विमा कम्पनीको ठगिधन्दा, जालझेल गरेपछि न्यायको खोजी
बुटवल, १३ बैशाख ।
तेस्रो पक्ष विमा गरेका व्याक्तिहरुको दुर्घटनामा निधन भएपछि पाउनुपर्ने तेसो पक्षको विमा बापतको रकम नपाएपछि दुई मृतकका अभिभावकहरुले न्यायको खोजी गरेका छन् । आफुहरुलाई न्याय दिलाईदिनको लागि कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय त कहिले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय धाएका छन् ।
वि.स.२०७२ असोज २ गते रुपन्देहीको सैनामैना नगरपालिका–२ झारवैरा कालिका चोक नजिक मोटरसाईकल दुर्घटनामा परी सोही नगरपालिका –६ बक्सड डाँडाका ३१ बर्षिय चिनक थारु र कापिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१५मोहर्मीका २६ बर्षिय रुद्रप्रसाद पोखरेलको निधन भएको थियो ।
दुर्घटनामापरी दुवै जना छोराहरुको निधन भएपछि तेस्रो पक्ष विमा गरेको कम्पनी एन.एल्.जी ईन्स्योरेन्स कम्पनी र नेको ईन्सुरेन्स कम्पनीमा मा जाँदा दुवैजनाले न्यायनपाएपछि दुर्घटनमा आफ्नो छोरा गुमाएका भोनिन थारु र विष्णु प्रसाद पोखरेले न्ययाको खोजीमा भौतारिएका छन् ।
लु.५ प ९६१८ नम्मबरको मोटसाईकल चलाएका चिनक चौधरीको एन.एल्.जी. कम्पनीमा बिमा गरिएको छ भने लु १ प ४३७७ नम्बरको मोटरसाईकल चलाएका रुद्रप्रसाद पोखरेलको नेको ईन्सुरेन्स कम्पनीमा विमा गरिएको थियो । तर यि दुबै कम्पनीहरुले दुर्घटना हुँदा दुई जनामा एउटाको गल्तीले हुने भन्दै जस्ले गल्ती गरेको छ त्यसले विमा बापतको रकम नपाउने भन्दै अभिभावकहरुलाई झुलाउने मात्र काम गरेका छन् । छोरा गुमाएको पिडामा विछिप्त भएका भोनिन र विष्णु प्रसाद मंगलबार बुटवलमा उप–क्षेत्रीय कार्यालय रहेको राष्ट्रिय मानवअधिकार आयोगमा पुगेका थिए ।
मृतक रुद्रप्रसादका बुबा विष्णु प्रसाद पोखरेल भन्छन्–‘कहिले यता जा, कहिले उता जा भन्दै धेरै दिन झुलायो, अहिले आएर विमा पाउदैनस् भन्छन्, हामी कहाँ न्याय खोज्न जाने ? ’ जिल्ला प्रशासन कार्यालयमा पटक पटक गएर जिल्ला प्रशासन कार्यालयबाट विमाको रकम २२ दिन भित्र दिलाईदिनु भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको च.न.३६९५ को पत्र काट विमा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ । तर विमा कम्पनीहरुले टेरपुच्चर लगाएका छैन्न । विमा गर्ने बेलामा यस्तो सेवा पाईन्छ, उस्तो सेवा पाईन्छ भन्दै विमा गर्ने विमा कम्पनीहरुले अहिले आफुहरुलाई ठग्ने काम गरेको मृतक चिनक चौधरीका बुबा भोनिन चौधरीले बताए । उनले भने–‘पटक पटक धाउदा समेत दिन मानेन्, यो कुरा माथिको भन्दै अड्काएका छन्, सिडियो कहाँ, पुलिसकोमा पनि गयौं तर केही गरेनन्, छोरा वितेको पिडा छ, के गरौं ।’
बुटवल टेक्निकल ईष्च्यिुटमा सवारी चालकको रुपमा रहेका चौधरीले सोहीबाट नै जिविका चलाउदै आएका थिए भने अर्को मृतक रुद्र प्रसाद पोखरेलले मोटरर्साकल ग्यारेज सञ्चालन गरेका थिए । पोखरेलको मृत्यु भएपछि उनका बुबाले उक्त ग्यारेज विक्रि गरिदिएका छन् ।ईन्सुरेन्स कम्पनीमा विमा बापतको रकमको लागि दावि गर्न जाँदा ‘यो कुरा माथि पुगीसक्यो, तपाई माथि जानुस् यहाँबाट हुन्न ’भन्दै फर्काकाएको दुबै पिडीतहरुले बताएका छन् ।
कानुन अनुसार तेस्रो पक्ष विमा गरिएको छ भने कुनै पनि व्याक्तिको मृत्यु हुँदा विमा बापत ५ लाख रुपैया पाउने नियम छ । तर विमा कम्पनीहरुले यो मिलेन, त्यो मिलेन जालझेल गराउने गरेको पाईन्छ ।
यता, नेपाल विमा समिति काठमाण्डौका सुचना अधिकारी पुजना ढुङ्गेलले कुनै पनि व्याक्तिको मृत्यु भएको खण्डमा उसलाई राहात प्रदान गर्नको लागि नै तेस्रो पक्ष विमा गरिएको भन्दै दुवै व्यवाक्तिको निधन भएका दुबै व्याक्तिका हक वालाने नै विमा बापतको रकम पाउनुपर्ने बताउछन् । नेपाल विमा समिति काठमाण्डौका कानुनी फाँट प्रमुख विरोध भट्ट ले कुनै पनि विमा कम्पनीहरुले यो या त्यो वाहानामा विमा बापतको रकम प्रदान गर्न ढिलाई गर्न नपाउने यदि यसो गरिएको खण्डमा कारवाही हुने बताउछन् ।
यता, चीनक चौधरीले विमा गरेको एन एलजी ईन्सुरेन्स कम्पनी लिमिटेड बुटवलका शाखा प्रमुख भरत मल्लले एक जनाको गल्ती विना दुर्घटना हुन सक्ने भन्दै आफुहरुले विमा बापतको दाविको विमा समितिम काठमाण्डौ केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको जानकारी गराए । उनले प्रहरी रिपोर्ट अनुसार लेन देखि एक दुई मिटर पर गएर दुर्घटना भएको देखिएको कारण र दुवै मृतकका आफन्त हरुले दुबै कम्पनीमा विमा बापतको दावि गरेको कारण आफुहरुले स्थानिय स्तरबाट यो समस्या समाधना गर्न नसबिने समेत बताए । यस्तै नेको ईन्सुरेन्स कम्पनीका बुटवल शाखा प्रमुख राम बहादुर थापाले यस्तो केसमा आफ्नो कार्यालयको अधिकार नभएको भन्दै फाईल काठमाण्डौ पठाइएको बताए । उनले भने–‘मैले उहाँहरुलाई काठमाण्डौ जानको लागि भनेको छु, काठमाण्डौ विमा समितिले जे लेखेर दिन्छ, सोही अनुसार अगाडी बढ्छौं ।’
छोराहरु दुर्घटनामा गुमाएका पिडीत अभिभावक र विमा गरिएकोकागज तस्वीरः कृष्ण खनाल
