स्वावलम्बी बन्दै ग्रामिण भेगका महिलाहरु

कृष्ण खनाल
बुटवल, १० पुस ।


रुपन्देहीको सैनामैना नगरपालिका (साविक पर्रोहा गाविस) –३ की २४ बर्षिय  अञ्जना राना मागर करिव ३ बर्ष पहिला घरबाट बाहिर नस्कन पनि अफ्ठारो हुन्थ्यो । आम्दानीको बाटो  नदेखि बेरोजगार  बनेकी  उनको समुदायमा मानिसहरु एक आपसमा मिलेर सामुहिक कार्य  गर्न हिच्कीचाउथे ।
रानामगरलाई अन्य समुहका आमा समुहको पोसाक लगाएर बाटोमा हिडेको कार्यक्रममा गएको देख्दा लाग्थ्यो ति महिलाहरु ठुलै मानिसहरु हुनकी क्या हो । एक दुई रुपैयाको लागि पनि श्रीमान्कै भर पर्नुपर्ने बाध्याता थियो उनलाई । तर पछिल्लो समयमा सैनामैना  नगरपालिकाका १४ सय ४० घरपरिवारका १७ सय २८ जना महिलाहरु आफै स्वाबलम्बी बनेका छन् । कसैले सामुहिक रुपमा धान खेती, कसैले तरकारी खेती, त कसैले बाख्रा पालन, कुख्रा पालन, भैसी पालन गरी मनग्य आम्दानी गरेका छन् ।
अञ्जना रानामगर भन्छीन्–“ पहिला १÷२ रुपैयाको लागि पनि श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो , तर अहिले त्यस्तो छैन ।’ जागृती  आमा समुहमा आवद्व रहेकी उनले  होली, तिहार र कुनै गाउमा विदेशबाट मानिस आउदा, विवाह तथा अन्य उत्सवमा पनि सास्कृतीक कार्यक्रम आयोजना गरी हजारौ रुपैया आम्दानी गरिरहेका छन् ।
सोही समुहीका रमा नेपाली बुँगुर पालेर बार्षिक ९२ हजार रुपैया, भैसीको दुध बेचेर २३ हजार ५ सय, खुकुरा बेचेर ३६ हजार ५ सय रुपैया आम्दानी गरेकी छिन् । उनहरुलाई स्वालम्बी बनाउनको लागि सामुदायिक कल्याण कार्यक्रमम (सिओडब्लुइपी) रुपन्देहीको आयोजनामा हेफर इन्टरनेशनल नेपाल र जिल्ला वियकास समिति  तथा सैनामैना नगरपालिकाको सहयोगमा सञ्चालित विभिन्न उद्यममशिलता कार्यक्रमले परिर्वतन ल्याएको हो ।  उनी जस्तै सोही आमा समुहकी विना रानाले सुधारिएको चुलो निर्माण तालिम लिएर चुलो निर्माण गरि विक्रि गरेर ३७ हजार रुपैया आम्दानी गरेकी छिन् ।
अरवत्ती बनाउने, मैन बत्ती बनाउने लगायतका तालिमहरु सिकेर ‘भोकालाई एक छाक होइन, जिउने जुक्ति देउ भन्ने’ नाराका सुरु गरिएको  परियोजनाले त्यहाका महिलाहरुलाई १० वटा समूहमा संगठित गरी १ हजार ७ सय २८ घरधुरीका विभिन्न आर्य आर्जनमूलक कार्यमा लागिरहेका छन् ।
उक्त परियोजनाआएपछि लक्ष्मी आमा समुहकी अध्यक्ष सुमित्रा घिमिरेको दैनिक जिवनचर्यामा पनि परिर्वतन आएको छ । आफ्नो नाम लेख्न, आफ्नो समस्या बताउन तथा समुहमा अन्य महिलालाई समेत लिडरसिप गरी अगाडी बढाउन सक्ने भएकि छिन् । उनी भन्छन्–‘हामी समुहमा आवद्व भएर रामै्र आम्दानी गरेका छौ ।’
जयदुर्गा आमा समुह सैनामैनी ४ की समुहमा आवद्व हुनको लागि १० रुपैया बचत  गर्नको लागि समेत समस्या थियो । श्रीमानसंग हात फैलाएर उनले  माग्नु पर्दथ्यो, तर पछिल्लो समयमा कुनै समस्या छैन ।विभिन्न उद्यमशिलता तालिम प्राप्त गरि उनी अहिले आफै स्वालम्बी बनेकी छिन् । उनी भन्छीन्–‘अहिले १०÷२० हजार रुपैयाको लागि कुनै अफ्ठारो छै न । ’
उनीहरु जस्तै  लक्ष्मी आमा  समुहकी दिलमाया चौधरी, नवयुग आमा समुहकी नर्मदा चौधरी, जयदुर्गा आमा समुही सुखनी चौधरी, गंगा मल्ला  लगायतमा आमाहरु केही प्रतिनिधिपात्रहरु मात्र हुन ।  उनीहरु पछिल्लो समयमा स्वाबलम्बन बनेका छन् ।

हेफरले त्यहा सन् २०१२ मार्चदेखि परियोजना सरु गरेको थियो । परियोजनामार्फत हेफरको बाख्रा र दूधको उत्पादन वृद्धिको  लक्ष्य लिएको छ ।
कार्यक्रम संयोजक  संयोजक चित्र गौतमले बढदो मासु आयातलाई बिस्थापित गर्ने र दूधको उत्पादन १० प्रतिशतले बढाउने रहेको बताउदै परियोजनाको लक्ष्यतर्फ गएको  बताउछन् । उनका अनसार परियोजनाको लागि होफर ईन्टरनेशनल नेपालबाट १ करोड ४२ लाख ९८ हजार ८० रुपैया, जिल्ला विकास समिति रुपन्देहीबाट १४ लाख ९५ हजार ५ सय रुपैया, पर्रोहा गाविसबाट १५ लाख स्थानियय जनताबाट २४ लाख (जुन बचत रकम हो) गरी कुल  २ करोड २४ लाख ४२ हजार ५ सय ८० रुपैयाको सहयोग रहेको छ ।
उक्त परियोजनाबाट १० वटा मुल आमा समुह निर्माण गरिएको छ भने २ सय २८ जना माहिलाहरु समावेश रहेका छन् ।  ददीबहिनी समुह अर्थात उप समुह ६० वटा समुह निर्माण गरिएको छ । त्यस्तै उपसमुहमा १ सय ४० जना महिलाहरु आवद्ध रहेका छन् भने कुल १७ सय २८ जना महिलाहरु परियोजनाबाट लाभांवित भएका छन् ।
  उक्त परियोजनाबाट ३ यस ९ बाख्राकोलागि प्रति बाख्रा ४५ सय रुपैया, ११ वटा बोकोको लागि १५ हजार प्रतिबोका, ४९ वटा भैसीको लागि प्रतिभैसी ३५ हजार रुपैया, ३१ घर मौरीको लागि प्रतिघार ४५ सय रुपैया, ५ सय ८० परेवाको   लागि प्रतिपरेवा १ सय रुपैया, ५० वटा हासको लागि प्रतिहास ५ सय रुपैया , एक वटा मुल राँगाको लािग १२ हजार रुपैया, २६ सय बा्रोईलर खुकुराको लागि प्रति कुखुरा ८० रुपैया, ३ सय ५७ वटा गिरिराज कोईलर कुखुराको लागि ३० सय प्रति कुखुरा खर्च गरिएको परियोजना कार्यक्रम संयोजक चित्र चित्र गौतमले जानकारी दिए ।
त्यस्तै सोही परियोजना अन्र्तगत ६ जना परिवारको लागि टेलरिङ्ग मेसिनको लागि प्रति परिवार १ हजार रुपैया, बेसार खेतीको लागि २ समुहको लागि प्रति  समुह ३ सय ५५ किलो, खोर व्यवस्थापनको लागि १ सय ६७ परिवारको लागि २ हजार रुपैया, सुधारिएको चोलको लािग २२८ परिवारको लागि प्रति परिवार ५ सय रुपैया, भेटेनरि मेडिसीनको लागि ३ परिवारको लागि ३० हजार रुपैैया प्रति परिवार माछा खेतीकोे लागि ५ परिवारको  लागि ३० हजार प्रतिपरिवार, व्यवसायीक तरकारी खेतीको लागि ३० परिवारको लागि २० हजार प्रति परिवार, तरकारी विउको लागि १७ सय २८ परिवारको लागि ४ सय रुपैया प्रति परिवार, डालेघासको लागि १७ सय २८ परिवारको लागि ४ सय रुपैया प्रतिपरिवार सहयोग गरिएको छ ।

उता, रुपन्देही जिल्लाका जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गान्धीराज उपाध्यायले  व्यवसायमुखी परियोजनालाई सहयोग गर्न पशु सेवा कार्यालय सधै तयार रहेको बताउछन् । उनले महिलाहरुलाई निर्वाहमूखी भन्दा व्यवसायिक कृÈि र पशुपालनमा लाग्नको लागि आग्रह गरे ।

तस्वीरः पर्रोहाको बक्सर डाँडामा महिलाहरुद्वारा गरिएको तरकारी खेती तस्वीरःकृष्ण खनाल/बुटवल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती