उद्योगी व्यवसायीले भने– ‘योजना खल्तीबाट नआओस्’


कृष्ण खनाल
बुटवल, ५ बैशाख । 
 स्थानिय स्तरबाट उठाइएका विकास  निर्माणको लागि माग गरिएको बजेट  नेपाल सरकारले सार्वजनिक गर्ने बजेटको प्रथमिकीकरणमा नगरेको भन्दै प्रदेश नम्बर ५ का  उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । आईतबार नेपाल उद्योग बाणिज्य महासंघ र बुटवल उद्योग बाणिज्य संघको आयोजाना तथा नेपाल सरकार राजश्व विभागको संमन्वयमा भएको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुले स्थानिय स्तरका मुद्धामा नेपाल सरकार गम्भिर हुनुपर्ने बताएका थिए । नेपाल सरकारका अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसाद विष्णु पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बर्षौ देखि उठाइएको विकास निर्माणका करिव ४ दर्जन बढि कुराहरु प्रस्तुत गर्दै नेपाल सरकार अर्थ मन्त्रालयबाट यथोचित बजेट विनियोजनको लागि माग गरे ।
 शिद्धार्थ राजर्माको स्तरउन्नी, प्रस्ताविक मोतिपुर औद्योगीक क्षेत्र संञ्चालन, बुटवलमा मेडिकल कलेज स्थापान, स्थायी प्रर्दशन स्थान तथा अन्र्तराष्ट्रिय सम्मेल केन्द्र निर्माण, बुटवलको खानेपानी समस्या समाधान, बुद्ध सक्रिट समयमा नै पुरा गर्न लगायतका दजनौं विकास निर्माणका कार्यहरु प्रस्तुत गरेका थिए । उनले भने–‘बुटवल एउटा स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि सबैको सबैको साझा पहल भएमा अवश्य पनि सफल हुने छौं ।’

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ४ का  सांसद तथा  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रदेश  नम्बर ५ को विकासको लागि आफु प्रतिवद्वरहेको भन्दै यस क्षेत्रको विकास विना नेपालको विकास हुन नसक्ने बताएका थिए । उनले भन्सार केन्द्र्रीत राजश्व संकलन प्रणाली भएको कारण केही  समस्या भएको भन्दै अघिल्लो सालमा भुकम्प र नाकाबन्दीको कारण थलिएको नेपाल अर्थतन्त्र अव सलबलाउन थालेको बताएका थिए । 
नेपाल सरकारले केही समय पहिला निणर्य गरेर नेपालका थप ८ वटा क्षेत्रमा औद्योगीक क्षेत्र स्थापना गर्ने योजना अगाडी सारेको भन्दै रुपन्देहीको बुटवलमा रहेको मोतिपुर औद्योगीक क्षेत्रको लागि जग्गा  अभाव हुन नदिने बताएका थिए । उनले भने–‘अहिले ८ सय ८५ विघा क्षेत्रफल होईन १ हजार विघा क्षेत्रफल अधिकरण गरी काम अगाडी बढाउने कुरा फाईनल भएको छ ।’
उनले लुम्बिनी औद्योगीक करिडोरमा अव थप उद्योगहरु स्थापना गर्न नहुने भन्दै अव बन्ने औद्योगीक क्षेत्र पुर्णरुपमा औद्योगीक मैत्री हुने र त्यहा उद्योगहरु स्थापना गर्न जोड दिए । 
कालिगण्डकी नदिको डाईभरसन नेपालकै ड्रिम पोजेक्ट भएको भन्दै उनले जुन कार्य पुरा हुनेमा आफु विश्वस्त भएको बताएका थिए । कालिगण्डकीको पानी तिनाउमा ल्याउदै गर्दा विच विचमा विद्युत उत्पादन गरि नेपाललाई उर्जामा आत्मनिर्भर बनाउनको लागि आयोजना अगाडी बढाईएको र यसै आर्थि्रक बर्षमा विस्तृत अनुसन्धान सर्भे (डिपीआर) गरिने समेत जानकारी गराए । 
भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय विमान स्थललाई अन्र्तराष्ट्रिय स्तरको निर्माण गर्नको लागि आवश्यक पर्ने थप जग्गा  २ सय ४० विघा  क्षेत्रफल अधिकरण  गरिएको भन्दै उनले तोकिएकै समयमा गौतम बुद्ध विमान स्थल पुरा हुने बताएका थिए । भैरहवामा निर्माण भएको विमानस्थलको कारण लुम्बिनीको विकासमा थप टेपा पुग्ने भन्दै उनले  वृहत्तर विकासको लागि आफुले जहिले पनि तयार भएको बताएका थिए ।
सरकार उर्जा संकट कम गर्नको लागि योजनाबद्धरुपमा लागेको भन्दै उर्जा संकट निर्मुलहुनेमा विश्वस्त हुनको लागि उनले आग्रह गरेका थिए । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले उद्योगी व्यवसायीहरुले सरकार संग  बजेट भन्दा पनि विकास निर्माणको माग गरेको बताएका थिए । लगानीको वातावरण सृजना गर्नको लागि के कसरी कस्ले  सकिन्छ भन्ने विषयमा गम्भिर  भएर लाग्न आग्रह गर्दै उनले नेपालमा उद्योगहरु अगाडी बढ्न नसक्नुको कारण राजनीतिक जटिलता भएको भताएका थिए ।  नेपालको प्रशासनिक संरचना उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन भन्दा पनि निरास बनाउने खालको भएको भन्दै उनले प्रशासनिक संरचना सुधारको लागि आग्रह गरे । उनले भने–‘उद्योगी व्यवसायीहरुलाई कसरी अगाडी बढाउने भन्दा पनि कसरी तला पार्ने भन्ने काम मात्र हुन्छ, अनि कसरी उद्योग धन्दा फस्टाउन सक्छ ।’
नेपालमा उर्जा विना कुनै पनि विकास संभाभना नभएको भन्दै उनले उर्जा नै उद्योगधन्दा नफस्टाउनको प्रमुख कारण भएको बताएका थिए । 
कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव राजन खनालले संविधानले नेपालीहरुलाई धेरै अधिकार दिएको भएपनि ति अधिकार परिपुर्तिका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएका थिए । नेपालले अहिले पनि बार्षिक १५ अर्वको धान र १४ अर्वको अन्य तरकारी र फलफुल आयात गरेको भन्दै उनले आयात प्रस्थिापनको लागि सबैले एक एक गरेर सोच्ने बेला आएको बताएका थिए । ‘उर्जा नेपालीहरुको प्रमुख कारक तत्व होईन, तर अहिले विकासको प्रमुख बाधक उर्जा भएको छ, सरकारले उर्जाको विकासका लागि   थप केही गर्नु आवश्यक छ ।’–उनले भने । कृषिको विकास विना देश समृद्धि नहुने भन्दै उनले सबैले कृषि कर्ममा जोड दिनुपर्ने धारणा राखेका थिए । 
नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व परामर्स समितिका प्रमुख लक्ष्मण अर्यालले गत बर्ष उद्योगी व्यवसायीहरुबाट आएको  बजेटको करिव ६० प्रतिशत बजेट प्रथमिकतामा परेको भन्दै सय बर्ष पनि सोही अनुरुप बजेट विनियोजना हुने बताएका थिए  । कार्यक्रम आयोजना गर्नुको उदेश्यमाथि प्रष्ट पार्दै उनले सरकार लगानी मैत्री बातावारण निर्माणको लागि प्रतिवद्वता जनाएका थिए ।  
कार्यक्रममा शिक्षा विद् डा. आर.सी आर्चाय, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हिरा प्रसाद श्रेष्ठ, जिवन प्रसाल वोझा, युवा उद्यमी  अध्यक्ष अजयमान श्रेष्ठ, रुपन्देही उद्योग सघका अधयक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाला पाण्डे, तिलोत्तमा उद्योग संघका अध्यक्ष माधव भण्डारी लगायतले बोल्दै यस क्षेत्रका विकास निर्माणका विभिन्न काममा यथेष्ठ बजेट विनियोजन गरि काम समयमामा नै पुरा गर्न आग्रह गरेका थिए । 
यस्तै उद्योग बाणिज्य संघ  दाङ्गका अध्यक्ष हेमराज शर्मा, गुल्मीका  दुर्गा पाण्डे, सिद्धार्थनगरका रामकुमार शर्मा, नवलपरासीका भरत थापा, पाल्पाका भगवान महर्जन, चन्द्रौटाका जमसेर अली लगायतले बोल्दै आ आफ्नो क्षेत्रमा रहेका विकास निर्माणका प्राथमिकतामा नपरेका विषहरुको  बारेमा अर्थमन्त्री संग बजेट माग गरेका थिए । कार्यक्रम बुटवल उवासंघका महासचिव हरि प्रसाद आर्यालयको सञ्चालनमा भएको थियो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै