परिवार नियोजनको अवस्था, पहाडमा पुरुष तराईमा महिला बढि


कृष्ण खनाल
बुटवल, १५ पुस । 
परिवार नियोजनाको सेवा लिनेहरु पहाडमा पुरुषको संख्या र तराईमा महिलाहरुको संख्या उच्च भएको पाइएको छ  । नेपाल परिवार नियोजना संघ शाखा  रुपन्देहीका अनुसार पहाडी जिल्लामा परिवार नियोजनाको सेवा लिनेहरुमा पुरुषहरुले भ्यासेक्टोमी बढि मात्रामा गराउने गरेका छन् भने तराईका जिल्लाहरुमा अधिकांस महिलाहरुले मिनिल्याप  गराउने गरेको पाइएको हो । 
नेपाल परिवार नियोजन संघ बुटवल रुपन्देही शाखा प्रबन्धक मोहन बस्यालका अनुसार तराईका जिल्लाहरुमा पुरुष बन्ध्याकरण सेवा  भ्यासेक्टोमी गर्नेहरु कम रहेका छन् भने महिलाहरुका संस्या उच्चरुपमा बढिरहेको छ । 
उनी भन्छन्–‘तराईमा पुरुषहरु काम गरेर जिविकोपार्जन गर्नुपर्ने धारणा अहिले सम्म कायम रहेको कारणले महिलाहरुलाई बढि मात्रामा बन्धयाकरणको लागि दबाब दिने गरेको पाईन्छ ।’  उनका अनुसार अधिकांस तराईका जिल्लाका महिलाहरुले शिविरमा परिवार नियोजना गराउने गरेको पाईन्छ भने पहाडका जिल्लाहरुमा भने पुरुषहरुले शुविधासम्पन्न अस्पतालमा गएर बन्ध्याकरण  गराउने गरेका पाईन्छ । 
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाबाट सन् २०१४ को नोभेम्बर महिना सम्म पुरुष बन्ध्याकरण गर्नेहरुको संस्या ३८ जना रहेको छ भने महिलाहरुको संख्या ४ सय ७३ जना रहेका छन् । यो तथ्यांकबाट रुपन्देही तराईको जिल्ला भएको कारणले अहिले सम्मपनि पुरुषहरुले बन्ध्याकरण गर्नुपर्दछ भन्ने मान्यता स्थापीत हुन सकेको छैन । परिवार नियोजन संघ शाखाले सोही अवधिमा परिवार नियोजनका अस्थायी साधनहरु कण्डम ९ सय ९  जनाले सेवा लिएका छन् भने पिल्स १२ सय ८२ जनाले, डिप्रोप्रोभेरा सुई ११ सय ५४ जनाले, कपरटी २ सय २० जनाले , नरप्लान्ट ९ सय ३८ जनाले सेवा लिएका छन् । 
त्यस्तै सोही अवधिमा शाखाबाट १३ सय ९६ जनाले  यौनरोगका उपचार गराएका छन्, १७ जनाले बाँजोपनको उपचार, ३ सय ५२ जनाले एच्आईभीको परिक्षण गराएकोमा १४ जनामा एच्आईभि देखिएको छ । त्यस्तै ५४ सय ६१ जनाले प्रयोगशाला सेवा लिएका छन् भने ३३ सय ४१ जनाले साधारण स्वाथ्य उपचार सेवा र १० जनाले आक्स्मिक परिवार नियोजनको सेवा लिएका छन् । 
मातृशिशु सेवा तर्फ ८ सय १३ जना महिलाले गर्भवती जाँच, ५५ सय २ जनाले स्त्रीरोग सम्बन्धी जाँच, ६ सय १८ जनाले सुरक्षितक गर्भपतन सेवा, औषधीबाट गर्भपतन ३ सय ३२ जनाले र सामान्य यसल्यक्रियाबाट गरिने गर्भपतन २ सय ८६ जनाले र गर्भपतन पश्चात प रिवार नियोजन ५ सय ८५ जनाले  गरेका छन् । त्यस्तै खोप सेवा २४ सय ६० जनाले लिएका छन् । 
त्यस्तै नेपाल परिवार नियोजन शाखा   बुटवलले ५ सय ३८ जनाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण गरेको छ भने ४९ जनालाई कायोेथेरापीको लागि सिफारिस, ८ सय ३८ वटा विद्यालय स्वाथ्य कार्यक्रम सेवा, ३ सय ८६ जनाको दिशा परिक्षण, ७५ जनाको जुका परिक्षण र ४ सय ५२ जनाको रगत समुहको बर्गिकरण सेवा प्रदान गरेको छ । 
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा सभापती दिनेश प्रसाद जोशीका अनुसार शाखाले अन्य गैरसरकारी संस्थाहरुले भन्दा फरक रुपमा कार्य गरिरहेको छ । उनले पछिल्लो समयमा डाटा प्रविधिलाई आधुनिक र सिष्टमेटिक बनाउदै लगेको जानकारी दिए । उनले परिवार नियोजनको कार्यक्रममा  उक्त संस्थाले महत्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा पनि सोही प्रकारको सेवा प्रदान गर्ने जानकारी दिएका छन् । 
तराईका जिल्लाहरुमा अझै पनि पुरुषहरुले परिवार नियोजन ग¥यो भने काम गर्न सकिदैन र  परिवार  पाल्नको लागि अफ्ठरो पर्छ भन्ने भम्र कायम रहेको कारण महिलाहरुलाई बढि परवार नियोजना  गर्नको लागि  परिवारले लगाउने गरेको सभापती जोशीको भनाई रहेको छ । उनी भन्छन्–‘परिवार नियोजन गरेमा काम  गर्न अफ्ठारो हुन्छ , कमजोरि भईन्छ जस्ता भ्रमहरु अहिले पनि कायम रहेका छन्, भम्र चिर्नको लागि सबैको सहकार्य जरुरी रहेको छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती