कालिका उच्चमाविको उदादहरणीय काम,बिपन्न विद्यार्थी पढाउदै विद्यालय व्यवस्थापनका पदाधिकारी

कृष्ण खनाल
बुटवल, २५ मंसिर । 
बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको छोरी कक्षा १२ मा अध्यन गर्दछिन् ।  गलामीले आफ्नो छोरीको अलवाका कालिका उच्च माविमा अन्य २ जना विद्यार्थीहरुलाई समेत पढाउँदै आएका छन् । गालामीले विद्यालयको कक्षा कोठामा गएर विद्यार्थीहरु अध्यपन गराउनु भन्दा पनि २ जना गरिब विपन्न विद्यार्थीलाई  आप्mनै सम्पूर्ण खर्चमा अध्यपन गराउँदै आएका छन् । 
उनी मात्र होईन विद्यालयका प्राचार्य घनश्याम पाठकलको  छोरीले अहिले कालिका उच्च माविमा पढ्दै आएकी छिन् ,  प्राचार्य पाठकले छोरीलाई मात्र होईन  छोरीलाई जस्तै सम्पूर्ण खर्चमा अन्य दुई जना विद्यार्थीहरु लाई समेत अध्यापन गराउदै आएका छन् । अध्यक्ष र प्राचार्यमात्र होईन  उक्त उच्च माविका १४ जना  गरिव विपन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले अध्यापन गराउदै आएका छन् । 

रुपन्देहीमा पहिलो पटका यसरी विद्यालयमा शैक्षिक व्यवस्थापनको लागि आर्थिक अभावबाट शिक्षाबाट बञ्चित हुनुपर्ने विद्याथीको अवस्था आएपछि कालिका उच्च माविले गत बर्षबाट यसरी अध्यायपन गराउने निर्णय गरेको हो । जुन अहिले पनि जारी रहेको छ । कालिका उच्च माविमा विद्यालय व्यवस्थापन समितिका ७ जना  पदाधिकारीहरुले प्रत्येकले २÷२ जना विद्यार्थीहरु अध्यापन गराउदै आएका छन् । यसको लागि प्रत्येक बर्ष प्रति विद्यार्थीहरुलाई करिव १५ हजार रुपैया खर्च हुने विद्यालयले जनाएको छ । 

 अहिले उक्त उच्च माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गालामीले कक्षा ६ को ‘ए’ सेक्सनका विद्यार्थी बादल बम्जन र  कक्षा ९‘टि’ सेक्सनक सञ्जोग थापालाई अध्यापन गराउदै आएका छन् भने विद्यालय व्यवस्थापन समितिकी पदेन महिला सदस्य पुन कुँवरले कक्षा ४ की  सुमित्रा थापा र कक्षा ६‘ए’ सेक्सनका दिनेश बस्यालाई सम्पूर्ण खर्चमा अध्यायपन गराउदै आएकी छिन् । अर्का विद्यालय व्यवस्थापन समितिका सदस्य जयप्रकाश सुबेदीले कक्षा ६ ‘बि’ सेक्सनकी निर्मला रेग्मी र कक्षा ९ ‘सी’ सेक्सनकी मेनुका सुनारलाई अध्यायपन गराउदै आएका छन् । 
विद्यालयका प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव घनश्याम पाठकले कक्षा ७‘ए’ सेक्सनकी कञ्चन थापा र कक्षा ८‘ए’ सेक्सनका कुशल थापालाई आफ्नै खर्चमा अध्यायपन गराउदै आएका छन् ।   अर्का विद्यालय व्यवस्थापन समितिका सदस्य नित्यानन्द ज्ञवालीले कक्षा ७ ‘बि’ सेक्सनमा अध्यायरत अनिशा गिरी र कक्षा ८‘सी’ मा अध्ययनरत नविन गौतमलाई अध्यापन गराईरहेका छन् । त्यस्तै विद्यायकी सहायक प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिकी शिक्षक प्रतिनिधि डम्बर कुमारी पुनले  कक्षा ८‘ए’ की जमुना खनाल र कक्षा ८‘बि’कविता थापालाई  र अर्का विद्याय व्यवस्थापन समितिका सदस्य पार्वती कुँवरले कक्षा ३ का प्रमे श्रेष्ठ र कक्षा ८‘बि’ की सावित्रा पाण्डेलाई अध्ययनपन गराईरहेकी छिन् । 
 विद्यालयका प्रचार्य घनश्याम पाठकका अनुसार  आर्थिक अभावको कारण शिक्षा लिनबाट विद्यार्थी बन्ञ्चीत हुन नपरोस् भन्ने हेतुले यसरी विपन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले अध्यापनको सम्पूर्ण खर्च व्होर्ने कुरा भएको जानकारी दिए । उनले गत बर्ष बाट रुपन्देहीमा पहिलो पटक नमुना कार्यको सुरुवात गरेको भन्दै यस्तो कार्यको सिको अन्य विद्यालयले समेत गर्नुपर्ने धारणा राखे । 



उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गालामीले मिहिनेती र जेहेन्दार विद्यार्थीहरु आर्थिक अभावबाट शिक्षा लिन बञ्चीत हुन नपरोस भन्ने उदेश्यका साथ विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार लागू गरिएको जानकरी दिए । उनले भने–‘विपन्न विद्यार्थीहरुको लागि हामीले के गर्न सक्छौ भनेर छलफल गरियो, अनि एक जना पदाधिकारीले २ जना विद्यार्थीहरुको अध्ययपन खर्च व्होर्ने निर्णय गरिएको हो । ’ एक जना विद्यार्थीलाई  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले बार्षिक अधिकतम्  १४ देखि १५ हजार रुपैया सम्म खर्च  गर्ने गर्दछन् । सानो कक्षामा अध्यायनरत विद्यार्थीहरुलाई कम खर्च र ठुलो कक्षामा अध्यायनरत विद्यार्थीहरुलाई बढि शुल्क लाग्ने  गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 
 कालिका उच्च मावि यस क्षेत्रमा सामुदायिक  विद्यालयमा उत्कृष्ठ विद्यालयको पशिचान बनाएको छ । उक्त उच्च माविबाट प्रविणता प्रमाणपत्र तह को विज्ञान संकायमा दिपक कुँवर ले नेपालमा उत्कृष्ठ अंक ल्याएका छन् भने अर्का विद्यार्थी सुन्दर अर्गालीले प्रविणताप्रमाणपत्र तह व्यवस्थापन तहमा सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम भएका छन्  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती