जोखिममा लुम्बिनी अञ्चलको सडक सञ्जाल

कृष्ण खनाल
बुटवल, १ पुस । 
–जिल्ला प्रविधिक कार्यालय पाल्पाका अनुसार १ सय ४२ वटा सडकमा ८ करोड १० लाख रुपैया“  खर्च गरिएको छ । सोही बर्षमा  ६० लाख रुपैया“ पुल निमार्णका लागि खर्च गरिएको छ । पछिल्लो तथ्यांक अनुसार जिल्लामा कुल २ हजार २ सय किलोमिटर सडक खनिएको छ । तर बर्षभरी नै  गाडी चल्ने बाटो जम्मा ७१ किलोमिटर मात्र छ । 
लुम्बिनी अञ्चलको सबै गाविसहरुमा सडक सञ्जालले जोडिएको जिल्ला हो अर्घाखाँची ।  जुन जिल्लामा करिव १८ सय किलोमिटर सडक खनिएको छ । ६८ किलोमिटर पक्की बाहेक बर्सातको समयमा पक्की बटो बाहेक अन्य बाटोमा गाडी गुड्न सक्दैनन् 
 – लुम्बिनी अञ्चलको तराईको जिल्ला नवलपरासीमा ६९ वटा गाविस र ६ नगरपालिका रहेका छन् । जिल्लामा अहिले सम्मा  २ सय २६ किलोमिटर कालेपत्रो गरेको सडक रहेको छ । जसमा मुख्य राजमार्गले करिव १ सय किलोमिटर ढाकेको छ । तराईको जिल्ला भएपनि ५० प्रतिशत सडकमा  बर्ष भर गाडी  गुड्छन् । अन्यसडकमा बर्सातको समयमा गाडी गुड्न संभव छैन । 
–प्रमुख व्यापारीक नगरबुटवल भएको रुपन्देही जिल्लामा जिल्ला विकास समिति, नगरपालिका र सडक विभाले बाटो निर्माण गर्ने काम गर्दछन् । पछिल्लो तथ्यांक अनुसार रुपन्देही जिल्लामा जिल्ला विकास र नगरपालिकाले ग्राभेल कच्ची सडक गरी कुल  १ हजार किलोमिटर सडक निर्माण  गरेका छन् । भने सडक विभाग करिव ४ सय किलोमिटर पक्की सडक निर्माण गरेको छ । 
– गुल्मीजिल्लामा अहिले सम्म करिव १२ सय किलोमिटर सड निर्माण गरिएको छ । एउटा नगरपालिका र ७५ वटा गाविसहरु रहेको उक्त जिल्लामा पक्की सडक मात्र ५०  किलोमिटर, ग्राभेल करिव ५० किलोमिटर मात्र रहेको छ । 
–लुम्बिनी अञ्चलको तराईको जिल्ला कपिलवस्तुमा  कुल २६६ किलोमिटर पक्की सडक रहेको छ । हजारौ किलोमिटर सडक खनिएपनि आधा सडक पनि ग्राभेल वा पक्की हुन सकेको छैन । 

यहा, उल्लेख गरिएको लुम्बिनी अञ्चलका, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु र रुपन्देही जिल्लामा रहेको सडक सञ्जालको नमुना मात्र हो । पहाडी जिल्लाहरुमा जिल्ला प्राविधिक कार्यालय र जिल्ला विकास समितिको अनुमती विना नै गाउ गाउमा उपभोक्ता समिति निर्माण गरि सडक खन्ने प्रवृत्ती रहेको छ भने तराईका जिल्लाहरुमा गुरुयोजना विना नै खनिएका साँगुरा सडकको कारण जोखिम बढ्दो छ ।  लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घखाँची जिल्लामा  अनुमती विना जिल्ला विकास समितिले र गाविसबाट उपभोक्ता समिति निर्माण गरी सडक निर्माण गर्ने होड नै चलेको देखिन्छ । 
जिल्ला प्राविधिक कार्यालय पाल्पाका एक ईन्जीनियरका अनुसार पाल्पा जिल्लामा १ हजार किलोमिटर राम्रो सडक भए पुग्छ । तर उक्त जिल्लामा तर आवश्यक नै नभएको स्थानमा गाउ“लेहरु हठले र नेताहरुले भोट तान्नको लागि धमाधाम सडक खनिरहेका छन् ।  पाल्पा जिल्लामा १ सय २१ वटा ग्रामिण  सडक मात्र रहेका छन । ति ग्रामिण सडकको लम्बाई लम्वाई ७ सय २४ किलोमिटर  ६ मिटर रहेको छ । अहिले सम्म जिल्लाको सडकमा अरबौ रुपैया“ खर्च गरिएको छ । अघिल्लो आर्थिक बर्Èमा मात्र १ सय ४२ वटा सडकको लागि ७ करोड ५० लाख रुपैया खर्च गरिएको थियो । यस बर्ष पनि सोही अनुपातमा सडक खन्ने क्रम रोकिएको छैन । 
आफुखुी सडक खनिएको कारण जिल्ला प्राविधिक कार्यालय पाल्पाले मस्याम गाविसको चरचरे देखि कोलडा“डा गाविस भवन सम्म पुग्नेको लागि ९ किलोमिटर बाटो । मस्याम गाविस–४ को जोरधारदेखि पाताल गाउ“ जोड्ने  मात्र ३ किलोमिटर बाटोलाई अनमती नै दिएको छैन । उक्त सडक विच  स्थान जंगलको विचमा गएर टुंगीएको छ । 
एक तथ्यांक अनुसार पाल्पा जिल्लामा आथिर्क बर्È ०६५÷०६६ मा १ सय ३० वटा सडक खनिएको थियो जसमा १६ करोड ३७ लाख ६६ हजार रुपैया“ खर्च भएको थियो । त्यस्तै आथिर्क बर्È ०६६ ÷०६७ मा १ सय १९ वटा सडक खनिएको थियो जसमा ४ करोड ३१ लख १९ हजार रुपैया“ खर्च गरिएको ।  आथिर्क बर्È ०६७ ÷०६८ मा १ सय ४२ वटा सडक खन्नको लागि ५ करोड ९३ लाख २८ हजार रुपैया र आथिर्क बर्È २०६८ ०६९ मा १ सय ९ वटा सडक खन्नको लागि १९ करोड ७४ लाख रुपैया“ खर्च गरिएको छ । त्यस्तै आथिर्क बर्È ०६९ ÷ ०७० मा गरिव २६ करोड रुपैया“ सडकमा खर्च भएको छ । 
उता पाल्पा जिल्ला ले  पाँच बर्र्षे गुरुयोजना निर्माण गरी सबै गाविस कार्यालयमा स्तरिय  बाटो पु¥याउने लक्ष्य लिएको छ । उक्त गुरुयोजनाको लागि १ अर्ब ५५ करोड रुपैया“ प्रस्तावित गरिएको छ भने ३८ वटा सडकहरु गुरुयोजना अनुसार रहेका छन् ।  त्यस योजनाका ६ वटा सडक ५ वर्È भित्र कालोपत्रे गर्ने बा“की ३२ वटा सडकमा ग्राभेल गर्ने लक्ष्य लिएको छ । 
अर्घाखाची जिल्लाको हालतपनि उस्तै छ । ३५ वटा गाविस र एउटा नगरपालिका रहेको जिल्ला नेपालमै एक मात्र सबै गाविसमा सडकबाटो निर्माण भएको जिल्ला हो । तर उक्त जिल्लाको राजमार्गबाहेका अन्य स्थानमा भने बर्सातको बेला गाडी नै गुड्दैनन् । विगतका बर्षहरुमा महिनौ दिन सम्म पनि हिलाम्मे सडको कारण कायौ सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । जिल्ला विकास समिति र स्थानिय रुपमा गाउ विकास समितिबाट विनियोजना हुने बजेट सक्नको लागि पछिल्लो समयमा उक्त जिल्लामा डोजर लगाएर बाटो निर्माण गर्ने कार्य तिब्र रुपमा अगाडी बढ्ने गरेको छ । 
आवश्यक नै नभएको स्थानमा नेताहरुको पायकको लागि भौगोलीक जोखिमता र पर्यावरणलाई नै ख्याल नै नगरी सडकहरु निर्माण भईरहेका छन् ।आरएआईडीपी परियोजनाअन्तर्गत जिल्लाभर करीब ५० किलोमिटर सडक ग्राभेल गरिएको छ । जिल्ला विकास  समितिले चालु आर्थिक बर्षमा सडकको लागि १ करोड २० लाख रकम विनियोजन विनियोजन गरेको छ । 
अहिले सम्म ३५ गाउ विकास  समिति र एउटा नगरपालिका रहेको जिल्लामा करिव १८  सय  किलोमिटर सडक निर्माण भएको छ । ६८ किलोमिटर पक्की सडक निर्माण भएको  छ भने नगरपालिका भित्र पक्की सडक निर्माणको कार्य जारी रहेको छ । गाउमा  मात्र २ किलोटिर पक्की गरिएको छ । 
नवपरासी जिल्लामा प्रत्येक बर्ष  जिल्ला विकास समितिको कुल बजेटको ५० प्रतिशत बजेट सडक निर्माणको लागि खर्च गर्ने गरेको छ । ६९ गाविस र  ६ नगरपालिका रहेको नवलपरासी िजिल्लामा २ सय २६ किलोमिटर  सडक कालेपत्रो भएको छ भने ९ सय ६४ किलोमिटर सडक कच्ची सडक रहेको छ भने धुले ५ सय ९४  किलोमिटर रहेको छ । पक्कि सडक मध्ये  १ सय किलोमिटर सडक मुख्य राजमार्गले ओगटेको छ । एक तथ्यांक अनुसार नवलपरासी जिल्लाको करिव ५० प्रतिशत सडकमामात्र गाडी १२ महिना गुड्छन् । १ हजार ८ सय ४३ किलोमिटर ससडक रहेको नवलपरासी जिल्लाकोभित्री सडकहरु अतिक्रमण भई सागुरा र हिले सडक सडक रहेका छन्  जसको कारण सडकमा यात्रा गर्ने मानिसहरुले उच्च   जोखिम मोलेर यात्रा गर्नुपर्दछ । 
रुपन्देही जिल्लामा पनि अवस्था उस्तै छ । जिल्ला विकास समिति रुपन्देही र विभिन्न नगरपालिकाहरुले सडक निर्माणको कार्य गर्दै आएका छन् । जिल्ला विकास समिति र नगरपालिकाले अहिले सम्म जिल्लामा ग्राभेल, कच्ची र पक्की(कालोपत्रे) सडक करिव १ हजार किलोमिटर मात्र निर्माण गरेका छन् भने सडक विभाग ४ सय किलोमिटर पक्की  सडक निर्माण कार्य कतै पुरा गरेको छ भने कतै जारी राखेको छ । 
गुल्मी जिल्लामा पनि सडक यातायात पहुच पुगेपनि भरपर्दो सडकको संख्या ज्यादै न्युन रहेको छ । एउटा नगरपालिका र ३५ वटा गाउ विकास समिति रहेको गुल्मी जिल्लामा १२ सय किलोमिटर सडक निर्माण भएको छ । जसमा करिव ५० किलोमिटर मात्र सडक पक्की छ भने अन्य करिव ५० किलोमिटर सडक ग्राभेल गरिएको छ । 
अन्य सबै सडकमा भने बर्सभरी नै सवारी साधन गुड्ने अवस्था छैन । प्राकृतीक प्रकोप, पहिरोको उच्च जोखिममा रहेको गुल्मी जिल्लामा पनि कयौ सडक अनुमती विना नै  खनिएको छ । जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयको अनुमती विन  नै खनिएका सडकमा यातायात सञ्चालनको  लागि स्वीकृती नैदिएको छैन ।तर यातायात व्यवसायीहरुले जोखिम मोलेर यातायातको साधानहरु सञ्चालन गरिरहेका छन् । 
पश्चिम सडक डिभिजन कार्यालय ५ नम्बर कपिलवस्तुका अनुसार जिल्लामा कुल कालेपत्र गरिएको सडक २६६ किलोमिटर रहेको छ भने अन्य सबै सडक कच्ची र ग्राभेल गरिएका सडक रहेका छन् । बर्सेनी जिल्ला विकास समिति र सडक डिभिजन ले करोडौ रुपैया खार्च गरेर सडक निर्माण गरिरहेको हुन्छ । जिल्लाका कायौ स्थानमा सडक निर्माण गरिएपनि पक्की  हुन सकेका छैन भने निर्माण भएका सडकहरुको बेलैमा मर्मत संहार नहुदा उच्च जोखिम मोलेर यात्रा गर्नको लागि  यात्रुहरु बाध्य छन् ।  कपिलवस्तु जिल्लामा कोठी नदीदेखि धानखोलासम्म पूर्वपश्चिम लोकमार्ग ५१ किलोमिटर कालोपत्रे गरिएको छ । त्यस्तै जीतपुर–खुनुवा सडकखण्ड ३३ किलोमिटर, तौलिहवा–लुम्बिनी सडकखण् १८ किलोमिटर, चन्द्रौटा–कृष्णनगर सडकखण्ड २० किलोमिटर, कृष्णनगर–शिवगढी आरटीओ रोड २० किलोमिटर ग्राभेल गरिएको छ  र गोरुसिंगे–तौलिहवा सडकखण्ड १३ किलोमिटर ग्राभेल गरिएको छ भने बहादुरगञ्ज–तौलिहवा हुलाकी मार्ग २१ किलोमिटर पनि ग्राभेल गरिएको छ । टिक्कर–बुड्ढी–तौलिहवा सडकखण्ड २२ किलोमिटर भने पक्की गरिएको छ भने अन्य जिल्लाका सबै सडकहरु कच्ची रहेका छन् । जुन सडकहरु साँगुरा हुनुको साथै ग्रेड नमिलेको कारण  जोखिम  मोलेर यातायात सञ्चालन हुने गरेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती