सन्र्दभ ६६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस, ७ जिल्लामा ४३ को हत्या ३० वटा बलात्कारका घटना
कृष्ण खनालबुटवल, २४ मंसिर ।
६६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस मनाईरहदा देशमारभ मानवअधिकार उलघंनका घटनाहरुमा कमी आएको छैन । यस क्षेत्रमा महिला हिंसाका घटनाहरु साथै विभिन्न कराणबाट मानिसहरुको हत्या हुने क्रम रोकिएको छैन । राष्ट्रिय मानवअिधकार अयोग उपक्षेत्रीय कार्यालय बुटवलका अनुसार यस बर्ष लुम्बिनी अञ्चलका ६ जिल्ला र चितवनमा मा २१ वटा मानवअधिकार उलघंनका उजुरी दर्ता भएका छन् । यो उजरी कार्यालयमा आएर दर्ता भएका उजुरीहरुको संख्या मात्र हो । सोही अवधिमा न्ययमा पहुच सम्बन्धी ११ वटा, याताना सम्बन्धी ३ वटा, गैर कानुनी थुना वा पक्राउ सम्बन्धी २ वटा , बाल अधिकार सम्बन्धी १, रोजगारीको अधिकार सम्बन्धी १ वटा, वेपत्ता १, गैर न्यायिक हत्या १(द्वन्द्वकाल) को रहेको छ । कार्यालयबाट १२ वटा उजुरीहरु टुग्निे प्रक्रियामा रहेका छन् भने ९ वटा उजुरी कारवाहीको प्रक्रियामा रहेका छन् ।
लुम्बिनी अञ्चलका पाल्पा, गुल्मी, अर्घाखाँची,नवलपरासी, कपिलवस्तु र रुपन्देही र चितवन जिल्लमा गरी सोही अवधिमा ४३ जना मानिसहरुको हत्या भएको छ । जसमा ५ जना झुण्डीएको अवस्थामा र अन्य ३८ जनाको हत्या गरिएको राष्ट्रिय मानवअधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकजंगध्वज कार्कीले जानाकारी दिए । त्यस्तै ईन्सेक रुपन्देहीका अनुसार सन् २०१४ को १० महिनाको अवधिमा ६५ जना बालबालिका बेचविखन, २ सय ५० जना बलात्कार, ८७ जना यौन दुव्र्यवहारबाट पिडीत भएका छन् ।
त्यस्तै ईन्सेकले सन् २०१३ मा बालअधिकार उलंघनका ७ सय ९९ वटा घटना भएको जनाएको छ । सोही अवधिमा ३९ जना बालबालिकाको हत्या भएको थियो भने १७ जना बालबालिका अपहरित भएका थिए । त्यस्तै यौन दुव्र्यवहारका ८७ वटा घटनाहरु भएका छन् । २०१४ को पछिल्लो अक्टोबर महिना सम्म ईन्सेकले ४ सय ५५ बालअधिकारको उलघंनभएको जनाएको छ । जस मध्ये ९ वटा बालश्रमका घटना, बेचविखनका ६५ वटा घटना, २२ वटा बालविवाहका घटना र २ सय ५० वटा बालात्कारका घटना भएका छन् । नवजात शिसुको ११ वटा घटना भएको ईन्सेकले जनाएको छ । सोही अवधिमा रुपन्देही जिल्लामा ३० वटा बलात्कारका घटना भएको र जसमा १७ वटा बालिकाहरु पिडीत भएको ईन्सेक रुपन्देहीका प्रतिनिधि अमृत गिरीले जानकारी दिए ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
बक्स समाचार
६६ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसमा ¥याल तथा प्रतिवद्वता सभा
बुटवल, २३ मंसिर ।‘सबैको लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने मुल नाराका साथ आज ६६ औ अन्र्तराष्ष्ट्रिय मानवअधिकार दिवस मनाईने भएको छ । रुपन्देही जिल्लामा मानवअधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न १९ वटा संघ संस्थाको आयोजनामा संयुक्त ¥याली तथा बुटवलको ट्राफिक चोकमा प्रतिवद्वता सभा गरिने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बुटवलको राजमार्ग चौराहाबाट ¥याली आयोजना गरिने र बुटवलको ट्राफिक चोकमा पुगी प्रतिवद्वता सभा आयोजना गरिने राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका अधिकृत चन्द्रकान्त चपागाईले जानकारी दिए । पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकजंगध्वज कार्की, मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय सदस्य गोविन्द खनाल, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल(का