दृष्टिविहिन शिक्षकलाई हाजिर गर्न रोक
कृष्ण खनाल
बुटवल, २३ चैत ।
नेपाल सरकार शिक्षक सेवा आयोगले लिएको परिक्षामा प्रतिस्पर्धागरी निमावि शिक्षक पदमा नाम निकाल्न सफलभई नियुक्ती लिएका एक दृष्टिविहिन शिक्षकलाई रुपन्देहीका दुई वटा विद्यालयहरुले शिक्षकको रुपमा स्वीकार नगरेपछि पिडीत शिक्षकले न्यायको खोजीगरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–११ दुधराक्षमा स्थायि घर भएका शंकर बन्जाडेलाई दृष्टिविहिन भएकै कारण रुपन्देहीको भैरहवाको पिरहवामा रहेको ‘महात्म बुद्ध मावि’ र रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको ‘रामापुर उच्च मावि’ले शिक्षकलाई हाजिर गर्न नदिएको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालय, क्षेत्रीय शिक्षा कार्यालय पोखराले को मिति २०७२÷०९÷२७ गते च.न.४६१ सहितको सिफारिस पत्रको आधारमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले मिति २०७२ साल माघ २९ गतेको को निर्णय अनुसार भैरहवामा रहेको महात्म बुद्ध माविमा स्थायि नियुक्तिगरी पठाएको थियो । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको हस्ताक्षर सहित ‘शिक्षा नियमावली–२०५९(संसोधन सहित)बमोजिम तोकेको सिमा भित्र नियुक्ती पत्र बुझि विद्यालयमा हाजिर हुन जानु, विद्यालय शिक्षा सेवाको शिक्षक पदमा स्थायि नियुक्ती लिनुभएकोमा बधाई’ व्यहोराको पत्र २०७२÷१०÷२९ गते जिल्ला शिक्षा कार्यालय रुपन्देहीले काटेको थियो ।
उक्त पत्रमा पदस्थापना गरेको विद्यालयको महात्मा बुद्ध मावि, भैरहवा रुपन्देही उल्लेख गरिएको छ । सोही पत्रमा शिक्षक सेवा आयोग, विदालय कितावखाना, कर्मचारी संचय कोष, नागरिक लागानी्र कोष, क्षेत्रीय शिक्षा निर्देशानलय,जिल्ला शिक्षा कार्यालय, महात्म बुद्ध माविलाई बोद्धार्थ पत्र काटी नियमानुसार हाजिरी गराई यस कार्यालयमा जानकारी दिनु भनेर उल्लेख गरिएको पत्र काटेको थियो ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट स्थानिय नियुक्ती पत्र लिएर विद्यालयमा गएका शिक्षक बन्जाडेलाई महात्मा बुद्ध माविका प्रध्यानाध्यक कनई यादब लायतका टोलीले अमानविय व्यवहार गरी हाजिर हुन नदिएको शिक्षक बन्जाडेले बताएका छन् । उनी भन्छन्–‘नियुक्ति पत्र बुझ्ने दिन ढिला भएको थियो, नियुक्ति पत्र लिएको अर्को दिन विद्यालयमा गए,तर यस्तो मान्छेले पनि पढाउछ, भन्दै हाजिर गर्न नै दिएनन् ।’ उनले थपे–‘दृष्टिविहिन भएकै कारण मलाई यस्तो व्यवहार गरिएको हो ।’ विद्यालयमा गत फागुन ३ गतेदेखि निरन्तर जाँदा समेत हाजिर गर्न नदिएपछि उनले जिल्ला शिक्षा कार्यालयमा मौखिक गुनासो गरेका थिए । करिव एक महिना सम्म पनि विद्यालयमा धाउदा कहिले विद्यालय व्यवस्थापन समितिको मिटिङ्ग बसेपछि मात्र निर्णय गर्ने भन्दै आलटाल गरेको उनको गनासो छ । पटक पटक जिल्ला शिक्षा कार्यालयबाट टेलिफोन मार्फत पनि हाजिरी गराउनको लागि भन्दै तोकता गर्दा समेत अझै अमानविय व्यवहार गरेको उनी बताउछन् । उनले फागुन ३ गते देखि ३५ दिन सम्म लगातार महात्म बुद्ध माविमा गएका थिए । तर उनलाई विद्यालयले हाजिर गर्न दिएन ।
यो गुनासो लिएर जिल्ला शिक्षा कार्यालयमा गएका उनलाई जिल्ला शिक्षा कार्यालय रुपन्देहीले उनलाई पायक पर्ने पहिला अध्यायन गरेको विद्यालय रामापुर उच्च माविमा काजमा पठाएको थियो । त्यहाँ गएका उनलाई उक्त विद्यालयले समेत हाजिर गर्न नदिएपछि पिडित शिक्षक झनै पिडामा परेका छन् । सैनामैना उच्च माविमा काजमा गत चैत ७ गते गएका उनलाई अहिले सम्म पनि उक्त विद्यालययले पनि हाजिर गर्न दिएको छैन । विद्यालयले हाजिर गर्न नदिएको कारण आफु मर्कामापरेको भन्दै उनले जिल्ला शिक्षा कार्यालय रुपन्देही, राष्ट्रिय अपाङ्ग महासं नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय र रुपन्देही नेत्रहिन संघमा समेत न्यायको लागि निवेदन दिएका छन् । उनी भन्छन्–‘दरबन्दी पाएको विद्यालयमा जाँदा पनि हाजिर गर्न दिएनन्, अहिले काजमा आएको स्कुलमा पनि हाजिर गर्न दिएका छैनन्, म माथि अमानविय व्यवहार भयो, म न्ययको लागि कहाँ जाऊ ।’
यता, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल रुपन्देहीका अध्यक्ष तथा रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनीले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार शिक्षक सेवामा नियुक्ति हुँदा अपाङ्गता भएकै करण सेवाबाट बञ्चित गराउन नपाईने बताउछन् । उनले पिडित शिक्षकको न्ययाको लागि आफुहरुले जहिले पनि न्ययाको ढोका ढकढकाउने भन्दै नेपालको संविधान अनुसार उनको मौलिक हकमाथि समेत प्रहार भएको बताए । उनले भने–‘यसरी शिक्षकलाई दृष्टिविहिन भएकै कारण हाजिर गर्नबाट रोक्न पाईदैन,नेपाल सरकारले नियुक्ति दिएपछि विद्यालयहरुले स्वीकार गरी काम अगाडी बढाउनुपर्छ ।’
यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय संयोजक सावित्रा घिमिरले नेपाल सकरारले नै निर्धारण गरेको कोटा प्रणाली अनुसार नियुक्ति पाएका शिक्षकको मौलिक हकलाई कुण्ठीत गर्ने विद्यालयमाथि कारवाही हुनुपर्ने बताउछन् । उनी भन्छन्–‘सरकारले नै कोटा निर्धारण गरेको छ, जसबाट उत्र्तीण भएका शिक्षक होस या कर्मचारी जो भएपनि नियमअनुसार काम गर्न पाउनुपर्दछ ।’
रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले कुनै पनि विद्यालयले नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरी नियुक्ति भएको शिक्षकलाई हाजिर गर्न रोक्न नपाउने बताउछन् । उनी भन्छन्–‘पहिला भैरहवाको महात्म बुद्धले हाजिर गर्न दिएन, पछि रामापुरमा पठाएका हौ, उनीहरुले पनि कुरा चिल्ला तर व्यवहारमा अर्कै काम गरे ।’ पहिला दृष्टिविहिन शिक्षकलाई हाजिर गर्न दिनपर्दछ भनेर वकालत गर्ने व्यक्तिले नै अहिले नियुक्ति दिएर गएका शिक्षक शंकर बन्जाडेलाई हाजिर गर्न नदिनु आफु आश्र्यमा परेको र यस विषयमा विस्तृत अध्यायनपछि के काम कारवाही हुने भन्ने विषयमा जानकारी दिने जिशिअ थापाले बताए ।
फोटो विवरण
शिक्षक संकर बन्जाडे, उनले लिएको नियुक्ति पत्र र अपाङ्गता परिचय पत्र ण्ण्ण्
