ढिलो चाडो हिन्दु राष्ट्र बनाएरै छोड्छौः रिमाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) ले यहि पुस २० गते विर्तामोडबाट मेची महाकाली पशुपती नाथ रथ यात्रा सुरु गर्दैै छ ।  सनात हिन्दु राष्ट्रको माग लाई देशभर जनलहर सृजना गर्नको लागि दोस्रो पटक रथ यात्रा सुरु गरिएको पार्टीको भनाई रहेको छ । रथ यत्राको क्रममा बुटवलमा पुस १२ गते बेलुका साढे ३ बजे ट्राफिक राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पुस १८ गते काठमाण्डौमा समापन हुने रथ यात्रा र युवा संगठनका विषयमा राप्रपा नेपालको युवा संगठन‘ राष्ट्रिय प्रजातन्त्रीक युवक संगठन नेपाल’ का केन्द्रीय अध्यक्ष प्रकाश रिमाल बुटवल आएको बेला  कृष्ण खनालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंशः–सं.

यो रथ  यात्रा के को  लागि ? 
–राप्रपा नेपालले मेची महाकाली पशुपती नाथ रथ यात्रा गर्नलागेको छ । यसको प्रमुख उदेश्य भनेको नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नु नै हो । यसको लागि जनमत तयार गर्नको लागि पनि हो । विगतमा नेपाल हिन्दु राष्ट्र नै थियो, विचमा अन्तरिम संविधान सभाबाट हटाइयो । अहिले संविधानसभाबाट संविधान जारी गर्ने  कुरा समेत आएको छ । ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार भएको राष्ट्रलाई हिन्दुराष्ट्र कायम गर्नको लागि जनदवाव दिनको लागि हामीले  यो रथयात्रा आयोजना गर्न लागेका हौ । 

पहिलाको  रथ यात्रा र अहिलेको रथ यात्रामा के फरक छ ? 
–पहिला पनि हामीले पुर्व देखि पश्चिम सम्म रथ यात्रा आयोजना गरेका थियौं । जसले एक प्रकारको  देशमा जनलहर ल्याएको थियो । अहिले पनि संविधान जारी हुन लागिरहेको अवस्थामा हामी फेरी एक दो¥याएर रथ यात्रा कार्यक्रम ल्याएका हौं । रथ यात्रा भनेपछि हिन्दु राष्ट्र कायम गर्ने  र हिन्दुमा जागरण गर्ने हो । हामीले पुर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र भनिरहेका छौ । विश्वमा करिव ७४ राष्ट्रयमा क्रिश्चीयन राष्ट्र छ, ४० देश भन्दा बढि मुस्लीम राष्ट्र छन् १२ राष्ट्र बुद्धिष्ठ राष्ट्र छ । त्यसकारण पहिचान स्थापनाका  लागि हिन्दु राष्ट्र नेपाल बनाउनको लागि पहल गरेका हौं । पहिलाको रथ यात्रा र अहिलेको रथ यात्राको उदेश्य एउटै हो । हिन्दु राष्ट्र नेपाल कायम गर्नु नै हो । 

हिन्दु राष्ट्र नेपाल बन्ने कत्तिको संभावना देख्नु भएको छ ? 
–सबै कुरा जनतासंग जोडिएको कुरा हो । हिजको दिनका जनतालाई  सोध्दै नसोधी वाह्य प्रभावको कारण नेपालका राजनीतिक दलहरुले निर्णय गरेको हो । राती  सुतिरहेको वस्थामा नेपाली जनतालाई  हिन्दु राष्ट्र भएको देश भोली धर्म निरपेक्षा होला भनेर थाहै थिएन । जनतालाई  थाहौ नदिई  गरिएकोले ८१ प्रतिशत हिन्दु भएको देशमा ढिलो चाढो हिन्दु राष्ट्र हुन्छ । किनभने जनताको अभिमत बुझनु जरुरी रहेको छ ।  त्यहि भएर हामिले एक पटक जनतालाई सोधौं, जनमत सघ्रह गरौँ भनेका  छौ । वास्तवमा जनताले यसको स्वीकार गरेन्न भने हामी पनि स्वीकार गछौ भनेका छौ । 

युवा शक्तिलाई कसरी परिचालन गर्ने योजना बनाउनुभएको छ ? 
–म अहिले बुटवलमा छु, मैले यो यात्राको लागि  अहिले ३÷४ वटा जिल्लाहरुको यात्रा समेत गरेको छु । उपस्थिती  जानउने क्रममा मैले  युवा जनशक्ती  आर्कषित रहेको पाएको छु । राप्रपा नेपालले गरेको अभियानलाई युवाहरुले साथ दिएका छन् । आगामी दिनमा पनि साथ दिनेछन् । स्मरण गरौ  अघिल्लो संविधान सभामा हामीले जम्मा ४ सिटका साथ १३ औं स्थानमा थियो तर अहिलेको संविधान सभामा हामी २४ सिट छ हामी चौथो शक्तिमा आएका छौ । गुणत्मक रुपमा अहिले हामीले बोकेको मुद्वामा जनताको साथ रहेको छ । काठमाण्डौको कुरा गर्दा पार्टिगत मतको कुरा गर्दा हामी पहिला छौ । एजेण्डा ठिक छ , हाम्रो मुद्धा ठिक छ  तर हुँदा हुदै पनि हामी सांगठीनिक कमजोरीको कारण हामी अब्बल हुन सकेका छैनौ । 

 संविधान निर्माण र हिन्दु राष्ट्र अभियानमा राप्रपा नेपाल कसरी अगाडी बढ्छ ? 
–बास्तवमा हामी के भनिरहेका हौ भने संविधान निर्माणको प्रक्रियामा ३ वटा आधारहरु रहेका छन् भनेका छौ । अहिले सहमती, जनमत संघ्रह र दुईतिहाई प्रक्रियाभन्दा बाहिर गएर  संविधान निर्माण हुदैन । अहिलेको प्रयास सहमती भन्ने प्रयास भईएरहेको छ ।  तिन दलको मात्र सहमती भन्ने कुरा हामीले मान्दैनौ । हामीले संविधान सभा भित्र रहेका सम्पूर्ण दलहरुका विचमा  छलफल गरेर के गर्दा संविधान निमार्णको लागि आधार खोजौ भनेका छौ ।  अहिले निशेषको राजनीति सुरु भएको छ । जुन कार्य ठिक होईन । अन्तरिम  संविधान सभामा पनि नमिलेका कुराहरुमा जनमत संघ्रह गर्ने भन्ने कुरा  उल्लेख गरेको छ । अन्तिम प्रक्रिया भनेको  जनता नै हो । धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको सवालमा जनमत संघ्रह नै उत्तम हो ।  सहमती भन्दै टाइम बर्वाद गर्नु ठिक होईन । प्रक्रियामा जान नसक्दा माघ ८ मा संविधान आउने संभावना टरेको छ । 

तेस्रो संविधान सभाको परिकल्पना गर्नुभएको छ ? 
–पहिलो पटको संविधान सभा असफल भईसकेको छ । दोस्रो पटकको संविधान सभाबाट पनि संविधान नबन्ने खतरा रहेको छ । तर यो संविधान सभाबाट पनि संविधान नबनेका तेस्रो संविधान सभाको परिकल्पना गर्नु हुदैन ।  पहिलो संविधान सभालाई नरिह बनाउदा  असफल भएको हो । हामीले अहिले पनि  के भनीरहेको हो भने अहिले जुन उच्चस्तरिय राजनीतिक समिति बनेको छ यसको विरोध गरेको छ । यो भनेको संविधान सभालाई निरह बनाउने कार्यक्रम मात्र हो ।  राप्रपा नेपालले संविधान सभाबाट नै निकास निकाल्नु पर्दछ भन्ने माग रहेको हो । 
बढ्दो युवा शक्तिलाई स्वदेशमा नै रोजगारी दिलाउनको लागि तपाईको भिजन के छ ?
–पछिल्लो समयमा नेपालमा श्रम र पसिना खर्च गर्ने युवा संक्ति विदेश

पलायन भईराखेको अवस्था छ । यो राज्यले  ल्याएको बाध्त्मक परिस्थती हो । यस क्षेत्रमा मै पर्यटन, जलस्रोत, कृर्षी लगायतका क्षेत्रहरुमा राज्यले लगानी गरेर उद्योग धन्दा विकास गर्न सकिन्छ । यहाका युवाहरुलााई नेपालमै रोजगारीका अवसरहरु प्रदान गर्नुपर्दछ भन्ने हेतुले  युवक संगठनले एक प्रकारको अभियान समेत चलाएको छ । हामी भनिरहेका छौ । अहिले सबै निरास छन् । अहिले देशमा राजनीतिक स्थितरता छैन, संविधान जारी हुन सकेको छैन । जनताले जस्लाई केन्द्र विन्दुमा  राख्न चाहान्छन्,  त्यसले नै केन्द्रमा रहेर काम गर्ने वातावरण जहिले सृजना हुन्छ तव मात्र देशको विकास हुन्छ भन्ने हाम्रो ठम्याईरहेको छ ।



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती