किसानको अर्गानिक तरकारी दैलाबाटै खोसाखोस

कृष्ण खनाल
बुटवल, ५ पुस । 
रुपन्देहीको देवदह नगरपालिका–१० भलुहिका किसान अमर लामिछाने र छेत्रबहादुर क्षेत्रीले अर्गानिक खेती गर्न थालेको केही बर्ष भएको छ ।  संयुक्त रुपमा कहिलैपनि विदेश नजाने कसम खाएका लामिछाने र कतारमा करिव ६ बर्ष सम्म पसिना बगाएर नेपाल फर्किएका क्षेत्रीय संयुक्त रुपमा लिजमा जग्गा लिएर अर्गानिक तरकारी खेती गरेका हुन ।  अहिले  उनीहरुले करिव १ विगाहा क्षेत्रफलमा टमाटर, आलु, लसुन, बन्दाभोभी लगायतका विभिन्न  जातका तरकारी खेतीगरिरहेका छन्
 । पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएका उनीहरुलाई बजारको कुनै पनि चिन्ता छैन । ‘मेरो बजार भनेको यहि भुलुहि भन्दा बाहिर जान्न’ अर्गानिक  तरकारी खेतीका सञ्चालक किसान अमर लामिछाने भने । उनले थपे–‘हामीले पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्दैै आएका छौ, यहिबाट नै  तरकारी खोसाखोस हुन्छ ।’  आईतबार तरकारी उत्पादन गरिएको खेतमा उनले हल्का खैरो भएको टमाटर देखाउदै भने–‘हेर्नुस् यो खैरो भएको टमाटरपनि खोसाखोस छ केही समयमा नै उपभोक्ता यहि खेतमा आएर किनेर लैजानन्छन् ।’
अर्का सञ्चालल क्षेत्र बहादुर क्षेत्रीले करिव ६ बर्ष सम्म विदेशी भुमिमा पसिना बगाएर नेपालमा नै स्वदेशमा केही गर्नुपर्छ भन्ने भावनाका साथ तरकारी खेती सुरु गरिएको बताए । उनले भने–‘यहा भन्दा पनि बढि विदेशमा कमाई होला तर स्वदेशको सुद्ध हावापानी र पूर्ण अर्गानिक तरकारी खानुको मज्जा नै बेग्लै छ ।’
करिव ३ लाख रुपैया लगानीमा तरकारी खेती गरेका उनीहरुले हहिले दैनिक रुपमा १५ सय रुपैयाँ आम्दानी गर्दछ । जिल्ला कृर्षि विकास कार्यालयबाट समेत विउ, मलखादमा अनुदान भएका उनीहरुले अवको योजना भनेको खेतीलाई अझ विस्तार गरी पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्ने योजना रहेको छ ।  २ वटा टनेलबाट ८ क्विन्टल टमाटार उत्पादन हुन्छ भने जसबाट  एक सिजनमा करिव ३० हजार रुपैया आम्दानी हुने  गरेको छ भने बर्षिक रुपमा एक विगाहा क्षेत्रफलको ४० हजार रुपैया भाडा बुझाउदै आएका छन् । 
उनीजस्तै रुपन्देहीको देवदह गाविस –९का ४४ बर्षिय तुलाराम पाण्डेले १६ बर्ष भारतमा दिल्लीमा होटलमा काम गरि अहिले आफ्नै खेत करिव ५ कठ्ठामा अर्गानिक खेती गर्र्दै आएका छन् । अहिले उनको खेतमा टमाटर, सिमी, आलु लगायतका तरकारीहरु लटरम्म फलेका छन् । एक बर्षमा करिव ३० देखि ४० हजार रुपैया लगानी गरेमा करिव २ देखि ढाई लाख रुपैया आम्दानी गर्दछन् । खर्च कटाएर करिव  १ देखि ढेड लाख सम्मको आम्दानी गर्ने गरेको उनले बताए । पाण्डेले भने–‘सधैभरी अर्काको देशमा के गुलाम बन्ने, आफ्नै देशमा केही गरौ भनेर यो खेतीको सुरुवात गरेको हुँ ।’ उनले तरकारीको बजार प्रर्वद्धनको लागि कुनै अभाव नभएको भन्दै भने–‘घरबाट नै व्यवसायीहरुले लैजाने गरेका छन् ।’ सरकारी निकायबाट विउ विजनको लागि अनुदान पाएको उनको भनाई रहेको छ । तरकारीमा रोग किरा लाग्ने गरेको कारण अर्गानिक विषादीको अभाव भएको कारण अर्गानिक विषादीको अभावको कारण तरकारीको उत्पादानको लागि कायौ पटक मिहिनेत खेरा गएको बताए । 
उता, रुपन्देहीको अर्गानिक तरकारी खेतीको लागि पकेट एरियाको रुपमा रहेको देवदह गाविस ९ को सरङ्गटारीका  किसानले ४० हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । बर्सातको क्षेत्रमा धान खेती गने किसानहरुले हिउदको समयमा सबैले तरकारी खेती गर्दैै आएका छन् । सरङ्गकाली कृर्षि सहकारी संस्था समेत गठन गरि त्यहाका कृषकहरुले रुपन्देहीमै नमुना अर्गानिक खेती गरिरहेका छन् । संस्थाका अध्यक्ष मान बहादुर गाहाले ८४ घर सहकारीमा आवद्ध भएको जानकारी दिए ।  उनले पकेट एरियामा ५० घरधुरी रहेको र सबै किसानहरुले अर्गानिक खेती गरेको  जानकारी दिए । ५८ जना कृषकहरु सहकारीमा आवद्व भएको जानकारी दिदै अध्यक्ष मान बहादुर गाहाले भने–‘हामीले तरकारी बेच्नको लागि बजार नै जानुपर्दैन, यहिबाट नै किसानहरुले लैजाने गर्दछन् ।’
उक्त स्थानमा  बुटवलबाट व्यवसायीहरु गएर किसानको घरघरबाट नै तरकारी उठाउने गरेको छन् । किसानको दैलो दैलोबाट नै तरकारी उठाउने गरेको उनको भनाई रहेको छ । पानीको सुविधा भएकोले कारण त्यहाका किसानहरुले ६४ सालमा कृषी समुह स्थाना गरि ०६५ सालमा  दर्ताभएको हो । वि.स.२०६५ सालबाट पूर्ण रुपमा अर्गानिक खेती सुरु गरिएको  किसानहरु बताउछन् । हिउदको समयमा पानीको मात्रा कमी हुने गरेको कारणले केही समस्या  हुने गरेको किसानको  गुनासो रहेको छ । यसको साथै अर्गानिक विषादीको पनि अभाव रहेको बताए । असुरो, निम, बकाईनो जस्ता अर्गानिक विसादी प्रयोग गर्नको लागि प्रयोग हुने कच्चा पर्दाथको अभाव भएको उनको भनाई रहेको छ । 
किसानहरुले आफ्नो आफ्नो जग्गाको स्थानमा करिव १० हजार देखि ४० हजार रुपैया सम्म खर्च गरी सिंचाहीको लागि कुलो समेत निर्माण गरेका छन् । 
बार्षिक रुपमा किसानहरुले करिव  १ करोड १६ लाख रुपैया जतीको तरकारी विक्री गर्ने गरेका छन् । यो ६ महिनाको अवधिमा मात्र हो । किसानहरुले सिमी, तरुल, विडालु, गोभि, लसुन, प्याज, साग लगायतका सम्पूर्ण तरकारी को खेती गर्ने गरेका छन् । किसानहरुले यसको लागि आफ्नो एरिया अनुसारको लगानी गर्ने गरेका छन् ।
सिमी लाई किसानहरुले प्रति धार्नी (२.५० किलो)को  ८७ रुपैया देखि १ सय ४० सम्ममा विक्रि गर्दै आएका छन् । अहिले किसानहरुले २० रुपैया प्रतिकेजीमा टमाटर विक्रि गर्ने गरेका छन् । 
उक्त स्थानका ७६ बर्षीय दलबहादुर रेस्मीमगर पनि अर्कानिक तरकारी खेती गर्ने  गरेका छन् । करिव ८ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका उनी भन्छन्–‘विसादी हाल्नु हुँदैन, लामो समय बाच्नको लागि पनि विसानी नभएको तरकारी खानु पर्छ के ।’
उता, जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले सरङ्गटारी मा ५० हेक्टर करिव ७५ विगाहा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिएको जानकारी दिदै यस स्थानले पहिचान समेत दिएको जानकारी  दिए । स्वथकर, पुर्ण रुपमा अर्गानिक खेती गरिएको कारण जिल्ला कृर्षी विकास कार्यालले साना सिंचाईंको कार्यक्रम, विउमा अनुदान, अर्गानिक मल, जैविक विसादीमा अनुदान दिएको जानकारी दिए । बरिष्ठ कृर्षी विकास अधिकृत अधिकारीले भने–‘जिल्ला कृषी विकास कार्यालयले विशेष क्षेत्रको रुपमा सहयोग  गरेको जानकारी दिए । ’




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती