बुटवल उप–महानगरपालिकाको वेभ साईट, नाम फेरियो, तथ्यांक फेरिएन

कृष्ण खनाल
बुटवल, २९ मंसिर । 
www.butwalmun.org.np (डब्लुडब्लुडब्लु.बुटवलमुन.ओआरजी.एनपी)यो वेभसाईट लगअन गर्ने जो कोही प्रयोगकर्ताले सुरुमा मा यहालाई स्वागत छ भनेर लेखिएको सन्देश पाउनुहुनेछ । केही समय अगाडी मन्त्री परिषद्ीय निर्णयबाट  साविकको बुटवल नगरपालिकामा मोतिपुर गाविस र सेमलार गाविस गाभेर बुटवल उपमहानगर पालिका निर्माण गरिएको हो । बुटवल नगरपालिका उप–महानगरपालिका भएको  २ हप्ता वितेको छ । तर बुटवल उप–महानगरपालिका जनाउने उक्त वेभसाईटको माथिल्लो  तहमा ‘बुटवल उप महानगर पालिका, बुटवल रुपन्देही’ बाहेक अन्य कुरा फेरिएको छैन । केही समय पहिला कार्याकारी अधिकृतको रुपमा आएका धुव्र बहादुर खड्को तस्वीर र नेमप्लेट बाहेक अन्य कुरा फेरिएको छैन । 
रोचक कुरा त के छ भने उप–महानगरपालिकाको वेभसाईटमा नगर परिचय क्याटगरीको तथ्यांकिय जानकारी सेक्मेन्टमा सबै तथ्यांक पुराना नै रहेका छन् । पछिल्लो जनगणना नेपालमा २०६८ अनुसार बुटवल नगरपालिकामा  २९ हजार ६ सय ८७ घरधुरीरहेका छन् भने कुल जनसंख्या १ लाख २० हजार ९ सय ८२ जना रहेको छ । जसमा  पुरुषको संख्या ६० हजार ८ सय ७० र महिलाको संख्या ६० हजार १ सय १२ जना रहेको छ । 
तर बुटवल नगरपालिको वेभसाईडमा नगरभित्रको जनसंख्या १ लाख  ७  हजार ७ सय ५५ जना उल्लेख गरेको छ । उक्त वेभसाईटमा महिलाको कुल जनसंख्या  ३४ हजार २ सय ५६ र  पुरुÈको जनसंख्या  ३६ हजार ४६ जना उल्लेख गरेको छ । जुन जनसंख्या राष्ट्रिय जनगणनाको तथ्यांकसंग मेला खादैन । अर्थात बुटवल उप महानगर पालिकाले वेभ साईटमा झुटो विवरण राखेको छ । जनगणना २०६८ को हवला  दिदै घरधुरीको  संख्या १९ हजार २ सय ३ जनाएपनि जनगणनाको आधिकारीक वेभसाईट www.cbs.gov.np
मा बुटवल नगरपालिमा रहेका घरधुरीको संख्या २९ हजार ६ सय ८७ घरधुरीरहेको  उल्लेख गरेको छ । जुन कुरा नगरपालिकाको वेभसाईटमा गलत छ ।
अर्को तर्फ उपमहानगर पालिकाको वेभसाईट अग्रेजी भर्जन र नेपाली भर्जन दुबैमा उल्लेख गरिएको भएपनि अग्रेजी भर्जनमा भएका सबै लिंक तथा क्याटेगरीमा पुरानै तथ्यांक राखिएको छ । नगरपालिकाका कार्यकारी अधिकृतको बाहेक अन्य कर्मचारीको नाम र कार्यविवरण अंग्रेजी भर्जनको वेभसाईटमा खुलाइएको छ । सोही वेभसाईटमा रोचक कुरा के छ भने नेपाली नारीहरुको तीज पर्व समाप्त भएको ४ महिना वित्दा समेत ‘वेस्ट वेईसेस  टु अल नेप्लीज सीस्टर्स फर द तीज २०७१ ’ ‘ह्याप्पी तिज २०७१’ उल्लेख गरिएको छ । सोही अनूरुप नेपाली भर्जनमा ‘विजया दशमी तथा दिपावली एवं बकर इद र छठ पर्व २०७१ को पावन अवसरमा  नगरबासीहरुमा हादिर्क मंगलमय शुभकामना व्यक्त गर्दछौ ।’ भनेर उल्लेख गरिएको छ । 
नेपालमा गणतन्त्र स्थापना भएको  ८ बर्ष लागे पनि नगरपालिकाको वेभसाईडमा तिलोत्तमा पार्कको नाम र तस्वीरः विरेन्द्र उद्यान’ भनेर नाम सहित तस्वीर उल्लेख गरिएको छ ।  अहिले गाभिएको मोतिपुरमा नेपालको जनगणना  २०६८ अनुसार कुल घर धुरीको संख्या २ हजार २ सय ५९रहेको छ । कुल जनसंख्या १० हजार १ सय ९८ जना रहेका छन ।  जसमा पुरुषको संख्या  ५ हजार ८ सय २३ जना र महिलाको संख्या  ५ हजार ३ सय ७५  जना रहेका छ ।
त्यस्तै अर्को गाविस समेलारमा कुल घरधुरी संख्या  २ हजार १ सय ७६  रहेको छ । कुल जनसंख्या १० हजार ८२ रहेकोमा पुरुषको जनसंख्या ४ हजार ६ सय ५७ जना र महिलाको जनसंख्या ५ हजार ४ सय २५ रहेको छ ।
सिद्धार्थनगरको पनि उस्तै 
रुपन्देहीको अर्को नगरपालिका सिद्धार्थनगर नगरपालिको वेभसाईटको हालत पनि उस्तै छ । www.siddrthanagar.org.np  नामको उक्त वेभसाईटमा  २०६७ सालबाट अपडेट छैन । उक्त वेभसाईडको नगर संक्षिप्त परिचय क्यार्टगरीमा जनसंख्याको विवरण (२०६७)कै उल्लेख गरेको छ ।  पछिल्लो जनगणना २०६८ अनुसार सिद्धार्थनगर नगरपालिकामा कुल जनसंख्या ६४ हजार ५ सय ६६ जना रहेकोमा उक्त वेभसाईटमा भने जम्मा  जनसंख्याः १ लाख ०८ हजार ५ सय ५८ जना रहेकोउल्लेख गरिएको छ । वेभसाईटमा कुल महिलाको संख्या    ५२ हजार ८ सय ६६ र पुरुको संख्या  ५५ हजार ६ सय ९२ जना उल्लेख गरिएको छ । जुन विवरण राष्ट्रिय  जनगणना २०६८ अनुसार फरक रहेको पाईन्छ ।   सूचना प्रविधिको युगमा यसरी प्रयोग हुने गलत तथ्यांकीय जानकारीको कारण सूचना प्रािवधिको प्रयोगबाट लाभ लिन खोज्ने उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । 
तस्वीर संलग्न छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती