सार्वजनिक बस: अपाङ्गता भएका महिला लाई असहज




कृष्ण खनाल
बुटवल, ११ पुस ।

मैया लम्साल, रुपन्देहीमा अपाङ्गताको क्षेत्रमा क्रियाशिल नाम हो । ह्वीलचियर प्रयोगकर्ता लम्सालको यात्राको क्रममा कयौ पटक तितो अनुभव बटुलेकि छन् । करिव ४ बर्ष पहिला बहिनीको घर नवलपरासीको कावासोती जाँदा उनी चितवन जाने बस कुरेर बसिन ।
एक्लै  उनी बस चढ्नको लागि आँट गरेकी थिईन । कयौ पटक माईक्रो उनकै अगाडीबाट हुईकिन्थे तर उनलाई अधिकांस बस चालक र सहचालकले ‘समय छैन ’ भन्दै बस हुईकाउथे । निकै बेरको पर्खाईपछि एकवटा बसले रोक्यो र सहचालकले ह्वीलचियर गाडीमा राखिदिए र उनी बसको अघिल्लो सिटमा बसीन् ।
सिटको छेवैमा एक जना मधेसीमुलका व्याक्ति थिए । उनलाई भुमहि कतिबेला आउला जस्तो भयो, कारण सिटको छेवैमा बसेका व्याक्तिलाई उनलाई  मानसिक र शररिक रुपमा टर्चर दिईरहे । यति मात्र होईन,  केही समय पहिला  उनी लम्साल बुटवल देखि नवलपरासीको भुमही जाँदा एउटा माईक्रोमा चढिन,  माईक्रो मा के चढेकी थिईन, उनलाई  माईक्रोको सहचालक(खलासी)ले नराम्रो संग गालि गरे। अपशब्द प्रयोग गरि होच्याएर गालि गलौच गरेको कारण उनले तत्काल प्रहरीलाई खबर गरिन् । देवदह प्रहरीले सहचालकलाई तत्काल नियन्त्रणमा लियो तर २ दिन सम्म थुनुवा कक्षामा राख्यो । पछि उसले आफन्त सहित आएर माफि मागेपछि निश्चित जरिमान तिराएर छोडियो । उनी भन्छीन्–‘हामी जस्ता शिक्षित र केही कुरा जानेका व्याक्तिहरुमाथि त यस्तो हिंसा हुन्छ भने नबोल्ले, गाउ घरमा दविएर बसेका व्याक्तिहरुको अवस्था के होला ।’ एकतर्फ महिला भएर जन्म लिनु र अर्कोतर्फ महिला अपाङ्गता भएको कारण धेरै समस्या झेल्नु परेको उनको तितो अनुभव रहेको छ ।
लम्साल जस्तै बुटवलकी रुपा आत्रेय राम्रो तृत्यङ्गना हुन । उनी बुटवलमा आयोजना हुने विभिन्न मेला महोत्सव तथा अन्य कार्यक्रममा नृत्य प्रस्तु गर्दछिन् । उनी स्पष्ट रुपा बोल्न सक्दिन् भने हाउभाउको साथ कुरा  गर्दछिन् । कायौ पटक विदेशमा गएर समेत आफ्नो प्रतिफा प्रस्तुफटन गरेकी उनीलाई कयौ पटक गाडीमा यात्रा गर्दा  गाडी चालक, सहचालक तथा गाडीमा यात्रा गरिरहेका यात्रुहरुले समेत दुःख दिने गरेका छन् । आफ्नै हाउ भाउमा कुरा व्यक्त गर्ने उनी स्पष्टरुपमा बोल्न सक्दीनन्, उनको कुरा अहिले पनि बुझ्दैनन् । आफु अपाङ्गता भएको व्याक्ति हो भन्दा पनि भाषाको कठिनाईको कारण कयौ पटक गाडीमा पुरा भाडा लिने गरेको उनी बताउछिन् । आत्रेय भन्छीन्–‘कयौ पटक डबल भाडा लिएका छन् भने कयौ पटक भाडा डिस्काउन्ट नै गरिदिदैन्न् ।’
उनी जस्तै रुपन्देही शंकरनगरकी मन कुमारी मल्लको पिडा पनि उस्तै छन् । बोल्न नसक्ने उनी सांकेतीक रुपमा कुराकानी गर्दछन् । केही समय पहिला भैरहवाको एक विद्यालयमा अध्यापन गर्दै आएकी उनी अहिले त्यतिकै  बसिरहेकी छिन् । कयौ पटक सरकारी कार्यालयमा जाँदा दोभासे नभएको कारण कर्मचारीहरुले भनेको भनाई नबुझिदिँदा समस्या परेको उनको भनाई रहेको छ ।  उनी भन्छिन्–‘एउटा सरकारी कार्यालयमा एउटा भएपनि दोभासे  भएको भए म जस्ता, बोल्न नसक्ने  व्याक्तिहरुलाई धेरै नै राहात हुन्छ ।’ उनले कयौ पटक सम्म सरकारी निकाय  या गैरसरकारी निकायमा जाँदा भाषाको समस्याको कारण दुःख पाएको तितो अनुभव सुनाईन् ।
यता, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल  पश्चिमाञ्चल क्षेत्रीय  समिति सह–सचिव तथा रुपन्देही  अपाङ्ग  पुर्नस्थापना केन्द्रकी सचिव कल्पना ढकालले मानिस २१ औ शताब्दीमा  प्रवेश गरेको भएपनि अझै सम्म उसले  गर्ने व्यवहारमा परिर्वतन आउन नसक्नु विडम्बना भएको बताउछिन् । उनी भन्छीन्–‘एकातर्फ महिला हुन, त्यसमा पनि अपाङ्गता महिला हुनुको कारण कयौ स्थानमा कयौ पटक महिलाहरुले पिडा झेल्नु परेको बताउछिन् ।’ अपाङ्गता भएका महिलाहरु कयौ पटक यौनजन्य हिंसाको सिकार हुने गरेको भन्दै उनले हिंसा सहेर नबस्नको लागि सबै महिलाहरुलाई आग्रह गरिन् । ‘हिंसा सहेर होईन, हिंसाको डटेर सामान गरौ, प्रशासनिक निकायमा खबर गरौ, प्रहरीलाई खबार गरौ, हिंसा सहिरहनुहोईन, त्यस विरुद्व आवाज  आजैबाट उठाऔं ।’ –उनले भनिन् ।
उता, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रिय कार्यक्रम संयोजक सावित्रा घिमिरेले केही समय पहिला  बोल्न नसक्ने एक  जना महिलामाथि रुपन्देहीमै भएको सामुहिक बलात्कार भएको केसलाई गाउ समाजमा नै मिलाउनको लागि दबाब आएको बताउछिन् । उनले उक्त केशलाई अदालती मुद्ध नबनाउनको लागि कयौ पटक दबाब आएपनि आफुहरुले अदालतमा मुद्धा दायर गर्न लगाई अहिले दोषिले सजाय भोगीरहेको  जानकारी दिईन् । उनले यसलाई एउटा उदाहरण मात्र भएको भन्दै रुपन्देही , लगायत, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीका विभिन्न ग्रामिण भेगमा अपाङ्गता भएका महिलाहरु अहिले पनि   यौन हिंसा, सामाजिक हिंसा, मानसिक हिंसाको सिकार भईरहेको भन्दै हिंसा नसहनको लागि अपाङ्गता भएका महिलाहरुलाई आग्रह गरिन ।

अपाङ्गता भएका महिलाहरुको अन्र्तरक्रिया कार्यक्रम

बुटवल, ११ पुस ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको आयोजना तथा क्षेत्रीय महिला समितिको संयोजनमा शुक्रवार अपाङ्गता भएका महिलाहरुको क्षेत्रीय स्तरको भेला तथा अत्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी अन्र्तरक्रिया कार्यक्रमको सुरु गरिएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल महिला समितिका संयोजक मैया लम्सालको अध्यक्षतामा भएको अन्र्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय  समिति अध्यक्ष देवी बहादुर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सचिवालय सदस्य खोम शर्माको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका फिल्ड सुपरभाईजर हरि शर्मा,   रुपन्देही नेत्रहिन संघकी सचिव शिला घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुबाट अपाङ्गता भएका महिला र तिनका अभिभावकहरुको सहभागीता रहेको अन्र्तरक्रियाको सहजिकरण राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल  समिति सह–सचिव कल्पना ढकाल, पश्चिमाञ्चल कार्यलय कार्य क्रम संयोजक सावित्रा घिमिरे लगायतले सहजीकरण गरेका थिए । 
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल अध्यक्ष देवी बहादुर पोखरेलले महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरु बढि यौज जन्य दुव्र्यवहारमा पर्ने गरेको भन्दै हिंसलाई नसहि छिटो भन्दा छिटो सम्बन्धीत निकायमा खबर गर्नको लागि आग्रह गरेका थिए । उनले एक जुट भएर महिला भित्र पनि अपाङ्गता भएका महिलाहरुमाथि हुने हिंसा अन्त्यको लागि एक जुट हुन आग्रह गरेका थिए ।


 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती