कहाँ जान्छ पेट्रोल


नापतौल कार्यालय भन्छ–‘नाप्ने यन्त्र भएन’
कृष्ण खनाल
बुटवल, २० चैत ।
 रुपन्देही र यस आसपासमा आउने पेट्रोलियम पद्धार्थ भारतको बैतालपुरबाट भलवारी(रुपन्देही) डिपोमा ल्याईन्छ ।पहिलो चरणको पेट्रोलियम पदार्थ त्यहा लोड गरेपछि पुःन त्यहाँबाट अनलोड गरी टैकरको माध्यामबाट पेट्रोल पम्पमा  लगिन्छ । तर  यसरी लगेको पेट्रोलियम पदार्थ जहिले पनि कमी हुने गरेको  पेट्रोलिय व्यवसायीहरु बताउछन् । विगत लामो समय देखि नै यसरी नै एक टैकरबाट तेल ल्याउदा ५० लिटर सम्म कमी तेल आउने गरेको व्यापारीहरुका भनाई रहेको छ । जसको कारण आफुहरु मर्कामा परेको विगत लामो समय देखि पेट्रोलियम पदार्थको कारोवार गरिरहेका व्यवसायी पे्रम न्यौपाने बताउछन् । उनी भन्छन्–‘एक चेम्बर(एक टैंकरमा) ३० देखि ५० लिटर सम्म कमी पेट्रोल आउन गरेको छ, किन यस्तो हुन्छ? यस विषयमा हामीले पटक पट कुरा उठाएका छौ तर यस विषयमा सम्बन्धीत निकायले ख्याल गर्दैन ।’ भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ भैलवारीमा रहेको डिपोमा ल्याई त्यहा चेक जाँच गरेर पेट्रोलियम पद्धार्थ डिलरहरुमा पठाउने गरिन्छ । तर यसरी जाँने तेलमा ५० लिटर सम्म कमी हुने गरेको अर्का व्यवसायी राकेश कुमार कसौधन बताउछन् ।

 टैकर व्यवसायी समेत रहेका कसौधन भन्छन्–‘केही कम हुन्छ, हावापानीको कारण तर ५० लिटर सम्म तेल उडेर जान सक्छ? के कारणले भएको हो यसको निराकरण हुनु आवश्यक छ ।’ पेट्रोलिय व्यवसायीहरुको भाषामा  एक चेम्बार अर्थात एउटा टैकरमा ३ हजार लिटर पेट्रोलियम पदार्थ हुन्छ, जुन पेट्रोलियम पदार्थ पम्प सम्म आउदा ५० लिटर कमी आउने  गरेको छ ।  टैकर व्यवसायीहरुले यो कुरा स्वीकार गर्छन् । 
पश्चिमाञ्चल टंैकर व्यवसायी संघ का अध्यक्ष राकेश कुमार कसौधनले भारतबाट ल्याएको तेल एक चेम्बरमा ३० देखि ५० लिटर सम्म कमी आउने गरेको बताछन् । उनी भन्छन्–‘यहा जाँच गर्ने मेसिन पुरानो ढर्राकोछ, जसको कारणले पनि व्यवसायीहरु मर्कामा परेका छौ ।’ उनले नेपालमा मात्र पेट्रोलिय पदार्थ लिटरमा नापेर विक्रि गर्ने परिपाटीको कारण पनि अफ्ठारोमा परेको बताउछन्  । विदेशी देशहरुमा किलोको आधारमा जोखेर पेट्रोलियम पदार्थको मुल्यांकन गरि विक्रि हुने  तर नेपालमा लिटरमा नाप्ने प्रवृत्तिको कारण पनि केही समस्यामा परेको बताउछन् । शिल्बन्दी गरेको टैकरबाट ५०÷५० लिटर सम्म पेट्रोल कमी भएको विषयमा नेपाल आयल निगम भलवारी डिपो प्रमुख भने यो कुरा स्वीकार्न तयार छैनन् । डिपो प्रमुख अशोक शाह भन्छन्–‘हामीले चेक गर्दा त रामै रिजल्ट पाएका छौ, व्यवसायीहरुबाट गुनासो आएको मैले  पटक पटक सुनेकोछु, यस विषयमा हामी पत्ता लगाएर छाड्छौ ।’
यता, नेपाल पेट्रोलिय डिलर्स एशोसियसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले नेपालमा पेट्रोलिय पदार्थ जोखेर विक्रि गर्ने परिपाटीको विकास नहुदा सम्म यस्तो समस्याको भोगी व्यवसायी भैरहनुपर्ने बताउछन् । उनी भन्छन्–‘टैंकर सहित  पेट्रोलियम पदार्थ जोखेर त्यसको परिणाम निकाली विक्रि वितरण गर्ने परिपाटीको विकास गर्नु आवश्यक छ ।’ उनी थप्छन्–‘अन्य देशमा पेट्रोलियम पदार्थ मात्र लिटरमा नापेर लिईन्छ, अन्य देशमा  तौलेर लिईन्छ, जसको कारण पनि व्यवसायीहरु मर्कामा परेका हुन  ।’
उनले नेपालसरकारसंग यसरी विचमा गायव हुने पेट्रोलियम पादर्थलाई खोजीतिन गर्नको लागि भारतको बैतालपुरबाट जोखेर मात्र नेपालमा भित्र्याउने र नेपालमा ल्याएपछि पनि पुन जोखेर पेट्रोलिय पदार्थ विक्रि वितरण गर्नुपर्ने उनको भनाई रहेको छ । ‘टैंकर सहित पेट्रोलियम पदार्थ जोखेर लिने परिपाटी बसाल्न सकेमा अवश्य पनि राम्रो हुन्छ, जसले व्यवसायी र उपभोक्ताहरुलाई समेत  फाईदा हुन्छ ।’यसको लागि नेपालमा नयाँ प्रविधि भित्र्याउनुपर्ने उनको सुझाव रहेको छ ।  
यता, नापतौल तथा  गुणस्तर कार्यालय भैरहवाका प्रमुख योगेन्द्र शर्माले आफुसंग नयाँ प्रविधिको अभावभएको कारण चेकजाँ गर्न नसकिने तर्क राख्नछ् । उनी भन्छन्–‘हामी संग जे जस्तो प्रविधि छ, त्यसैबाट काम चलाउने हो, थप प्रविधि छैन ।’ पटक पटक यस क्षेत्रका व्यवसायीहरुले स्केलले पेट्रोलियम पद्धार्थ नाप्ने प्रवित्ती अन्त्य गरी डिजिटलरुपमा टैकर सहित जोखेर पेट्रोलियम पद्धार्थ लिने परिपाटीको विकास हुनु आवश्यक रहेको बताउदै आएका छन् । 
 वि.स.२०६५ साल बैशाख १६ गते   भारतबाट आयात गरिएको पेट्रोलिय पदार्थ कम परिमाणमा  किन पुग्छ भन्ने विषयमा छानविन गर्दा तत्कालीन रुपन्देहीका प्रहरी प्रमुख  एसपी विक्रिम सिंह थापले खाडल खनेर जमीनमुनि लुकाइएका ड्रमहरुमा पेट्रोल खन्याइरहेको अवस्थामा रुपन्देही प्रहरीले मंगलबार आयल निगमका १९ वटा ट्यांकरसहित २१ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले भारतबाट ल्याइएको पेट्रोल आयल निगमको डीपोमा नपुग्दै वीचैमा गायव पर्दै गर्दाको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । 
रुपन्देही जिल्लाको पडसरी–१ र मधवलिया गाविसको वडा नंम्बर–३ मा ट्यांकरबाट तेल झिकेर लुकाइरहेको अवस्थामा प्रहरीले व्यवसायीहरुलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको  थियो । यसरी पेट्रोलिय पद्धार्थ विच बाटोमै गायव हुने गरेको कुरा प्रहरीले सार्वजनि गरेर आवश्यक कानुनी प्रकृया अगाडी बढाएको केही समय यो समस्या नभएको केही व्यवसायीहरु बताउछन् । तर अहिले पुनः यो परिणाम अनुसारको तेल पेट्रोल पम्पमा नपुग्ने गरेको व्यवसायीहरुको गुनासो रहेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै