रुपन्देहीमा ३४ प्रतिशत खाद्यान्न बचत

कृष्ण खनाल
बुटवल, १ बैशाख । 
खाद्यान्न उत्पादनमा नेपालमै नमुना जिल्लाको रुपमा पहिचान बनाउदै गएको रुपन्देही जिल्लाले यस क्षेत्रको माग पुरा गरी करिव ३४प्रतिशत खाद्यान्न अन्य जिल्ला
मा निर्यात गर्दै आएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद ज्ञवालीका अनुसार रुपन्देही जिल्ला कृषि उत्पादनका लागी उर्वर भुमी भएको जिल्ला हो । रुपन्देहीमा करिब ८२ हजार ६ स य २२ हेक्टर क्षेत्रफल खेति योग्य जमिन रहेको छ भने  धान र गहुँ यस जिल्लाको प्रमुख बालीहरु हुन ।
यस जिल्लामा ६९ हजार ६०० हेक्टर क्षेत्रफलमा धान लगाई करिब ४.६ मे.टन प्रति हेक्टर उत्पादन भएको छ । जुन गत बर्षको तथ्यांक हो ।  पछिल्लो समयमा व्यवसायीकरण र बढ्दो नाफामुखि कृषि पणाली अवलम्बन गर्ने गरेको कारण रुपन्देहीको माटो रोगीदै जानु कृषि उत्पादकत्वमा ह्रास आउने मा बालि विज्ञहरु चिन्तीत भएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वालि विकास अधिकृत विनोद ज्ञवाली भन्छन्–‘माटोको स्वास्थ अवस्था सुधार गर्न सकेमा हाल रहेको उत्पादन तथा उत्पादकत्वलाई अझै बृद्धि गर्न सकिन्छ । ’
जिल्लामा यो बर्ष गहुँबाली करिब २९ हजार ६०० हेक्टर क्षेत्रफलमा लगाइएको छ । जसबाट  यस बर्ष करिब ८० हजार मे.टन गहुँको उत्पादन हुने अनुमान गरिएको गरिएको उनको भनाई छ ।  गत बर्षको रेकर्ड अनुसार यस जिल्लामा जम्मा उत्पादन भएको खाद्यान्न मध्ये ३४ प्रतिशत खाद्यान्न बचत भएको थियो । जुन खाद्यान्न रुपन्देही जिल्लाको माग लाई आर्पुती गरी  अन्य जिल्लाहरुमा निर्यात पनि गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । 

जिल्ला कृषि विकास कार्यालय भैरहवा रुपन्देहीका प्रमुख भोजप्रसाद सापकोटाका अनुसार  माटोको उचित व्यवस्थापन हुन नसक्दा माटोको अवस्था दिन प्रतिदिन विग्रिदै गएको हुनाले माटो व्यवस्थापनका लागी दिर्घकालिन सोचका साथ कृषकहरुलाई जागरुक गराउनुपर्ने आवश्यकता रहेको छ ।  उनी भन्छन्–‘तर पनि राष्ट्रिय उत्पादनको तुलनामा यस जिल्लामा धान र गहुँको उत्पादन राम्रो छ,समग्रमा यस बर्षको बालीको अवस्था सन्तोषजन नै छ तर जनसंख्या बृद्धि र खेतियोग्य जमिन घट्दैगइरहेको हुनाले उपलब्ध खेतियोग्य जमिनबाट प्रति इकाई उत्पादन बृद्धिका लागी गर्नुपर्ने कामहरु धेरै नै बाँकि छन ।’
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले खाद्यान्नको अनुपातलाई वृद्धिको लागि गत बर्ष भन्दा यस बर्ष यान्त्रीकरणलाई बढि ध्यान दिएको जनाएको छ । हाल प्राथमिकतामा कृषि यान्त्रिकरणलाई जिल्ला कृषि विकास कार्यालयले रणनीतिक नै बनाएर अगाडी बढेको छ । विशेष गरी धानखेतीमा मेसिनरीहरुको प्रयोगलाई प्राथमिकतामा राखिएको छ सोही कार्यहरुको सुरुवात गर्ने तयारीमा  गरिएको जनाइएको छ । जिल्लामा केही समय पहिला देखि चैते धानको पनि करिब ३० हेक्टर क्षेत्रफलमा रोपाई गरिएको छ ।  चैते सिजनमा धान लगाउने कृषकहरुका लागी विशेष प्याकेजमा यस कार्यालयबाट सुविधा प्रदान गरेको थियो ।  धानखेतिमा भईरहेको परम्परागत तरिकाको खेतिलाई सुधार गरी धान तथा अन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व सुधारका लागी जिल्लाका कृषकरुलाई धान खेतीमा आधुनिकीकरणका लागि बाली विकासका क्षेत्रमा कृषहरुले विशेष गरी बीउ उत्पादक कृषक समुह तथा सहकारीहरुलाई मूल बीउमा अनुदान, कृषकहरुको माटो सुधारको लागी ढैचाको बीउमा अनुदान र अन्य बालीहरुको उन्नत बीउमा अनुदान र कृषि यान्त्रिकीकरणमा अनुदान जस्ता कार्यक्रमहरु यस कार्यालयबाट संचालन  गरिएका छन् । 
जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा सामुहिक रुपमा प्रदान गरिएका केही कृषि यन्त्रहरुमा नियमित मर्मत संभार नभएर संचालनमा नआउने पनि गरेका पाइएको कारण यसमा कार्यालयले विशेष ध्यान केन्द्रीत गरेको जनाएको छ । कृषि विकास कार्यालयको सहयोगमा स्थापना भएका अन्नपुर्ण बीउ उत्पादक कृृषि सहकारी संस्था मानपकडि, राधा कृष्ण बीउ विजन उत्पादक कृषक समूह मानमटेरिया, सिम्रीक कृषि सहकारी संस्था मोतिपुर जस्तै अन्य धेरै समूह तथा सहकारी यस्ता खालका कार्यक्रमबाट व्यवसायिक कृषि तर्फ लागेका उदाहरणहरु छन ।
कृषकहरुले सहज रुपमा आफुलाई आवश्यक परेको प्राविधिक सल्लाह र सुझाव पाउनका लागी यस कार्यालय अन्तरगत रहेका ४ वटा सेवा केन्द्र र ७ वटा कृषि सेवा सम्पर्क केन्द्रमा खटिनुभएका कृषि प्राविधिकहरुलाई सम्पर्क वा यस कार्यालयको पैसा नलाग्ने टोल फ्री नं १६६००७१५२०० मा पनि कृषकहरुले सम्पर्क गर्न सक्ने जिल्ला कृषि विकास कार्यालयको भनाई रहेको छ । 
नेपाल सरकारले कृषि बीमामा लाग्ने प्रिमियको ७५ प्रतिशत अनुदान पनि दिने गरेको छ । यसबाट प्राकृतिक प्रकोपबाट हुने क्षतिको क्षतिपुर्ति पाउनेछन । कृषि बीमा नै प्राकृतिक प्रकोपबाट हुने क्षतिको भरपाई गर्ने उत्तमा उपाय हो । यसको लागी कृषकहरुले बाली बीमाका लागी जिल्ला कृषि विकास कार्यालय वा नजिकको कृषि सेवा केन्द्र वा सम्पर्क केन्द्रमा सम्पर्क गरी किसानले यस विषयमा विस्तृत जानकारी लिनु पर्दछ  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै