै ग्लोवल टेण्डर आह्वान गरी विकासमा अगाडी बढ्ने मन्त्री पोखरेलको भनाई रहेको छ ।  
यता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले लुम्बिनी विश्व शान्तीको मुहान भएकालेले यसको विकासको लागि सरकारी निकायबाट थालिएको  गुरुयोजना समयमा नै पुरा हुनुपर्ने बताउछन् । उनले गुरुयोजनाको काम समयमा नै पुरा भइ विश्वमा विशेष सन्देश  प्रवाह  हुने भन्दै यसको लागि सबैको सहभागीता आवश्यक रहेको बताउछन् । 
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्गले लुम्बिनी विकासकोषको गुरुयोजना भन्दा बाहिर केही कामहरु भएको भन्दै जुन काम सुरक्षाको हिसावले गरिएको बताउछन् । नेपाल सरकारले अगाडी बढाएको लुम्बिनी गुरुयोजना समयमा नै पुरा हुनुपर्ने र यसमा विकास कोषा गम्भिर भएको बताउछन् । 
ण्ण्ण्ण्ण्
एकै दिन प्रधानमन्त्री ओली सहित ४ मन्त्री लुम्बिनीमा
बुटवल, २ फागुन । आईतबार नेपाल सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली सहित ४ जना मन्त्रीहरुले लुम्बिनीको भ्रमण गरेका छन् । प्रधान मन्त्री भएपछि पहिलो पटक बुद्ध जन्मस्थल  लुम्बिनी आएका प्रधानमन्त्री ओलीसंग रुपन्देही क्षेत्र नम्बर ४ का सांसद तथा अर्थ मन्त्री विष्णु पौडेल, अर्घाखाँची क्षेत्र नम्बर २ का सांसाद तथा उर्जा मन्त्री टोपबहादुर रायमाझि, रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा श्रम तथा रोजगार मन्त्री दिपक बोहरा र  सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेल लुम्बिनीमा आएका हुन । कार्यक्रममा सहभागी हुन पशु विकास मन्त्री शान्ती मानवी समेत  सहभागी हुने कार्यक्रम तय भएको भएपनि समय व्यस्थताको कारण उनी सहभागी हुन पाईनन् । 
लुम्बिनी बौद्ध विश्व विद्यालयको कार्याक्रममा सहभागी हुन आएका प्रधानमन्त्री सहित मन्त्रीहरुको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजन (भिक्षु निर्गोध) सदस्य सचिव अजितमान तामाङ, बरिष्ठ ईन्जीनियर सरोज भट्टराईले लुम्बिनी गुरुयोजनाबारे जानकारी गराए । यसैविच प्रधानमन्त्री ओलीले लुम्बिनी स्थित लुम्बिनी बौद्ध बिश्व बिद्यालयको नयां भवनको उद्घाटन समेत गरे ।
 कार्यक्रममा लुम्विनी बिश्व बिद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षालाई आवश्यकता अनुसार पतिवर्तन गर्दै लगी प्रतिस्प्रधी जनशक्ती उत्पादन गराउनु पर्ने बताए । उनले बुद्ध दर्शनलाई बुद्धत्वको भाव नमेटीने गरी परीबर्तन गरी आधुनीक ढाचामा ल्याउनु पर्नेमा जोड दिए । ‘अवको शिक्षा बिज्ञानलाई बुझाउने खालको हुनु पर्छ, प्रधानमन्त्री ओलीले भने —बिज्ञान र प्रबिधीसगंको पहुचमा शिक्षालाई पुर्याउनु पर्छ ।’  उनले लुम्विनी बिश्व बिद्यालयको बिकासकालागी आवश्यक सहयोग सरकारले गर्ने समेत बताए  । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती