सन्र्दभःलोकतन्त्र दिवस –‘लोकतन्त्र आयो खै के आयो आयो ?’


कृष्ण खनाल
बुटवल, १० बैशाख ।
Butwal today daily news paper 
वि.स.२०६२साल चैत २५ गते लोकतन्त्रको पक्षमा आन्दोलन उत्कर्ष विन्दुमा पुगेको थियो । तत्कालिन् श्री ५ को सरकारले देशभर कफर््यु आदेश जारी गरेको थियो । सोही दिन बुटवलको दिपनगरबाट एमाले नेता भोजप्रसाद श्रेष्ठ र नेपाली काग्रेसका नेता  युवाराज गिरीको नेतृत्वमा विहान करिव ८ बजे एक हुल युवा कफर््युको प्रभाह नै नगरी सडकमा उत्रीए । बुटवल–८ मैत्री पथको बाटो हुदै पुष्पलाल पार्कमा गएर चर्को नारावाजी गर्दै आन्दोलन अगाडी बढाउने योजनाका साथ आएका युवाहरुलाई पुष्पलाल पार्क नजिकै नपुग्दै तत्कालिन शाही नेपाली सेनाको झुण्डले आक्रमण ग¥यो । हवाई फायर ग¥यो, अश्रु ग्यासको सेल हान्यो । करिव ८० जनाको संख्यामा रहेका युवा तथा नेताहरुमा भागा–भाग भयो । सोही आन्दोलनमा सहभागी थिए अञ्जन श्रेष्ठ  । उनी प्रहरीले  हानेको लाठी छल्दै भाग्दै गर्दा नजिकैको घरमा पसे । उनलाई घर भित्रबाट आन्दोलनकारी तै होस् भन्दै तत्कालिन साही नेपाली सेनाले कठालोमा  समाउदै वाहिर ल्यायो र बन्दुकको नाल ले आँखामा हिर्कायो । उनी भन्छन् –‘मेरो देब्रे आखाँमा बन्दुकको नालले हानेपछि मलाई त्यहाबाट  उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल पु¥याईयो,त्यहाँ आखाँमा पट्टी बाधियो । ’ उनलाई त्यहाँबाट फेरी एम्बुलेन्समा भैरहवा लगियो । 

bharathi pandey 
भैरहवामा करिव ४ दिन सम्म राखेर पनि आखाँको उपचार संभव नभएपछि काठमाण्डौ तिलगंगामा लगियो । उनी आन्दोलनमा सहभागी भएको केही दिनमा आन्दोन समाप्त भयो, देशमा लोकतन्त्रको बहाली भयो । काठमाण्डौ लगायत देशभर उत्सव ¥याली निकालिए । तर काठमाण्डौमा भएका उनी त्यो उत्सव ¥यालीमा सहभागी हुन पाएनन् । कारण उनको एउटा आखाँ पुरै ड्यामेज भएको थियो । करिव २ महिना जती अस्पतालमा बस्दा  ८० हजार रुपैयाँ जती उनको खर्चभयो । २ महिना  पछि उनी बुटवल फर्किए तर एउटा आँखाको ज्वोति सदाको लागि गुमाएर । अहिले बुटवल–११ मिलनचोकमा रहेको बुटवल टुर्स एण्ड  ट्राभल्स सञ्चालन गरिरहेका श्रेष्ठ भन्छन्–‘लोकतन्त्र पछि सरकारले ६० प्रतिशत घाईते भएको प्रमाणपत्र दिएको थियो, केही राहत रकम पनि दियो, पहिलाको खर्च पनि  सरकारले नै व्हो¥यो, केही रकम दिएको थियो त्यही ल्याएर टुर्स एण्ड ट्राभल्स खोले अहिले जिविका यहीबाट चलेको छ ।’
let.bishnu pandey whife vima (bhaghairathi)
‘उनी भन्छन् करिव  ४ लाख रुपैया जति दिएको थियो । त्यसैलाई म्यानेज गरेर यो पेशा सुरुवात गरेको हु ।’ लोकतन्त्र आएको पनि करिव १० बर्ष पुरा भएको छ । तर जनआन्दोलनका घाईते अञ्जन श्रेष्ठ अहिले पनि ५÷६ महिनामा नियमित रुपमा काठमाण्डौ गैरहन्छन् अर्को आँखाको ज्वोति पनि नगुमोस् भनेर चेकजाँचको लागि । 
 लोकतन्त्र गणतन्त्र जे आएपनि जनताले शान्ती नपाएको भन्दै उनी भन्छन्–‘राजनीति देखेरपनि अहिले मलाई वाक्क लाग्छ, लोकतन्त्र आयो गणतन्त्र पनि आयो तर खै के आयो आयो ।’
बास्तविक जनताले आभास पाउने प्रकृतिको परिर्वतन नभएको भन्दै उनले लोकतन्त्र गणतन्त्र जे–जस्तो नामाकरण गरिएपनि वास्तविक जनताले  परिर्वतनको अनुभुती गर्ने प्रकृतिको काम हुनुपर्ने उनको भनाई रहेको छ । 
जनआन्दोल २०६२÷०६३ का लुम्बिनी अञ्चलका एक मात्र सहिद विष्णु पाण्डेको देहान्त ह“ुदा उनका कान्छा छोरा केशव  ५ महिनाको गर्भमा थिए । आफ्ना बाबुको अनुहार समेत देख्न नपाएका उनी अहिले १० बर्षका भएका छन । जनआन्दोलको समयमा २०६२ साल चैत्र ३० गते नपलपरासी जिल्लाको परासी बुद्धचोकमा तत्कालिन शाही नेपाली सेनाले उनलाई गोली हानेको थियो । 
anjan shrestha 
शान्ती ,लोकतन्त्र र संविधानको लागि आन्दोलनमा होमिएर सहदत प्राप्त गरेको पनि  करिव १० बर्ष भईसक्यो तर उनको परिवारले सरकारबाट सहिद घोषणा गरेपछी राहत स्वरुप १० लाख रुपैया उपलब्ध गराएको भएपनि अन्य आश्वासन बाहेक केही पाएको छैन । नवलपरासी जिल्लाको स्वाठी गा.वि.स वार्ड नम्बर–७ बनकट्टीमा रहेको सहिद विष्णु पाण्डेकी श्रीमती भागीरथी पाण्डे दिवंगत आफ्ना पतीको सहरकारबाटै अपहेलान भएको बताउँदछीन ।
 अहिले उनीको परिवार स्थानीय हेल्थपोष्टमा अहेवको सानो जागीरले नै उनको परिवार जेनतेन धानिएको छ ।  सहीद विष्णु पाण्डेकी श्रीमती भागीरथी पाण्डेले पछिल्लो समयमा सरकारले विभिन्न राजनैतिक दवावको आधारमा अन्य विभिन्न राजनैतिक आन्दोलमा समेत मारिएका मानिसहरुलाई समेत सहीद घोषणाले सच्चा देश र जनाको लागि साहदात प्राप्त गरेको  सहीतको आपमान भएका बताउछिन् । 
 उनले भनिन्–‘ नेताहरु एक आपसमा लडिरहेका छन जसले जनआन्दोलका सहीदहरुको अपमान भएको छ, लोकतन्त्र आयो गणतन्त्र आयो तर कस्को लागि आयो त्यो अझै जान्न सकीएको छैन ।’जन आन्दोलनको मुल्य मान्यतालाई आत्मसाथ  गर्दै अगाडी बढ्नु पर्ने भन्दै उनले राजनैतिक फोहोरी खेलका कारण सहीदहरुले नया“ नेपाल बनाउने सपना समेत साकार हुन नसकेको उनको भनाई छ । उनले थपिन्–‘हाम्रो श्रीमान् लगायतका दर्जन बढि सहितहरु देशको लागि ज्यान दिएर जानुभयो तर अहिले पनि देशले कुनै कोल्टे फेर्न सकेन्, लोकतन्त्र आयो तर  वास्तविक नेपाली जनताको लागि आएन ।’
कहाँ गयो कोषको रकम कसैलाई थाहा छैन 
नेपालले लोकतन्त्र दिवस धुमधामका साथ मनाए पनि २०६२÷०६३ को ‘जनआन्दोलन राहत कोष’को  नाममा जम्मा गरिएको लाखौं रुपैया“को अहिले सम्म कुनै टुंगो  लाग्न सकेको छैन । आज भन्दा करिब १०  वर्ष पहिला स्थानीय स्तरबाट जनआन्दोलन घाईते उपचार कोष, जनआन्दोलन राहत कोष, जनआन्दोलन घाईते उद्धार कोषको लगायतका नाममा स्थानिय स्तरबाट जम्मा गरिएको लाखांै रुपैया“को लेखाजोखा हुन नसकेको हो । 
जनआन्दोलन २०६२÷०६३ उत्कर्षमा पुगेको बेला बुटवलका विभिन्न व्यक्तिहरु तथा राजनीतिक दलहरुले जनआन्दोलनको नाममा लाखौ रुपैया जम्मा गरिएपनि त्यो रकम के कति खर्च गरियो र कती रकम अहिले पनि बा“की छ भन्ने विषयमा स्वयंम कोष स्थापना कर्ताहरु नै अनविज्ञता प्रकट गर्दछन् । यसरी कोष स्थापना गरेपनि यसकोवारेमा अनविज्ञता प्रकट गर्नु ‘लोकतन्त्रको उपहास’को रुपमा कतिपयले विश्लेषण गरेको पाईन्छ ।  कोषको नाममा कति रकम जम्मा गरिएको थियो  र कति रकम कुन प्रयोजनको लागि कसरी खर्च गरियो भन्ने बारेमा उनीहरुलाई थाहा छैन । ‘पहिलेको कुरा सम्झन गाह्रो भो ठ्याक्कै यती भन्ने कुरा यकिन भएन ।’ यो उत्तर कोष स्थापना गर्ने व्याक्तिहरुको साझा उत्तर बनेको छ । 
बुटवलमा यसरी कोषको नाममा रकम जम्मा गरेपनि कुनै अत्तो पत्तो नभएको एउटा समुह हो बाबुराम भट्राई र यजाज आलमको । बाबुराम भट्राईको संयोजकत्वमा रहेको उक्त समुहमा एजाज आलम पनि थिए । उनीहरुले खोलेको जनाआन्दोलन राहत कोषमा लाखौ रुपैयाँ जम्मा भएको ईतिहासमा पाईन्छ । तर  त्यो रकम के कति कुन कार्यमा खर्च भयो भन्ने विषय अहिले सम्म पनि वाहिर आउन सकेको छैन । 
जनआन्दोलन २०६२÷०६३ उत्कर्षमा अग्रज पत्रकार डि.आर.घिमीरे र डा. कृष्ण गीरीले नेतृत्व गरेको ८  देखि १० जना समुहमा रहेको उक्त समुहले डी.आर घिमीरे र डा. कृष्ण गिरीको नाममा बुटवलको नविल बैंकमा संयुक्त खाता खोली रकम जम्मा गरेको  थियो । उनीहरुले खोलेको बैंक खातामा अहिले पनि केही रकम हुन सक्ने बताइएको छ ।  ‘जनआन्दोलन राहत कोष’को नामबाट जम्मा भएको  रकमको अहिले सम्म के कती मात्रामा व्याज भयो या कती रकम छ भन्ने विषयमा कुनै लेखा जोखा हुन सकेको छैन । 
तत्कालिन  ७ राजनीतिक दलहरुको सहभागीतामा बुटवलमै  गठन
गरिएको अर्को राहत कोषको रकम पनि के कती रहेको छ भन्ने वारेमा जानकारी नै छैन । सात राजनीतिक दलकै नामबाट  पश्चिमाञ्च डेभलपमेन्ट बैंकमा खाता खोली रकम जम्मा गरिएको थियो  । उक्त खाताबाट कती रकम खर्च भयो भन्ने वारेमा कोही पनि खुलेर बताउन चाहान्न् ।
रुपन्देहीबाट तत्कालीन १९ दिने आन्दोलनमा पेटमा गोली लागेका बुटवल–१३ देवीनगरका कुमार के.सी. पनि एक प्रतिनिधि पात्र हुँन । यस्तै बुटवल–८ इंट्टा भट्टी घर भएका सागर गुरुङ्गको पनि पेटमा  गोली लागेको थियो । अप्रेसन पश्चात गोली निकालेको भएपनि अझै पनि उनको घाउ बेला बेलामा बल्झीरहन्छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै