ब्रेलमा प्रश्नपत्र हुने भएपछि दृष्टिविहिन विद्यार्थीमा उत्साह

कृष्ण खनाल
बुटवल, १२ पुस ।
 त्रिवेणी सुस्ता गाविस–३ नवलपरासीका १९ बर्षका राजन मल्लाह अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम मा रहेको शान्ती नमुना उच्च मावि कक्षा ९ का विद्यार्थी हुन ।
विगत ९ बर्ष देखि उनी उक्त उच्च माविमा आवाशियरुपमा अध्यायन गर्र्दै आएका छन् । पुर्णरुपमा दृष्टिविहिन मल्लाहले दजानौ पटक साथीहरुले  पढेर सनाइएको प्रश्नको आधारमा परिक्षा दिदै आए । तर आईतबारको दिनबाट मल्लाहले अव कहिल्यै पनि साथीहरुको परिक्षा दिनको लागि साहारा लिनुपर्ने छैन । कारण हो विद्यालयमा एक गैरसरकारी संस्था रुपन्देही नेत्रहिन पुर्नस्थापना कार्यक्रममा ब्रेलमा नै प्रिन्ट हुने र छामेर अध्ययन गर्न सकिने खालको प्रीन्टर हस्तान्तरण गरेको छ ।
मल्लाह भन्छन्–‘कयौ परिक्षा साथीहरुले पढेर सुनाएको आधारमा दिए, कयौ पटक साथीहरुले समेत प्रश्न स्पष्ट रुपमा पढ्न नजानेको कारण पटक परिक्षा समेत बिग्रीएको छ ।’ आगामी दिनमा विद्यालयले ब्रेलमा नै प्रश्नपत्र र आवश्यक शैक्षिक सामग्री प्रिन्ट गरेर दिने भएपछि उक्त विद्यालयमा अध्यायनरत २९ जना दृष्टिविहिन विद्यार्थीहरु उत्साहित बनेका छन् । उनी थप्छन्–‘पहिला साथीहरु (राईटर ) राखेर परिक्षा दिनुपर्दथ्यो, कतिपय कुराहरु हामीले भनेपनि  साथीले नलेखिदिने गरेको कारण समस्या थियो, अव त्यस्तो नाहोला भन्ने लागेको छ ।’
उनी जस्तै सोही विद्यालयकामा कक्षा ८ मा अध्यायनरत गुल्मी जिल्लाको हस्तीचौर गाविस वडा नम्बर ३ का १६ बर्षिय विद्यार्थी दृष्टिविहिन पवन खत्रीको पिडा पनि उस्तै थियो । आफुले जानेको र सिकेको कुरा लेख्न नपाउदा उनको कयौ पटक परिक्षा   समेत बिग्रीएको छ । उनी भन्छन्–‘अव प्रश्नपत्र आफ्नै हातले छामेर पढेर अध्यायन गर्दा सहज होला भन्ने अपेक्षा लिएको छु ।’ उनले शिक्षकले भनेको कुराहरु  प्नि जर्जसफ्वेर(दृष्टिविहिनरुले कम्प्युटर चलाउने) बाट कम्प्युटरमा टाईप गरी छामेर अध्यायन गर्नको  लागि समेत सहज हुनेमा उनको धारणा रहेको छ ।  कक्षा ७ की सरिता बानिया  पनि  खुसी छिन् । पुणरुपमा दृष्टिविहिन उनी पहिला धेरै अफ्ठारो हुन्थ्यो । तर अव कम्प्युटरबाट प्रिन्ट भएका कुराहरु छामेर पढ्ना पाउदा अव भविश्यमा पनि केही गर्छुकी जस्तो लागिको प्रतिक्रिया दिईन् ।
उता, नेपाल नेत्रहिन पुर्नस्थापना कार्यक्रममा केन्द्रीय निर्देशक अमृत राईका अनुसार नेपालमा दृष्टिविहिन विद्यार्थीहरुले अध्यायन गर्ने विद्यालयहरु ७८ वटा रहेका छन् । त्यस मध्ये जम्मा ८ वटा विद्यालयमा मात्र यस्तो प्रकारको ब्रेल प्रिन्टर रहेको छ ।  ल्यब्रोटरी स्कुल काठमाण्डौ, नमुना मच्छिन्द्र, चितवन, पोखरा, धरान र  दाङ्गको विद्यालयमा यस्तो प्रकारको प्रीन्टररहेको छ । रुपन्देहीको एक  मात्र शान्ती नमुना उच्च मावि मणिग्रामा आईतबारबाट यस्तो प्रकारको प्रीन्टर प्रयोगमा आएको हो । सहज रुपमा नपाईने उक्त प्रीन्टरको लागि ५ लाख रुपैया रहेको छ । निर्देश राईले ब्रेल प्रिन्टरको माध्यममबाट दृष्टिविहिन  विद्यार्थीहरुले  सहज रुपमा शिक्षकहरुले भनेका कुराहरु कम्प्युटरमा टाईप  गरि प्रीन्ट गरेर छामेर अध्ययन गर्न सक्नेछन् ।
प्राविधिक तथा नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य खोमराज शर्माका  अनुसार प्रीन्ट
भएका कुनै पनि सामग्रीहरु लाई सफ्वेरको माध्यमबाट स्क्यान गरी दृष्टिविहिनहरुले सुनेर समेत अध्यायन गर्न सक्दछन् यसको अवला बे्रलमा प्रीन्टगर्ने मेसिनको प्रयोगबाट दृष्टिविहिनहरुले धेरै लाभ लिन सक्छन् ।
यता, विद्यालयका प्रचार्य घनश्याम ज्ञवालीले विशेष क्षमता भएका बालबालिकाहरुको सम्बोधनाका केन्द्रस्तरबाट पनि यस्तो प्रकारको कार्यक्रम सरकारी तवरबाट हुनुपर्ने बताउछन् । अझै पनि विशेष शिक्षा, माध्यमिक शिक्षा र उच्च मावि शिक्षा हासिल गर्नको लागि दृष्टिविहिनरुले प्रयाप्त मात्रामा अवसर नभएको बताउछन् । उनले विशेष क्षमता भएका बालबालिकाहरुको क्षमता अभिवृद्धिको लागि राज्यस्तरबाट अधिकतम् लागनी हुनुपर्ने बताउछन् ।
उता, जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जस्तो सुकै अपाङ्गता भएका व्याक्तिहरुलाई अनुकुल  वातावरण सृजना गर्न सकेमा उनीहरुको प्रतिभा प्रस्फुटनको  लागि सहज हुने बताए । उनले विद्यालयले स्थानिय स्तरमा योजना बनाई स्थानिय निकाय सम्म ढोका ढक्ढकाउननु पर्ने बताउछन् । उनी भन्छन्–‘हामी आफ्नो ढंकबाट लाग्छौ, तपाईहरुपनि स्थानिय स्तरबाट गाविस, नगरपालिका, वडाहरुमा यस्तो सामग्री चाहियो भनेर वकालत गर्नुस्, पहल गर्नको लागि म तयार छु ।’ उनले थपे–‘केन्द्रबाट सम्लाईबेस कार्यक्रम भन्दा, डिमान्ड बेस सप्लाई कार्यक्रममा जोड दिनुपर्दछ  ।’ उनले रुपन्देही नेत्रहिन पुर्नस्थान कार्यक्रमले यस  जिल्लामा दृष्टिविहिन बालबालिकाहरुको शिक्षाको लागि पु¥याएको योगदान उदाहरणीय रहेको बताएका थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती