डेन्टिीङ्ग पेन्टीङ्गले होला स्तरोन्नती


लुम्बिनी अञ्चल अस्पताल 

कृष्ण खनाल
बुटवल, २९ चैत ।
यस क्षेत्रको पुरानो  लुम्बिनी अ
ञ्चल अस्पतालका अधिकांस भवनहरु जिर्ण छन् । केही समय पहिला गएको भुकम्पको कारण भवनको अधिकांस क्षेत्र चर्किएका छन् भने आकासे पानी पर्दा  भवन चुहेर विरामीहरुलाई समेत अन्यत्र सार्नुपर्ने बाध्यता विद्यमान छ । केही बर्ष पहिला निर्माण भएको अस्पतालको दिर्घकालिन गुरुयोजना थाती राखेर अञ्चल अस्पताल विकास समतिले अहिले अहिले डेन्टिङ्ग पेन्टीङ्ग गर्दै अस्पताल रङ्गाउने काम गरेको छ । यति मात्र होईन भुकम्पको कारण क्षतीपुगेको भवनमा अझै माथिल्लो तलामा कोठाहरु समेत थप्ने काम गरिएको छ । 
पुरानै भवनलाई चिरिच्याट्ट पारेको अवको केही महिनामा अञ्चल अस्पताले स्तर उन्नती गर्ने योजना अगाडी बढाईरहदा अत्याधुनिक भवन र सोही अनुरुपको विरामीहरुलाई सेवा प्रदान गर्ने गरी निर्माण गरिएको लुम्बिनी अञ्चल अस्पताल विकास दिर्घकालिन गुरुयोजना कहिले सुरु हुने हो भन्ने विषयमा सबैको ध्यान तानिएको छ । 
मध्यम प्रकृतिको भुकम्पजाँदा  सबै भन्दा बढि क्षती अञ्चल अस्पताले व्होर्नुपर्ने भन्दै केही समय पहिला भुकम्प विदहरुले सचेत समेत गराएका थिए  । तर यसलाई अहिले वेवास्ता गर्दै जिर्ण भवनमा केही तला थप गरी अस्पतालको  स्तरउन्नतीमा लागिएको कारण पहिला सरोकारवालाहरुले गुरुयोजनाको काम पहिलो प्राथमिकताको  साथ अगाडी बढाउनको लागि सुझाव दिएका छन् । 

लुम्बिनी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिडटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार अस्पतालका भवनहरु निकै जिर्ण र अव्यवस्थित ढङ्गका समयसापेक्ष वैज्ञानिक स्तरका नभएका र समग्रमा अस्पतालमा भएका ती भवनहरु बढ्दो सेवाग्राहीहरुको चापलाई थेग्न सक्ने परिस्थितीमा नभएका हुँदा यहाँ उपलब्ध स्रोतसाधानलाई उपयोगी गरी स्तर उन्नती गर्ने योजना अगाडी बढाएको छ । 


उनी भन्छन्–‘सो मास्टर प्लान अनुसार निर्माण हुने ब्लकहरु तयार नहुन्जेल मौजुदा भवनहरुबाट सेवा दिनु पर्ने बाध्यता रहेकोले यी जीर्ण भवनहरुलाई पनि रिपेयरिङ्ग, पेन्टिङ्ग तथा अस्थाई संरचनाहरु (जस्तैः– ओपिडिको लागि एक्सटेन्सन) निर्माण गरी सेवालाई चुस्त बनाउने प्रयास गरिएको छ ।’
उनको यो भनाई बाट के प्रष्ट हुन्छ भने भुकम्पको उच्च जोखिममा रहेको लुम्बिनी अञ्चल अस्पतालले मास्टर प्लान अनुसार आफ्नो कार्य अगाडी बढाउनु भन्दा पनि कामचलाउ रुपमा  रङ्गरोगन गरि जिर्ण भवनमा अझै तला थप्ने काम गरिएको हो । यसो गरिरहदा  दिर्घकालिन गुरुयोजना अनुसार अगाडी बढ्ने योजना झनै पछि थकेलिने निश्चित भएको सरोकार वालाबताउछन् । अस्पताल विकास समितिका पुर्व अध्यक्ष तथा नेपाली काग्रेसका नेता जनक नेपाल उनी भन्छन्–‘अस्पतालको विकासको लागि अव सुविधा सम्पन्न गुरुयोजना अनुसार अस्पताल निर्माण गर्नु आवश्यक रहेको छ । ’ 
अस्पताल परिसरको जग्गालाई भविष्यमा ५ सय बेड सम्मको शिक्षण अस्पताल सम्म हुने गरी परिकल्पनाका साथ मास्टर प्लालिङ्ग गरिएको छ । २२ वर्षपछि लुम्बिनी अञ्चल अस्पतालमा शैया (बेड) थप गरी अस्पतालाई ३०० शैयाको बनाउन लागिएको छ् तर पुराना र जिर्ण भवनको कारण कतिखेर दुर्घटना हुने हो यो भने भन्न  सकिन्न । 
२०५० सालमा अस्पतालले १ सय बेडको स्विकृति पाएको थियो । त्यसयता बेड तथा दरबन्दी थप भएको थिएन । ०५० सालकै दरबन्दीले हालसम्मको चापलाई थेगेको छ । सरकारबाट बेडको स्विकृति नपाए पनि अस्पताल विकास समितिले थप ५५ शैया थपेर अहिले १ सय ५५ सैया पु¥याएको छ । तर पनि सैया अभावको कारण प्रसूती र आकस्मिक कक्षका एउटै बेडमा तीन जना बिरामीले उपचार गराउनुपरेको  निमत्ति मेडिकल  सुपरिटेन्डेन्ट डा.  राजेन्द्र खनाल स्वीकार गर्छन् ।  अस्पतालको स्तरोन्नतिसागै सात वटा नयाँ सेवाका चिकित्सक थप हुने उनको भनाई रहेको छ । स्तरउन्तीपछि न्युरोलोजिष्ट, नेफ्रोलोजिष्ट, कार्डाेलोजिष्ट, ग्यास्ट्रोइन्टेरोलोजिकल सर्जरी, न्युरो सर्जरी, प्याथोलोजिष्ट, मनोचिकित्सक लगायतका विशेषज्ञ सेवा अस्पतालबाट उपलब्ध हुनेछन । स्तरवृद्धि भएसगै अस्पतालमा ५६ जना डाक्टरहरू थप हुनेछन । त्यसमध्ये मेडिकल अधिकृत मात्रै ३६ जना रहेका छन । अहिले मेडिकल अधिकृतको संख्या ११ जना मात्रै छ । 
डर्माटोलोजिष्ट, डेण्टल सर्जन, प्याथोलोजिष्ट, इएनटी सर्जन, अर्थाेपेडिक, पिडियाट्रिसियन, जनरल फिजिसियन, साइक्याट्रिस्ट, रेडियोलोजिष्ट, कन्सलटेण्ट सर्जन, नेफ्रोलोजिष्ट लगायतका १र१ जना चिकित्सक थप हुनेछन । नयाँ दरबन्दी अनुसार जनरल नर्सिङमा ५ जना, ल्याब टेक्निकलमा ४ जना, सहायक फार्मेसीमा ४ जना, रेडियोलोजीमा ३ जना, स्टाफ नर्स ७४ जना गरी २ सय १३ जना चिकित्सक कर्मचारी थप हुनेछन । यसअघि अस्पतालमा १ सय २९ जना सरकारी दरबन्दी थियो । सरकारी दरबन्दीको संख्या ३ सय ४२ पुग्नेछ । अस्पताल विकास समितिलाई थप भार नपर्ने भएकाले स्तरोन्नतिसागै थप सेवासमेत चुस्त रूपमा दिन सकिने अस्पताल विकास समितिका अध्यक्ष डा. प्राश्चित श्रेष्ठले बताउँछन् । सरकारी स्तरबाट अस्पताल २०५० सालमा १०० बेड स्तरको मै सोही अनुसारको दरबन्दीमा कायम भएको जनशक्तिको भरमा हालसम्म सेवा पु¥याइरहेको परिप्रेक्षमा अब अस्पतालको स्तरोन्नती गरी सरकारबाट ३०० बेड स्तरको जनशक्तिको ब्यवस्था गरी सेवा विस्तार र अन्तसंरचना निर्माणलाई संगसंगै व्यवस्थापन गर्ने तर्फ प्रयास विकास समितिले अगाडी बढाएको छ । 
अस्पतालको नव निर्मित ओटि माथि २ तल्ला र उक्त भवनको दक्षिण तर्फ एक्सटेन्सन गरी करिव १५० बेडहरुको लागि टेण्डर गरी अवको २ बर्ष ६ महिनामा समापन हुने गरी कार्य अगाडि बढाइएको छ । यो भवन निर्माण भइसक्दा अबको करीब ३ बर्षभित्र अस्पतालको बेड क्षमता करीब ४०० जनाको लागि हुने अपेक्षा गरिएको छ ।  
अस्पतालले विकाससमितिको स्रोतबाट व्यवस्थापन हुने गरी २०६० सालमा १०० बेड थप गर्ने स्विकृति पाएतापनि हालसम्म सरकारको व्यवस्थापनमा २०५० सालदेखि १०० बेड संचालनमा आएकोमा जम्मा इमर्जेन्सी बेडसम्म गरी ५५ बेड मात्र अस्पताल विकास समितिबाट व्यवस्थापन गरेको छ । जुन विषय उदेकलाग्दो विष्या भएको नि.मेसु खनालको भनाई रहेको छ । उनी भन्छन्–‘यसलाई विगतमा के भएको थियो भनेर समस्याहरु पहिल्याई भविष्यका लागि शिक्षा लिई अगाडि बढ्नु अहिलेको आवश्यकता हो भन्ने ठान्नु पर्दछ । ’
त्यसरी नै शहरी विकास तथा भवन निर्माण विभागबाट छुट्टै प्रसुती कक्ष निर्माण गरिदिने प्रस्ताव आएकोमा भविष्यमा मास्टर प्लानिङ्ग अनुसार ३ तल्ले डायग्नोस्टिक भवन निर्माण हुने ठाउँमा जग्गा छनौट गरिएको छ । सायद यसै आर्थिक बर्ष भित्र उक्त ८७ बेड क्षमताको भवन पनि निर्माणको लागि कार्य आरम्भ हुनेछ भन्ने विश्वास विकास समितिले लिएको छ । 
केही समय पहिला अञ्चल अस्पताल वरीपरीका व्यवसायीक सटर÷कवलहरु टेण्डर प्रक्रियाबाट व्यवसायीहरुलाई भाडामा लगाई अञ्चल अस्पतालको आयश्रोतमा राम्रो बृद्धि भएको  छ । यस्तै  अस्पतालको उत्तर तर्फ सडक पारीको करिव १ विगाह जग्गालाई पनि व्यवस्थित गरी आयश्रोत बढाउन टेण्डर प्रक्रियाबाट भाडामा लगाइएको छ । जसबाट पहिले बार्षिक रुपमा ३६ लाखको आम्दानी हुने गरेकोमा उक्त प्रक्रियाबाट दुई बर्षको लागि भाडामा लगाउदा अव देखी ४ गुणा भन्दा बढी बार्षिक रु.१ करोड ५८ लाख रुपैयाँ भन्दा बढी आम्दानी  हुने गरेको छ । 
बार्षिक ९ हजार ९ दैनिक ३०–३५ जना भन्दा बढी प्रसुती÷सुत्केरी हुने गरेको अस्पतालको प्रसुती कक्षमा बेड अभावमै सेवा दिन अप्ठयारो भएको परिस्थितिमा हालको प्रसुती कक्ष माथी नवनिर्मित कक्षमा समग्र प्रसुती तथा स्त्री रोग सम्बन्धिका बिरामीहरुलाई राखिने व्यवस्था मिलाएको छ । यसमा यस बर्ष थप ५० बेड राखिने अस्ताल विकास  समितिले जनाएको छ । 
अस्पतालको दिर्घकालिन गुरुयोजना लागि २ अरव ५९ करोड ३९ लाख ५२ हजार ५ सय रुपैया खर्च लाग्ने गरि स्टेमेट तयार गरि नक्सा समेत तयार गरिएको छ । तर दिर्घकालिन योजना अनुासारको काम कहिले सुरु हुनेहो भन्नेमा अन्यौल छ । यता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा अञ्चल अस्पताल विकास समितिका पदेन सदस्य विष्णु प्रसाद ढकालले अञ्चल अस्पताल स्तरउन्नती गरी  सेवा सुविधा बृद्धि गर्नु राम्रो कुरा भएको भन्दै अस्पताले अन्य स्थानका अस्पतालहरुको अनुकरण्ीय कार्यको सिको गर्नुपर्ने बताउछन् । उनले केही समय पहिला आईसियु (सघन उपचार कक्ष) स्थापना गरेर अस्तालले केही अनुकरणीय काम गरेको भन्दै एनआईसीयु  समेत सञ्चालनको लागि पहल आवश्यक भएको उनको भनाई रहेको छ । 

अस्पताले दिर्घकालिन गुरुयोजनाको लागि निर्माण गरेको नक्सा(दाया) र जिर्ण भवनको तला थपेर नयाँ बनाईएको बेड(बायाँ)  । तस्वीरः बुटवल टुडे । 
ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै