एका विहानै सरकारी कार्यालय खुल्ने

कृष्ण खनाल
बुटवल, २९ मंसिर । तपाईं विगतको दिनहरुमा यातायात व्यवस्था कार्यालयमा राजश्व बुझाउन, गाँडी जाँच पास गर्न या लाईसेन्स रिन्यु गर्नको लागि  घण्टौ लाईन बस्नु परेको छ । या, मालपोत कार्यालयमा तिरो(राजश्व) बुझाउन, जग्गा रजिष्ट्रेसन गर्न(जग्गा पास) गर्न वा जग्गा नामसारी गर्नको लागि घण्टौ लाईनमा बस्दा समेत पालो नआएर अर्को दिन समेत  कार्यालय जानु पर्ने बाध्यता पो थियो की  । आज अर्थात पुस १ गेतबाट तपाईले लाईन लाउनु  पर्ने वा  सरकारी कार्यालयमा काम नभएर त्यतिकै फकर्नुपर्ने बाध्यता आउने छैन ।  तर त्यसको लागि तपाई समय व्यवस्थापन गरी एका विहानै सरकारी कार्यालय जानु पर्ने छ । 
नेपाल सरकारले  सेवा ग्राहीहरुको बढि चाँप हुने सरकारी निकायहरु, मालपोत कार्यालय, जिल्ला प्रसाससन कार्यालय, नापी  कार्यालय र यातायाता व्यवस्था कार्यालय एकाविहानै आर्थत ६ बजे देखि सझा ६ बजे सम्म सञ्चालन गर्ने निती अनुसार आज बाट  नापी, यातायात, जिल्ला प्रशासन कार्यालय विहान ६ बजेबाट नै सञ्चालनमा आउने छन् । 
जिल्ला प्रशासन कार्यालयको राहदानी र नागरित्ता फाँट विहान देखि नै खुल्ने छ भने अन्य मालपोत, नापी र यातायात व्यवस्था कार्यालय मातहातको मन्त्रालयबाट आउने  निर्देशन  अनुसार खुुल्ने छन् । 
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका  प्रमुख जिल्ला अधिकारी तोयम रायमाझिका अनुसार जिल्ला प्रशासन कार्यालयको नागरिक्ता फाँट र राहदानी फाँट खुल्ने छ ।  बुटवल  टुडे दैनिक संगको कुराकानीमा प्रजिअ रायमाझिले भने–‘हामी  सेवा ग्राहीको सेवाको लागि  सरकारले तोके अनुसार नै विहान ६ बजे देखि साझ ६ बजे सम्म सेवामा तल्लीत हुनेछौ ।’
उनले रुपन्देही जिल्लाका अन्य कार्यालयको बारेमा मातहातका मन्त्रालयले तोके अनुसार हुने भन्दै अन्य कुराको जानकारी नभएको बताए । उनले थपे–‘हामी  सेवा दिन तयार छौं, सोही अनुसार कर्मचारी व्यवस्थापन गरिसकेका छौ ।’
रुपन्देहीमा उद्घाट  सामान्य प्रशासन सचिवले गर्ने 
यसैविच, रुपन्देही जिल्लाको विहान ६ बजेबाट  सुरुहुने विहान सिफ्टको उद्घाटन सामान्य प्रशासन मन्त्रालयका सचिव महेन्द्र प्रसाद उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला प्रशासन कार्याल परिसर भैरहवामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रायमाझिले जानकारी दिए । 
सामान्य प्रशासनमा लालबाबु पण्डितले मन्त्री परिषदिय निर्णयबाट नेपालमै पहिलो पटक विहान ६ बजे देखि साझ ६ बजे सम्म कार्यालय खुल्ले नियम बनाएका हुन ।  सेवाग्राहीको बढि चाँप हुने कार्यालयलाई ध्यानमा राखी  यस्तो निर्णय गरिएको  जनाइएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती