मोवाईल मेलामा कस्ता–कस्ता मोवाईल , पाका पुस्ताले चलाउने देखि ‘स्मार्ट’ सम्म


कृष्ण खनाल
बुटवल, ५ बैशाख । 
तपाईं आफ्ना केही उमेर पाको भएका आफन्तजन, प्रियजन वा नजिकको मान्छेलाई मोवाईल उपहार दिने सोँच बनाईरहनुभएको छ भने बुटवलमा लागेको मोवाईल मेला तपाईंहरुको उत्तम विकल्प हुन सक्छ । मोवाईल मेलामा पाका पुस्ताहरुले चलाउन सक्ने
सस्तो मोवाई देखि अहिलेको नयाँ पुस्ताहरुको रोजाईमा परेका स्मार्ट मोवाईलहरु रोजी रोजी किन्न पाईन्छ । न्युनतम ८ सय ७५ रुपैयाँको सबै भन्दा सस्तो मोवाईल देखि लिएर १ लाख रुपैयासम्मको मोवाईल अहिले मेलामा राखिएको छ । 
मोवाईल मेलामा आउने अधिकांस व्यक्तिहरुको रोजाईमा मध्यम मुल्यको स्मार्ट फोनमा पर्ने गरेको पाईएको छ । तिस वटा विभिन्न ब्रान्डका मोवाईलहरु विक्रिमा राखिएका छन् मेलामा । ईन्टेक्स मोवाईलको लागि क्षेत्रीय सेल्स म्यानेजर झविन्द्र भण्डारीका अनुसार मेलामा अहिले मध्यम मुल्यका स्मार्ट फोनहरुको रोजाई सबैको रोजाईमा पर्ने गरेको छ । यस क्षेत्रको लागि ईन्टेक्स मोवाईलको अधिकारिक विक्रेता पि एण्ड पी मोवाईल रहेको छ । 
एरिया सेल्स म्यानेजर भण्डारीका अनुसार ईन्टैक्स मोवाईल १२ सय रुपैया देखि १८ हजार रुपैयाँ सम्मका रहेका छन् । अहिले मोवाईल मेलामा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने ३ वटा सेट स्टार एक्वा स्टार २, एक्वा स्टार एच डी र लाईफ २ मोडलको मोवाईलमा एक वटा टिर्सट गिफ्टको व्यवस्तथा गरिएको क्षेत्रीय सेल्स म्यानेर चौधरी गु्रपका झविन्द्र भण्डारीले जानकारी दिए । उनले भने अहिले दैनिक १० देखि १५ वटा सेट मेवाईल विक्रि भैरहेको छ ।’ ३० वटा विभिन्न मोडलमा उपलब्ध इन्टेक्स मोवाईलले लुम्बिनी अञ्चलमा करिव १८ देखि २० प्रतिशत बजार लिएको उनको भनाई रहेको थियो ।  ईन्टेक्सको अहिले बजारमा नयाँ अगाडी र पछाडी(फ्रन्ट र व्यक) एउटै क्यमेरा प्रयोग गर्न मिल्ने खालको नयाँ मोवाईल समेत बजारमा आएको छ । क्लाउड क्रिस्टल २.५ डि मोडलको उक्त मोवाईललको बजार मुल्य  १६ हजार ५ सय रहेको छ । 
यस्तै बर्ड मोवाईलमा पनि उपभोक्ताहरुलेको चासो बढ्दै गएको छ ।  यस क्षेत्रको लागि आधिकारिक विक्रेता के एण्ड के ट्रेड लिंक बुटवल ट्राफिक चोक रहेको उक्त मोवाईलको पनि स्मार्ट फोन मा उपभोक्ताहरुको भिड बढि भएको वर्ड मोवाईलको लागि क्षेत्रीय विक्रि म्यानेजर प्रकाश पराजुली बताउछन् । पहिलो दिन करिव ३० हजार बराबरको मोवाईल विक्रि भएको उक्त मोवाईलको दोस्रो दिन आईतबार करिव ३८ हजार बराबरको मोवाईल विक्रि भएको छ । डब्लु ५० एस मोडलको एन्ड्रोईड मोवाईल मा १३ महिना वारेन्टी र ६ महिना व्याट्रि र चार्जरमा ग्यारेन्टी भएको कारण उपभोक्ताहरुको चासो बढि रहेको क्षेत्रीय विक्रि म्यानेजर पराजुली बताउछन् । उनी भन्छन्–‘वर्ड मोवाईलका सबै मोडलहरुमा १३ महिना वारेन्टी र ६ महिना व्याट्रि र चार्जरमा ग्यारेन्टी छ ।’

सबैको रोजाईमा परेको सबैभन्दा  सस्तो ८ सय ७५ रुपैयाँको मोवाईल विक्रिको लागि राखिएको नोकिया मोवाईलका एरिया सेल्स म्यानेजर रुपेश त्रिपाठीले जिंक कम्पनीको  सस्तो मोवाईल खासगरी कम आयस्रोत हुने र ग्रामिण भेगमा मानिसहरुले रोजाईमा पार्ने गरेको जानकारी दिए । उनले भने–‘गाउका स्थानिय हरु तथा कम आय स्रोत हुनेहएको ले बढि मात्रामा किन्ने गर्नुभएको छ ।’ २ वटा सिम, ८ जिविको मेमोरी कार्ड लाग्ने उक्त मोवाईलमा वारलेश एफ एम रेडियो समेत रहेको छ । 
नोकिया÷माईक्रोसफ्ट मोवाईल भने बजारमा २१ सय ९० रुपैया देखि २५ हजार ५ सय ५५ रुपैया सम्मको विक्रीको लागि राखिएको छ । क्षेत्रीय सेल्स  म्यानेजर त्रिपाठीका अनुसार दैनिक २८ वटा भन्दा बढि सेट मोवाईल विक्रि भैरहेको छ । 
बुटवल उद्योग बाणिज्य संघ, बस्तुगत मोवाईल समितिका अध्यक्ष तथा मोवाईल एक्स्पो २०७३ का  संयोजक एम्.एल्. पाण्डेले मोवाईल मेलामा उत्साहप्रदरुपमा व्यापार भैरहेको बताउछन् । 
बैशाख ४ गते देखि ६ सम्म आर्थात आज समापन गरिने भएको छ । मोवाईल मेलामा ८ सय ७५ रुपैयाँ देखि १ लाख सम्मका मोवाईलहरु विक्रिमा राखिएको छ ।  ‘नयाँ बर्षको शुभकामना सबैको हातमा मोवाईल हाम्रो चाहना’ भन्ने मुल नाराका साथ सञ्चालन हुने मोवाईल मेलामा अन्र्तराष्ट्रिय बजारमा पाईने ३० भन्दा बढि ब्रान्डका मोवाईलहरु विक्रिमा राखिएको थियो । यस क्षेत्रमा पहिलो पटक आयोजजा गरिएको मोवाईल मेलामा ३०  वटा स्टल राखिएको छ । मोवाईल संगै मोवाईलका अन्य उपकरणहरु समेत विक्रि राखिएको छ । 
प्रवेशिका परिक्षा (एसएलसी) दिएका विद्यार्थीहरुको लागि विशेष छुट्का साथ मोवाईल विक्रि गरिने र यसको अलवा   मेला प्रवेशको लागि सर्वसाधारणहरुको लागि १० रुपैयाँको टिकट र अपाङ्गता भएका व्याक्ति, बृद्ध र अशक्तता भएका व्यक्तिहरुको लागि निशुल्क व्यवस्था गरिएको छ । बुटवल–८ मा रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको मेला विहान १० बजे देखि साझ ५ बजे सम्म आयोजना भएको हो । संयोजक एम एल पाण्डे भन्छन्–‘मेलामा नेपाल टेलिकम, एनसिएल, स्मार्ट सेलका सिमहरु समेत सहजरुपमा विक्रिका  लागि राखिएको छ । ’मेला आयोजक सह संयोजक विनोद पौडेलका अनुसार मेलामा दिउसो १ बजे देखि ३ बजे सम्म विशेष सास्कृतिक कार्यक्रम राखिएको थियो । 
बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जल कसजुले  विशिष्टीकृत मेलाको रुपमा मोवाईल मेला आयोजना गरी बुटवल उद्योग बाणिज्य संघले गरेको भन्दै आगामी दिनमा पनि यस्तो प्रकृतिको फरक पहिचान दिने मेला महोत्सव आयोजना गरिरहने बताउछन् । 
उनी भन्छन् –‘यस्तो फरक प्रकृतिको विशिष्ट खालको मेला आयोजना गर्नुपर्दछ, हामी यसलाई निरन्तता दिन्छौ ।’बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले गत बर्ष बुटवलमा पहिलो पटक विशिष्कृत मेलाको रुपमा जुत्ता मेला , सातौ बर्ष देखि कृषि मेला आयोजना गर्दैै आएको उद्योग बाणिज्य संघले अहिले आयोजना गरेको मोवाईल मेलालले फरक प्रकृतिको सन्देश प्रवाह गरेको बताउँछन् । उनले मोवाईल मेलामा भएको कारोवारबाट आफु उत्साहित भएको भन्दै उनले प्रत्येक ३÷३ महिनाको फरकमा एउटा  विशिष्कृत मेला आयोजना गर्ने जानकारी दिए । 
मेलाको दोस्रो दिन ६ हजार स्थानियले मेलाको अवलोकन गरेका छन् भने ४० लाख बराबरको कारोवार भएको संयोजक एम एल पाण्डेले जानकारी दिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै