पहाड र तराईमा बराबर बहुप्रदेश बन्नु पर्छः लेखी


राजकुमार लेखी तराई केन्द्रीत राजनितिक दलहरुले एक मधेश प्रदेशको माग उठाउँदा त्यसलाई निष्तेज पार्ने अभियानका एक अभियन्ता थिए । आदिकालदेखि वस्दै आएका थारु जातीको अस्तित्व नै मेट्ने गरी कुनै पनि हालतमा तराईमा एक मधेश प्रदेश वन्न नदिइने बताउने लेखी नेपाल आदिवासी जनजाति महासंघ र थारु कल्याणकारिणी सभाका पूर्वअध्यÔ समेत हुन् ।  पछिल्लो समय मधेशी जनअधिकार फोरम नेपालले फेरि एक मधेश प्रदेशसहीत ९ प्रदेशको खाका अघि सारेको छ तर लेखीले कुनै पनि हालतमा त्यो संभव नहुने जिकिर गर्छन् भने अर्को तर्फ पछिल्लो समयमा जनजाती अगुवा पद्यमरत्न तुलाधारको अगुवाईमा जनजाती आन्दोलन अघि वढाउन खोजिएको प्रति पनि कडा विरोध जनाएका छन् । आदिवासी जनजाती आन्दोलनको नेतृत्व आदिवासी जनजाती महासंघले मात्रै गर्न सक्ने बताउने उनी सिमिति जातलाई मात्रै माथि उठाउन खोज्ने गरी हुने कुनै पनि आन्दोलनले समग्र आदिवासी जनजाती आन्दोलन माथि उठ्न नसक्ने बताउँछन् । प्रदेश निर्माणका सन्दर्भमा सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेका विचमा प्रारम्भिक सहमती भैसकेको अवस्थामा त्यो मान्य नहुने निष्कर्ष निकालेको बुटवलमा सम्पन्न आदिवासी जनजाती अगुवा भेलाको क्रममा बुटव आएका लेखी सँग आदिवासी जनजाती आन्दोलन, संघीय संरचनाको एजेण्डा र  संविधान निमाण प्रक्रियाका सम्वन्धमा आदिवासी जनजातीको धारणा वुझ्न बुटवल कर्मी कृष्ण खनालले कुराकानी गरेका थिए, कुराकानीको सम्पादित अंश  सम्पादक  । 
पद्यमरत्न तुलाधरले नेतृत्व गरेको आदिवासी जनजाती मोर्चाको आन्दोलन प्रति तपाईको धारणा के हो ? 
– मेरो भनाई चाहि के हो भने आदिवासी जनजाती समुदायको अधिकारको लागि लामो समय २४÷२५ बर्ष देखि साझा संघगठन, आवाज उठाउदै आएको प्रतिनिधिमुलक संगठन, आदिवासी जनजाती महासंघ हो ।  व्यक्ति÷व्यक्ति मिलेर टोल–टोलमा, बाटो–बाटोमा खोलिएको व्यक्तिको मोर्चाको हैसियत र आदिवासी जनताजती महासंघको हैसियत एउटै हुनसक्दैन । १०÷२० जना व्याक्तिहरु मिलेर खोलेको मोर्चाको र आदिवासी जनजाती महजासंघको विचमा समान हैसियत हुनै सक्दैन । हामी थारुहरुको साझा संगठन थारु कल्याणकारणी सभा हो र यो देशका देशमा  हिमाल पहाड, तराईका जनजातीहरुको साझा संगठन आदिवासी जनजाती महासंघ हो । 
राजकुमार लेखी 
राजकुमार लेखी 
आदिवासी जनजाती महासंघकै नेतृत्वमा कुनै पनि अभियान, आन्दोलन कुनै पनि साझा दबाबको कार्यक्रम अगाडी बढ्नु पर्छ । त्यसकारण मैले आफ्नो पोजिसन क्लियर गरेको हो । हामी एउटा दलको पछाडी, व्यक्तिको पछाडी  हामी ‘पिछलग्गु’ बन्दैनौ, अहिले गठन गरिएका मोर्चा जस्ता दजर्नौ मोर्चा रहेका छन्, कुनै पनि मोर्चा कुनै पार्टीको पिछलग्गु बनेका छन् । हामी २२ दलको पिछलग्गु किन बन्ने? प्रचण्डको  पिछलग्गु किन बन्ने ? त्यसकरण हामी साझा संगठनमा लागेको हो, हामी साझा संगठनबाट जानु पर्दछ । हामी कसैको ‘पिछलग्गु’ बन्नु हुँदैन । प्रचण्डको, केपी ओलीको वा अरु ५÷१० जना  जनजातीको नेताहरुले बनाएको झुण्डको ‘पिछलग्गु’ बन्दैनौं ।

प्रदेश निर्माणको सन्र्दभमा आदिवासी जनजाती महासंघको धारणचाहि के नि ? 
–म जति बेला सम्म आदिवासी जनजाती महासंघको नेतृत्वमा थिए हाम्रो नेतृत्वमा महासंघले  पटक÷पटक राष्ट्रिय भेला ग¥यो । राष्ट्रिय भेलाले र महाधिवेसनले पहाडमा जती प्रदेशहरु निर्माण हुन्छन् त्यसरी नै तराईमा भुमिमा पनि धेरै प्रदेश बन्नु पर्छ, २२ तराईको जिल्लामा एक भुमि एक प्रदेश हुनुहुदैैन । २२ जिल्लाको एक मधेस एक प्रदेश र एक मधेस एक थरुहट प्रदेश उहि हो, नाम फरक परेपनि एउटै अवधारणा हो यो धारणा राजा महेन्द्रको महेन्द्रबादी धारणा र चिन्तन हो । त्यसकारण तराईमा पनि धेरै वटा प्रदेश बुहुप्रदेश हुनुपर्दछ । तराई र पहाडको जनसंख्या बराबर छ , बराबर प्रदेश बन्नु पर्दछ ।  यदि २० प्रदेश बन्यो भने पहाडमा १० तराईमा १०, यदि १४ प्रदेश बन्यो भने पहाडमा ७ तराईमा ७  प्रदेश बन्नु पर्दछ । अर्थात समान जनसंख्या भएकोले प्रदेश पनि समान  बन्नु पर्दछ । 

राज्य पुनसंरचनाको मोडल कस्तो  हुनुपर्छ ? 
भुगोलको हिसावले हामी नेपालको कुनै पनि भुगोललाई  छुटयाउन सक्दैनौ ।  जस्तो भारत र चीनको  सिमाना छुटै भएपनि भुगोल त जोडिएको छ नी ? त्यस्तै तराईको कुरा गरौ सिराह, सप्तरी, रुपन्देही, नवलपरासी भिन्दा भिन्दै हँुदैमा भुमि टुक्रिएको छैन नी ?  यो हिमाल पहाड तराई नेपालको भुगोल हो, सुविधा हरेकमा फरक हुन्छ । हिमालको मान्छे नेपालगञ्च र भैरहवा आउने सुविधा हुदैन । त्यस्तै तराईको नेपाली  यदि सोलु जानु प¥यो भने त असुविधा हुन्छ त्यसकारण राज्यको पुनसंरचना गर्दा जनता ध्यानलाई राखेर, हिमाल, पहाडको भुगोललाई ध्यानमा राखेर यो राज्य पुर्नसंरचना गर्नुपर्दछ । पुरानो खालको राजा महाजाहरुले बनाएको, पञ्चायतीहरुले बनाएको पुरानो खालको राज्य पुर्नसंचना गर्नुहुदैन । राज्यको संचनाा हिमालको जनता तराईमा र तराईको जनता हिमालमा जानुपर्ने खालको बन्नु हुँदैन । त्यो नगर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो । 

माघ ८ मा संविधान बन्छ त ?
–माघ ८ मा संविधान तब बन्छ पुर्वको घाम पश्चिमबाट उदाउँछ । माघ ८ मा त संभावना नै छैन । संविधान सभाले बनाएको आफ्नो कार्यतालिका बमोजिम गएको ८ महिनामा काम नै भएको छैन । प्रक्रियामै गएको छैन । अनि कसरी संविधान बन्छ ?  यो संविधान सभाले  बनाएको कार्यातालिका बमोजिम नयाँ संविधानको पहिलो मस्यौदा गएको कार्तिक १ गते जनताको विचमा सार्वजनिक गर्नुपर्दथ्यो र जनताको विचामा जानुपर्दथ्यो । त्यो कार्यतालिका अुसार भएन । त्यसकारण ८ मा संविधान बन्नको लागि कार्तिक १ गते नै मस्यौदा आउनु पर्दथ्यो, थुप्रै बैठक हुनुपर्दथ्यो तर त्यो भएन त्यसकारण संविधान बन्दैन । नेताहरु ले नेपाली जनतालाई ढाँटीरहेका छन्, हरेक चिजमा ४ दलको विचमा सहमती भए पनि माघ ८ मा संविधान बन्दैन । किन भने प्रक्रियाले अहिले  ठाउ छोडी सक्यो  । 


अहिलेको संविधान सभा सफल हुने केही संकेत देख्नुभएको छ ? 
– नेपालमा संविधान बन्छ तर मलाई यो संविधान सभाबाट बन्छ भन्नेमा शंका के लागिरहेको छ भने नेपाली जनताले चाहेको संविधान बन्दैन, नेपालको राजनीतिमा यसै हुन्छ भन्ने भन्न सकिदैन । नेपालका प्रमुख राजनीतिक चार दलहरु, काग्रेस, एमाले, एमाओवादी र मधेसवादी राजनीतिक शक्तिको मालिक  एउटै भएपनि यिनिहरु आपसमा जती झगडा  गरे पनि यिनिहरुका मालिकले मिल्यौ भनेपछि  यिनिहरु मिल्छन ्। 
 पहिलो संविधान सभा विघठन भयो भने पनि यि चार जना मिलेर विघठन गर्छन् । संविधान बनाए भने पनि चार वटै मिलेर बनाउँछन् । त्यसकारण के हुन्छ भन्न गाह््रो छ । तर यिनिहरुको षड्यन्त्रमा संविधान बन्न पनि सक्छ , विघठन हुन पनि सक्छ । 

आदिवासी जनतातीहरुको मुद्धामा युरोपियन युनियन लगायत विदेशीको स्वार्थ हुन्छ भन्ने आरोप छ नी,  के  भन्नुहुन्छ?
–आदिवासी जनजाती आन्दोलनमा, मधेसी आन्दोलनमा विभिन्न आन्दोलनममा थुप्रै विदेशी घुसपेठ छ । म ठोकेर भन्छु म नडराईकन भन्छु अन्तराष्ट्रिय घुसपेठ छ । पश्चामाहरु र अन्तराष्ट्रिय शक्तिहरुको पनि घुसपैठ छ । र त्यो घुसपैठ सिंगो आदिवासी जनजातीमाथि दोषारोपण गर्न मिल्दैन । आदिवासी जनजाती  समुदाय प्रति केही व्यक्तिहरु एकाध व्यक्तिहरु त्यसका मतियार छन् । त्यसका मतियार पनि हुन सक्छन् । जसले आदिवासी जनजाती आन्दोलने उठाउन नउठाएको मुद्धाहरु उठाएको पाईन्छ । केही व्यक्तिहरुलाई गोटी बनाएका छन् तर त्यो सिंगो महासंघ उनीहरुको गोटी बन्नुहुँदैन । म महासंघको नेतृत्वमा हुँदा खेरी नै १२ करोड रुपैयाँ लात हानेको हो ।  

अव तपाईको अभियान चाही के हो ? 
–महासंघको अभियान शान्ती र संविधान निर्माणको निम्ती अहिले पनि जारी  रहेको छ । संघीयता नेपाली जनताको हित र धर्मनिरपेक्षता र समानताको निम्ती आदिवासी जनजातीको अभियान , आन्दोलन जारी छ । कुनै पनि जाती समुदायको विरुद्वमा होईन, यो आदिवासी जनजातीको अधिकारको निम्ती हो ।  उनीहरुको अधिकारको लागि हो । कुनै पनि समुदायको अधिकार विस्तापीत गर्न वा खोस्नको लागि नभएर सबै समुदायको अधिकार स्थापित गर्नको लागि  यो अभियान हो । न्यायको निम्ती हो लोकतन्त्रको निम्ती हो । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती