गुरुयोजनाको अभावमा थलिदै ‘गैडहवा ताल’

कृष्ण खनाल 
बुटवल, २३ मंसिर । 
रुपन्देहीको सबैभन्दा ठुलो, लुम्बिनी अञ्चलको दोस्रो ठुलो ताल गैडहवा । भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनी देखि मात्र १२ किलोमिटर उत्तर पूर्व र पश्चिम क्षेत्रको प्रमुख व्यापारीक सहर बुटवल देखि मात्र ३२ किलोमिटर दुरीमा रुपन्देहीको विष्णुपुरा गाविसको वडा नम्बर १ मा रहेको छ ।
पहिलो पटक दृश्ववलोकनको लागि जाने जोकोहीको मन प्रफुल्ल हुने उक्त तालमा करिव २ सय भन्दा बढि प्रजातीका जराचुरुङ्गको साथै नेपालमा एक मात्र पाईन ईन्डीयन ईन्ट्रा नामको कछुवा समेत पाईन्छ । ताल पछिल्लो समयमा स्थानियको बेवास्ता र अतिक्रमणको कारण चपेटामा परेको छ ।  तालको विकासको लागि दिर्घकालिन  गुरुयोजनाको अभाव र स्थानियले माल पाएर चाल नपाएको कारण तालको विकास हुन सकेको छैन । 
 वि.स.२०२० साल स्थानिय बलिराम यादवले मानवनिर्मित तालको रुपमा विकास गरेको उक्त तालको अहिले सम्म दर्घकालिन गुरुयोजना निर्माण भएको छैन । बर्षेनी तालको विकास र संरक्षणको लागि भनेर केन्द्र र जिल्ला विकास समितिले निश्चित बजेट विनियोजना हुने गरेको भएपनि उक्त बजेट बालुवामा पानी सरह हुने गरेको स्थानिय बताउछन् ।  
ताल स्थापना हुँदा ८४ विगाहा क्षेत्रफलममा फैलिएको उक्त तालमा  अहिले जलासय युक्त क्षेत्रफल  करिव ५० विगाहा  मात्र रहेको छ रहेको छ । पुुर्व जनप्रतिनिधी विष्णुपुरा गाविस वर्डा नम्बर ४ का वशिउल्लाह खाका अनुसार  ताल संरक्षणको आभावमा थलिएको बताउछन् । उनले  तालको पानी सिंचाहीको लागि मात्र प्रयोग  गर्ने परिपाटीको कारणले पनि थप समस्या रहेको बताए । उनले भने–‘अव आगामी दिनमा यस तालको पानी सिंचाहीको साथै आन्तरिक तथा वाह्य पर्यटक भित्र्यानको लागि सहज हुनेछ ।’ 
उनले नजिकै रहेको गिद्ध संरक्षणको लागि खोलिएको जटाँयु रेष्टुरेन्टको अवलोकनको लागि समेत आन्तरिक तथा वाह्य पर्यटक आउन सक्ने भन्दै यसको लागि सम्पूर्ण सरोकारवाला निकायबाट ध्यान जानु पर्ने बताए । 
तालमा पछिल्लो समयमा  प्रत्येक ५ बर्षमा २० लाख रुपैँया मा ठेक्का दिने  गरेको छ । विष्णुपुरा गाविसको स्वामित्वमा गाविसले प्रत्येक ५÷५ बर्षमा माछा पालनको लागि पुरा ताल नै ठेक्कामा गाउने गरेको छ । 
उता, गैडहवा ताल सौन्दर्य सरोकार समितिका अध्यक्ष राम अवतार यादवले प्रत्येक बर्ष  गाउ विकास समितिबाट तालमा माछा पालनको लागि ठेक्का लगाउने गरेको भएपनि गाविसले तालको विको  लागि केही गर्न नसकेको बताउछन् । उनी भन्छन्–‘तालको आम्दानी गाविसले लगेपछि यसको विकासको लागि पनि केही लगानी हुनुपर्द छ ।’
यता, नेपाल वातावरण पत्रकार संघ रुपन्देहीका अध्यक्ष डिआर घिमिरेले ताललाइ विकासको लागि दिर्घकालिन गुरुयोजना निर्माण गर्नु पर्ने बताउछन् । तालबाट हुने आम्दानीको स्रोत स्थानियहरुले नै लिने भन्दै यसको लागि स्थानिय स्तरका राजनीतिक दल, स्थानिय सरोकारवाला निकाय एक जुट भएर आजैका दिन देखि लाग्नु पर्ने उनको धारणा छ । उनी भन्छन्–‘यहाका स्थायिहरुले  त्यस तालको विकासको लागि सोच्ने बेला आएको छ ।’ पोखराको फेवा तालले पोखराको विकास भएजस्तै गैडहवा तालले विष्णुपुरा गाविसको र सिङ्गो रुपन्देहीको मुहार परिर्वतन हुने उनको विचार रहेको छ । 
यता,  रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्यालले लुम्बिनी संग विष्णुपुरा  गाविस जोडिएकोले लुम्बिनीमा आउन सक्ने पर्यटकको केही अंस मात्र गैडहवा तालमा ल्यान सकेमा स्थानियको आर्थिक जिवस्तर माथि उठ्ने बताए । उनले भने–‘यो तालको दिर्घकालिन गुरुयोजना निर्माण गरी विकास गर्न सकेमा यहाको मात्र होईन रुपन्देहीकै मुहार परिर्वतन हुनेछ ।’ जिल्ला विकास  समिति रुपन्देहीबाट तालको गुरुयोजना निर्माणको लागि र तालको संरक्षणको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसको प्रचार प्रसार र प्रर्वद्र्धनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । प्रत्येक बर्ष तालको संरक्षणको लागि बजेट विनियोजना हुने भन्दै उनले गाउ परिसद् र  ईलाका परिषद्बाट तालको संरक्षणको लागि र दिर्घकालिन गुरुयोजना निर्माणको  लागि कार्यक्रम  ल्याएर जिल्ला विकासबाट बिनियोजीत बजेट लगेर खर्छ गर्नको लागि अर्यालले आग्रह गरे । 

जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ बन अधिकृत ईन्द्र बहादुर पछाईले तालको संरक्षण र   यसको विकासको लागि  आफुले कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् । 
भावि पुस्ताको लागि पनि सिमसार क्षेत्र महत्पुर्ण रहेको भन्दै उनले  तालको संरक्षण र यसको दिगो विकासको लागि दुईवटा सर्त स्थानिहरु संग अगाडी सारेको बताए । उनले तालको क्षेत्र अतिक्रमण गरी बसेका स्थायिनहरु आफै तालको विकासको लागि निश्चित क्षेत्र त्याग गरेर अगाउनु पर्ने र यदि नआएमा  तालको अतिक्रमण रोक्नको आफुले तत्काल कदम अगाडी बढाउने बताएका छन् । 
 स्थानियहरु आफै तालको व्यवस्थापन  गरि ताल अतिक्रमणहुन बाट जोगाउनको लागि अगाडी सरेमा राम्रो हुने भन्दै बरिष्ठ वन अधिकृत पछाईले यदि स्थानियबाट असहयोग भएमा प्रशासन लगाएर भएपनि अतिक्रमण  हटाउने बताएका थिए । उनले भने–‘यो तालको संरक्षणबाट टाढाको मान्छेलाई भन्दा पनि  यहि क्षेत्रकै मानिसहरुलाई बढि फाईदा हुनेहो, त्यसकारण यसको विकास र संरक्षणको लागि  स्थानियबाट नै चासो देखाउनु पर्दछ ।’ सरोकारवालाका अनुसार तालको तत्काल  खण्डीकरण र अतिक्रमण रोक्न रोक्नु जरुरी रहेको छ । यसको  साथ अहिले अधिकतम सिंचाहीको लागि प्रयोग हुने गरेकोमा ताल लाई तालको विच स्थानमा अर्कषक मन्दिर निर्माण गरी चारै तर्फबाट यसको डिल निर्माण गरी दृश्यावलानको लागि व्यवस्थान मिलाउन सकिन्छ । यसको साथै चराहरुको अध्यायननको लागि प्रमुख स्थानको रुपमारहेको यो ताललाई चरा अध्यायन केन्द्रको रुपमा समेत विकास गर्न सकिन्छ । निश्चित स्केलमा मात्र तालको पानी सिंचाहीको लागि वितरण गर्दा हिउँदको याममा समेत तालको अस्तित्व कायम  हुनेछ । प्रत्येक बर्ष लुम्बिनीमा करिव ४ देखि ५ लाख पर्यटक आउछन् लुम्बिनीमा आएका पर्यटक मध्ये करिव १ लाख मात्र गैडहवा तालमा ल्याउन सकेमा मात्र त्यस क्षेत्रको कायापलट हुने सरोकारवालाको भनाई रहेको छ । 
  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती