नयाँ यातायात निती खारेज को माग

पश्चिम नेपाल बस व्यवसायी संघको २१ औ साधारण सभा

कृष्ण खनाल 

बुटवल, २९  चैत । 

नेपाल सरकारले केही समय पहिला यातायात व्यवसायलाई कम्पनी अनुसार दर्ता गरी सञ्चालनमा ल्याउने गरि गरेको निर्णयलाई यस क्षेत्रका यातायात व्यवसायीहरुले उक्त नीति खारेज गर्न माग गरेका छन् । नेपालमै सबैभन्दा बढि यातायात भएको पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलको २१ औं बार्षिका साधारण सभामा बोल्दै अधिकांस वक्ताहरुले सरकारले कम्पनी ऐन अनुसार यातायात क्षेत्रलाई अगाडी बढाउने गरि गरेको निर्णय साना स्वरोजगार यातायात व्यवसायीहरुलाई विस्तापित गर्ने गरि ल्याइएको भन्दै यसको अविलम्ब खारेजीको माग गरेका हुन  । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय यातायतात व्यवसायी महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष डोलनाथ खनालले आम यातायात व्यवसायीहरुको लागानी सुरक्षिणको ग्यारेन्टी गर्नुको अलवा सरकारले उल्टै व्यवसायीहरुको ढाड  सेक्ने काम गरेको भन्दै नयाँ आउन लागेको नीति पुर्णरुपमा खारेजीको लागि माग गरेका छन् । उनले यातायात व्यवसायीहरुको साझा समस्या समाधानको लागि नेपाल सरकारबाट उच्च स्तरिय यातायात प्राधिकरण विकास आयोग गठन गर्नको लागि माग समेत गरे । उनले भने–‘नेपाल सरकारले ल्याएको नीति तत्काल खारेजु गर्नुको विकल्प छैन, भुकम्पको बेला व्यवसायीहरुले पु¥याएको सहयोगको सरकारले अबमुल्यन गरी ल्याएको नीति प्रति घोर विरोध गर्दछौ ।’
उनले सरकारले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरी यातायात व्यवसायी संघ–समितिहरुको दर्ता नविकरण रोक्नु भन्दै पत्रचार गरेको भन्दै अविलम्ब जिल्लामा दर्ता तथा नविकरण गर्न पाउनुपर्ने माग समेत गरे । उनले सानो पुँजी भएको व्यवसायी कम्पनी ऐन अनुसार कम्पनीमा जान नसक्ने भन्दै यसले यातायात व्यवसायलाई झनै धरासायी बनाउने धारणा राखे । 
कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले सरकारले अझै  सम्म पनि स्पष्ट यातायात नीति ल्याउन नसकेको भन्दै व्यवसायीहरुलाई निरुत्साहित भन्दापनि पोत्साहन गर्ने प्रकृतीको यातायात नीति ल्याउनुपर्ने माग गरे । उनले भने–‘यहि देशा नागरिकहरुबाट स्वरोजगार सेवा मुलक यातायात व्यवसा सञ्चालन गर्दै गर्दा उनीहरु माथी नै धावा बोल्नु आफैमा सरकारको गैरजिम्मेबारी पना हो ।’ उनले यातायात कम्पनी अनुसार मालवाहक सावारी साधानलाई समेत राखिएको घोर आपत्तीको विषय भएको बताएका थिए । केही समय पहिला नेपाल सरकार र सार्क राष्ट्रको विचमा भएको पारवाहन   सम्झौता अनुसार सार्क राष्ट्रको जुनसुकै क्षेत्रमा मालवाह  गाडीहरु जान पाउने भन्ने गरिएको सम्झौता खारेज हुनुपर्ने अध्यक्ष रानाभाटको भनाई रहेको छ । उनले भारतीय मालवाहक गाडीहरु सिमा नाका र भन्सार सम्म मात्र आउन दिनुपर्ने धारणा राखेका थिए । 

यस्तै पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठले अहिले देश समृद्धि तफै मोड्नु भन्दा पनि कालो बादल मडारिने काम मात्र भएको बताएका थिए । सरकारले ल्याएको नीति यातायात व्यवसायीहरुको हितमा नभएको भन्दै यसको विरुद्वमा यातायात व्यवसायीहरुले जस्तो सुकै आन्दोलनको कार्यक्रम घोषणा गर्न समेत पछि नपर्ने उनको भनाई थियो । यस्तै  पश्चिम नेपाल वस व्यवसायी संघका वर्तमान अध्यक्ष दधिराम खरेलले पनि कम्पनी मार्फत नेपाली यातायात व्यवसायीहरुले बहुराष्ट्रिय कम्पनीहरु संग प्रतिष्पर्धा गर्न नसक्ने भएको कारण नेपाली यातायात व्यसायीहरुले राज्यले संरक्षण गर्नुपर्ने धारणा राखेका थिए । उनले नेपाललमा स्पष्ट  याताता नीति नभएको कारण यातायात व्यवसायीहरु पटक पकट मारमा परेको भन्दै सरकारले एक विस्थापीत एक स्थापीतको नीतिलाई कानुन बनाएर लागु गर्नको लागि आग्रह गरे । उनले भने–‘हामीले नै यस क्षेत्रबाट सुरु गरेको एक स्थापीत एक विस्तापीतको अवधारणालाई सरकारले अगाडी बढाउनुपर्दछ ।’ उनले भुकम्प तथा नाकाबन्दी जस्तो अवस्थामा पनि यस क्षेत्रका यातायात व्यसायीहरुले  सर्वसाधारण यात्रुहरुप्रति गरेको सहयोगको सरकारले अहिले आएर अबमुल्यांन गरेको धारणा राखेका थिए । 
यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले साना व्यवसायीहरुा मर्कामा पर्ने गरि ल्याइएको यातायात नीतिले कसैको हित नगर्ने बताएका थिए  । उनले भने–साना व्यवासयीहरुलाई मर्कामा पर्ने गरी ल्याएको कम्पनी  ऐन तिनीले स्वरोजगार यातायात व्यवसायीहरुलाई मर्कापर्छ, यस विषयमा सोँच्नु आवश्यक छ ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले यातायात व्यवसायीहरुको हितका कानुन ल्याउनुपर्ने बताउछन् । उनले यातायात व्यवसायीहरुले नेपालीहरुले झेलेको ठुला ठुला विपतहरुमा राम्रो सहयोग  प्राप्त गरेको भन्दै यातायात व्यवसायीहरुको  योगदानको मुल्यांकन हुनुपर्ने बताएका थिए । उनले पुराना र मापदण्ड विपरितका यातायातका साधानहरु सञ्चालन गर्नको लागि यातायात व्यवसायीहरुलाई आग्रह गर्दै उचित नियम र  कानुनको पक्षमा आफ्नो साथ सदैव रहने बताएका थिए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
‘संविधान कार्यान्वयको लागि राष्ट्रिय एकता’
बुटवल, २९ चैत । 
उपप्रधान,भौतिक योजना तथा यातायात मन्त्री विजय कुमार गच्छेदारले संविधानको सफल कार्यान्वयनको लागि  सबै राजनीतिक दलहरुको विचमा एकता आवश्यक रहेको बताएका छन् । पश्चिम नेपाल बस व्यवसायी संघको २१ औं बार्षिक साधारण सभाको बुटवलमा उद्घाटन गर्दै उनले देश विकासको लागि कुरा भन्दा पनि काम गर्नुपर्ने भन्दै यसको लागि राजनीतिक दलहरुको विचमा एकता आवश्यक भएको बताएका हुन । उनले भने–‘अवको बाटो भनेको राजनीतिक क्रान्ति भन्दा पनि देश विकासको पाटो प्रमुख हो  ।’ वर्तमान सरकार राजीनीतक संकमणबाट गुज्रीएको भन्दै उनले देशलाई संक्रमणको खाडलबाट माथि उठाउनको लागि सबै राजनीतिक दलहरुको विचमा सहमती र सहकार्य जरुरी रहेको बताएका थिए । उनले भने–‘हामी दलहरु मिल्नुको विकल्प छैन, अव संविधानको सफल कार्यान्वयनको लागि एक पटक मिल्नु आवश्यक छ ।’ उनले पछिल्लो समयमा यातायात व्यवसायलाई कम्पनी ऐन अनुसार  सञ्चालन गर्ने गरि ल्याइएको नीतिको विषयमा आफुलाई कुनै जानकारी नभएको र आफु जहिले पनि यातायात व्यवसायीहरुको पक्षमा भएको समेत बताएका थिए । 
कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का सांसद बालकृष्ण खाणले यातायात व्यवासायीहलाई सरकारले दुख दिएर आफ्नो  सरकारको आयु छोट्यउदै गएको बताएका थिए । उनले कुनै पनि हालतमा सरकारले यातायात क्षेत्रलाई कम्पनी ऐन अनुसार सञ्चाल गर्न नसक्ने भन्दै संविधान कार्यान्वय गर्न नसकेको बेला बेला अनेकौ बखडा झिक्नै सरकारको आयाु छोट्याउनु जस्तै भएको बताएका थिए । उनले यातायात व्यवसायीहरुको पक्षमा आफु जहिले पनि लाग्ने भन्दै यातायातको लागि उपयुक्त निती बनाउनको लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

टुडेकर्मी  ढकाल पुरस्कृत
बुटवल, २९ चैत । 
बुटवल टुडे दैनिकका पत्रकार विश्वास ढकाल पुरस्कृत भएका छन् । बुटवल टुडे दैनिकको स्थापना कालदेखि कार्यरत रहेका ढकाललाई पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले उत्कृष्ट यातायात संवाहक पत्रकारिता पुरस्कार–२०७२ बाट पुरस्कृत गरेको छ । संघको २१ औं बार्षिक साधारण सभामा बुटवलमा आयोजना गरिएको विशेष कार्यक्रममा उपप्रधान, भौतिक योजना तथा यातायात मन्त्री विजय कुमार गच्छेदार र संघका अध्यक्ष दधिराम खरेलले संयुक्त रुपमा  ढकाललाई पुरस्कृत गरेका हुन । नगद १० हजार १ रुपैया, प्रमाण पत्र र मायाँको चिनो सहित उनलाई सम्मान गरिएको हो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै