‘भाषण गर्र्दै’ दमकल

कृष्ण खनाल
बुटवल, ४ पुस । 
‘आउनुस् आउनु, सवै नगरवासीहरु आउनुस्, भोली र पर्सी दुई दिन देवीनगरमा निःशुल्क स्वाथ्य शिविर आयोजना गरिएकाले आउनुस्, मौकाको फाईदा उठाउनस्  ।’ एक जना व्याक्ति गाडी भित्र बसेर सूचना पढिरहेका छन् भने अर्कोले सबारी साधन चलाईरहेका छन् । 
यसरी सवारी साधान चलाउने व्यक्ति सरकारी कर्मचारी हुन भने सूचना पढ्ने व्यक्ति पनि सरकारी कर्मचारी, उनीहरु कुनै सवारी साधनमा बसेर उक्त सूचना भनिरहेका भने होईन् उनीहरु बसेको साधनको नाम हो ‘दमकल ।’
दमकल शब्द सुन्ने वित्तिकै सबैले अनुमान लगाउने कुरा हो, आपत विपत पर्दा आगो निभाउने यन्त्र । तर बुटवलमा विगत १५÷१६ बर्ष देखि उक्त आगो निभाउने यन्त्र भाषण गर्दैहिनीरहेको छ । अर्थात सरकारी क्षेत्रबाट नै उसलाई भाषण गर्न लगाइएको छ ।  तत्कालिन बुटवल नगरपालिका(हाल, उपमहानगरपालिका) हुँदा रोटरी क्लव ईन्टरनेशनलको सहयोगमा रोटरी क्लव अफ बुटवलले उपमहानगरपालिकालाई दिएको उक्त दमकल अहिले उपमहानगरपालिका सुचना तथा  नगरभित्र हुने विभिन्न सामाजिक काममा सूचना दिने माध्याम भएको छ । 
दमकल भित्र जोडिएको  कारण बुटवल उप–महानगरपालिकाले सूचना प्रवाहको लागि प्रयोगमा ल्याएको हो । 
रोटरी क्लव बुटवलका  निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अर्यालका अनुसार उक्त दमकल रोटरी क्लव ईन्टरनेशन जापानको सहयोगमा बुटवलमा ल्याइएको हो । रोटरी क्लवले आफैले सञ्चालन गर्नको लागि अफ्ठारो भएपछि उक्त दमकललाई बुटवल उप–महानगरपालिकालाई हस्तान्तारण गरिएको हो । 
बुटवल उपमहानगर पालिका भित्र आगो निभाउनको लागि भनेर ल्याएको उक्त दमकलमा पानी स्टक गर्ने टंकी नभएको कारणले  साउण्ड सिस्टमको लागि प्रयोग गरिएको उनको भनाई रहेको छ । आज भन्दा करिव १५ बर्ष पहिला करिव ७५ लाख रुपैया बराबरको लागतमा बुटवलमा उक्त दमकल ल्याएको हो । बुटवल टुडे संगको कुराकानीमा रोटरी क्लव बुटवलका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अर्यालले भने–‘हाम्रो प्रयासमा उक्त दमकल आएको हो तर अहिले सुचना सम्प्रेषणको लागि प्रयोगमा आएको छ, त्यस दमकलमा पानीको स्टक राख्ने टैंक नभएर यस्तो भएको हो ।’ नेपालमा पानी संघ्रह गरेर हिड्ने खालको दमकलको मात्र आवश्यकता हुदा हुदैपनि किन त्यस्तो खालको दमकल ल्याइयो भन्ने बुटवल टुडेकर्मीको जिज्ञासामा उनले भने–‘त्यहा(जापान)मा यस्तै प्रकारको दमकल हुने रहछ,  त्यो दकमल पानीको मुहानमा लगेर राखेपछि पानी फाल्ने काम मात्र गर्ने खालको रहेछ ।’
उनले निकट भविश्यमा नै रोटरी क्लव बुटवलको संयोजमा छिट्नै नेपाललाई उपयुक्त दमकल ल्याउने तयारी भईरहेको जानकारी दिए । ‘हामीले रोटरी ईन्टरशनेललाई आग्रह गरेका छौ, केही  समयपछि आउने छ ।’
उता, बुटवल उपमहानगरपालिका प्रवक्ता विष्णु प्रसाद खनालले रोटरी क्लवले दिएको दमकमा पानी राख्ने टैंकी नै नभएको करणले गर्दा सुचना प्रवाहको लागि प्रयोग गरिएको बताए । उनले नेपालमा यस्तो प्रकारको दमकल नै प्रवाभकारी नभएपनि रोटरी क्लव दिएकोले कहिलेकाही नगरपालिका र साझेदारी संस्थाले आयोजना गर्ने विभिन्न  सामाजिक सूचनामा प्रयोग गरिएको बताए । 
त्यस्तै, बुटवल उपमहानगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत भुवा प्रसाद  लुईटेलले विकसित सहर जापानमा जहापनि पानीको पाईप विच्याएको हुने र   सहरमा जाहा पनि कुनै  आगलागी भएमा त्यहा उक्त गाडी जाने र पानी तानेर आगो निभाउने तर नेपालमा जहा कही पानीको सहज पहुच नहुदा समस्या भएको बताए ।  बुटवल उप–महानगरपालिकामा ३ वटा दमकल चालु अवस्थामा रहेका छन् । तस्वीरः बुटवल नगरपालिकामा राखिएको रोटरी क्लवले दिएको दमकल । तस्वीरःकृष्ण खनाल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती