विद्यालयको अक्षय कोषबाट विद्यार्थी र शिक्षकहरु पोत्साहन

कृष्ण खनाल
बुटवल, पुस । 


यस  क्षेत्र लगायत नेपालमै सामुदायिक  उच्च माविमा आफुलाई अब्बल उभ्याउदै आएको कालिका उच्चमा स्थापना गरेको अक्षयकोषबाट बार्षिक रुपमा दजर्नौ गरिब तथा जेहेन्दार विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् । अहिले सम्म उक्त उच्च माविमा २० वटा अक्षयकोष स्थापनाभएको छ । विद्यालयमा स्थापना भएको  अक्षयकोषबाट बार्षिक करिव १ सय जना  जेहेन्दार, गरिब विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् ।  अहिले विद्यालयले ५४ औं बार्षि उत्सव मनाउन लागिरहेको छ । ५० औं बार्षिक उत्सव तथा स्वर्णमहोत्सवबाट अक्षयकोष स्थापना गर्ने क्रम बढेको बताईन्छ । उच्च माविमा अहिले न्युनतम् २५ हजार देखि अधितम १ लाख ११ हजार १ सय ११ रुपैयाँ सम्मको अक्षयकोष स्थापना गरिएको छ । 
विद्यालयमा अहिले सम्म १३ लाख ६९ हजार ४ सय ८३ रुपैया अक्षयकोषको लागि रकम जम्मा भएको छ । जसबाट आउने  व्याजबाट गरिब, जेहेन्दार तथा विभिन्न प्रतियोगीतामा प्रथम, द्धितिय  र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् ।
नर्सरी देखि कक्षा ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि सिता लक्ष्मी गोर्खाली अक्षयकोष २०६३को नाममा सिता  गोर्खालीले १ लाखको अक्षयकोष स्थापन गरेकी छिन् । त्यस्तै कक्षा १, २ र ३ कक्षा प्रथम हुने विद्यार्थीहरुलाई नर बहादुर मल्ल स्मृती अक्षयकोष २०३६ को नाममा ज्ञानु मल्ल ले ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेकी छिन् । त्यस्तै कक्षा ४ र ५ मा उत्कृष्ठ  छात्रालाई पुरस्कार प्रदान गर्नेगरी अर्पण स्मृती अक्षयकोष २०६४को नाममा कृष्ण प्रसाद शर्मा तिवारीले स्थापना गरेका छन् । 
हिमादेवी क्षेत्री अक्षयकोष २०६४ को नाममा रामचन्द्र क्षेत्रीले कक्षा ९ र १० का जेहेन्दार अनुसासित छात्र छात्रहरुको लागि भनेर २५ हजार रुपैयाको अक्षयकोष स्थापन गरेका छन् । त्यस्तै कक्षा ६, ७ र ८ का प्रथम विद्यार्थीहरुलाई पुरस्कारप्रदान गर्ने हेतुले त्रिलोचन चेतकुमारी स्मृती अक्षयकोष २०६५ को नाममा राधा पौडेलले ३० हजार रुपैयाको अक्षयकोष स्थापना गरेकी छिन् । शेर बहादुर गुरुङ्ग अक्षयकोषबाट १ लाख ३ हजार३ सय ३ रुपैयाको जिल्ला स्तयरिय प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुको लागि अक्षयकोष स्थापन गरेका छन् । 
शेर बहादुर  गोताले ले शशिधर मैतीदेवी अक्षयकोष ६७ मा अपाङ्गता भएका ५ जना विद्यार्थीहरुको लागि भन्दै १ लाख ५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि भन्दै गौतम रिमालले लोमाकान्त , सरिता अक्षयकोष ६७ को नामबाट १ लाख रुपैया को अक्षयकोष स्थापना भएको छ । 
उत्कृष्ठ बर्ष शिक्षकको  लागि गिरिराज तुलसा अक्षयकोष ६९ नामबाट गिरिराज ज्ञवालीले ३५ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापन भएको छ । त्यस्तै गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा १ देखि ५ सम्मको लागि गोपाल राना अक्षयकोष ६७बाट गोपाल रानाले ५१ हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ । कक्षा ११ र १२ का उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने उदेश्यका साथ बेनुपराम यमुना प्रधान ट्रष्ट अक्षयकोष ६७ को नामबाट  विवेक प्रधानले १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापन भएको छ । 
त्यस्तै  स्व. अरुण पौडेल अक्षयकोष ६७को नामबाट श्यामराज पौडेलले ५० हजारको उत्कृष्ठ पकारिता पुरस्कार अक्षयकोष स्थापना  गरेका छन् । त्यस्तै स्व. अरुण पौडेल अक्षयकोष ६७ बाट नै १ लाख रुपैयाको श्यामराज पौडेलले ५ हजार मिटर म्याराथुन दौडका विजेतालाई पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापन गरिएको  छ । त्यस्तै कक्षा ९, १०, ११ र १२ का गरिब तथा जेहेन्द्र विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने गरी दल प्रताप सेन स्मृती अक्षय कोष ६७को नामबाट लक्ष्मी सेनले ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापन गरेकी छिन्, गंगाहरी छात्रावृत्ति अक्षयकोष ६७बाट कक्षा ६, ७, ८ का गरिब जेहन्दार  विद्यार्थीहरुको लागि  शिव प्रपाद आर्यालले २५ हजार ५ रुपैयाको अक्षयकोष स्थान गरेकी छिन् । त्यस्तै गरिब तथा जेहन्दार ६, ७, ८का लागि चन्द्रकला राना अक्षयकोष ६४ बाट पार्वती कुँवरले ५० हजारको अक्षयकोष स्थापना गरेकी छिन् । त्यस्तै भुपु शिक्षक अक्षयकोष ६७को नामबाट१ लाख ३६ हजार ७ सय ३२ भुपु शिक्षले दिर्घ सेवी भुपु÷वर्तमान शिक्षको लागि १ लाख ३६ हजार ७ सय ३२ रुपैयाको अक्षयकोष स्थापन गरिएको छ । सपना अक्षयकोषको नाममा देबेन्द्र ध्वजुले १ लाख रुपैयाको कक्षा कोठा भौतिक  सामग्री मर्मत संभारको लागि अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै दिल प्रसाद श्रेष्ठ, दिप्तान्सु श्रेष्ठ अक्षयकोष ६७को नामबाट कक्षा ११ र १२ का गरिब  तथा जेहेन्दार विद्यार्थीहरुको लागि दिल प्रसाद श्रेष्ठले २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै‘ स्व. डा. प्रज्वल श्रेष्ठ स्मृती अक्षयकोष ६७को नामबाट किरण,मन्जु श्रेष्ठले १ लाख १ हजार १ सय ११ रुपैयाको विज्ञान संकाय(कक्षा ११ प्रथम) कक्षा १२ भौतिक शास्त्रप्रथम र कक्षा १२  जिव सास्त्र प्रथम) विद्यार्थीहरुको लागि पुरस्कार प्रदान गर्ने उदेश्यका साथ अक्षयकोष स्थापना गरिएको छ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती