उपज केन्द्र निर्माणको लागि कृषकलाई २५ लाख अनुदान

कृष्ण खनाल
बुटवल, २९ मंसिर ।
गत बर्षको भन्दा ७७ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको बजेटबाट हजारौ कृषकहरु लाभांवित हुने संकेत देखिएको छ । अहिले जिल्ला कृषि  विकास कार्यालय रुपन्देहीको संयोजनमा अुदानका कार्यक्रमहरु धमाधम जारी रहेका छन् । केही समय पहिला अनुदानको गहुको विउत वितरण गरेको जिल्ला कृषी विकास कार्यालय ले अहिले माछापालन तथा च्याउ खेतीको लागि अुदान प्राप्त गर्नको लागि सूचना प्रकाशित गरेको छ ।
यसको साथै पकेट क्षेत्रमा तेलहन बालि लगाउनको लागि समेत कृषकहरुबाट आवेदन माग गरिरहेको छ । यसै आर्थिक बर्षमा कृषि ब्यवसाय प्रवद्र्धन तथा बजार बिकास कार्यक्रम अन्र्तगत बजार स्थल संरचना निर्माण एवं सुधार स्थल निर्माणको लागि रुपन्देहीका विभिन्न ४ वटा स्था
नहरुमा कृर्षि उपज संकलन केन्द्र निर्माण हुने भएको छ ।
जिल्ला कृषि विकास कार्यालेको ५÷५ लाख अनुदानमा कृषि उपज संकलन केन्द्र, करहिया, कृषि उपज संकलन केन्द्र, मानपकडी, पुरैनी, रोहिणी कृषि सहकारी संस्था लिं., पटखौली, डमडमबाबा कृषि सहकारी संस्था लिमिटेड जोगडा र  धकधई कृषि सहकारी संस्था लिमिटेड धकधई मा कृषि उपज केन्द्र निर्माण हुने छन् ।
जिल्ला कृषि विकास कार्यलय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार  अवको केही दिनमा उपकेन्द्र निर्माणको लागि कृषक समुह र सहकारी संग सम्झौता हुदैछ । बुटवल टुडे संगको कुराकानीमा बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने–‘अवको केही दिनमा सम्झौता हुन्छ र निर्माणको काम अगाडी बढ्ने छ । ’
उनले उत्पादन भएका कृर्षी जन्य बस्तुहरुको व्यापार प्रद्र्धनको लागि कृर्षी उपज केन्द्र सेड निर्माणबाट कृषकहरु लाभांवित हुने बताए । यसै विच  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले  कृषि उत्पादन कार्यक्रम अन्र्तगत कृषक समुह सहकारीलाई कृषकस्तरमा प्रांगारीक मल (भर्मि कम्पोष्ट) उत्पादन सहयोगको लागि ५० जनालाई १२ लाख ८० हजार रुपैया,   भकारो सुधार कार्यक्रम अन्र्तगत  १०० जनालाई ५ लाख २० हजार रुपैया अनुदान दिने जनाएको छ । त्यस्तै व्यवसायिक बजिबृद्धि सहयोग तथा सुदृढिकरण आयोजना अन्र्तगत जिल्ला कृर्षि विकास कार्यालयले विउ प्रशोधन उपकरण खरिदको लागि  १ जना कृषकलाई  ३ लाख रुपैया सहयोग गर्ने जनाएको छ । जिल्ला कृर्षी विकास कार्यालय रुपन्देहीको आर्थिक बर्षमा कार्यक्रम बजेट २ करोड ६३ लाख ५५ हजार रुपैया बजेट विनियोजना भएको थियो भने यस बर्ष ७७ प्रतिशतले वृद्धि भई ४ करोड ६६ लाख ४७ हजार ५ सय रुपैया विनियोजना गरेको छ ।
रुपन्देही जिल्लाको कुल क्षेत्रफल १ लाख ४१ हजार ३ सय ६७ हेक्टर रहेको छ भने  खेती योग्य जमिन ५८.४५ प्रतिशत अर्थात ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफल रहेको छ । जिल्लाको कुल सिंचित क्षेत्रफल ७०.१८ प्रतिशत अर्थात ५७ हजार ९ सय ८९ हेक्टर रहेको छ ।
वाह्रै महिना सिंचित क्षेत्रफल  १२.५० प्रतिशत  अर्थात १० हजार ३ सय २२ हेक्टर र मौसमी सिचित क्षेत्रफल ५७.७० प्रतिशत अर्थात ४७ हजार ६ सय ६७ हेक्टर रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती