ख्याल गरौं विद्युत काटिएला २७५ जनाको लाईन काटियो, ४८० हुकिङ्ग हटाइयो

विद्युत चुहावट नियन्त्रण महाभियान

कृष्ण खनाल
बुटवल, १५ बैशाख ।

तपाईले घर, कार्यालय, उद्योगधन्दा तथा अन्य कुनै व्यवसायीक प्रतिष्ठानहरुमा नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता विपरित विद्युतीय मिटर जडान  गर्नुभएको छ की ? ख्लाल गर्नुपर्ने बेला आएको छ । नेपाल सरकारले  घोषित रुपमा बैशाख महिनाभर ‘विद्युत चु
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका प्रमुख कासेन्द्र प्रसाद यादवका अनुसार क्षेत्रीय कार्यालय रहेको माताहतका ९ वटा वितरणशाखाहरुबाट अहिले विद्युत चुहावट नियन्त्रण गर्ने काम जारी रहेको छ ।  उनी भन्छन्–‘सरकारको केन्द्र्रीय नितिअनुसार नै हामीहरुले यो अभियान चलाएका हौं, रुपन्देही लगायत लुम्बिनी अञचलका सबै जिल्लाहरुमा जारी छ ।’
उनका अनुसार पहाडी जिल्लाहरु गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लमा रहेको एक ÷एक वटा वितरण शाखा र तराईका जिल्लाहरु रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका दुई÷दुईवटा  वितरण कार्यालयहरुबाट खटिएका कर्मचारीहरुले विद्युत चवाहट नियन्त्रण कार्य गरिरहेका छन् । विगतका महिनाहरुमा पनि विद्युत चुहावट नियन्त्रणको लागि काम गर्दैै आएको विद्युत प्राधिकरणले बैशाख महिनालाई अभियानको रुपमा विद्युत चुवाहवट  तथा नियन्त्रण अभियानको रुपमा अगाडी बढाएको क्षेत्रीय प्रमुख यादवको भनाई रहेको छ ।
तराईका जिल्लाहरुमा रुपन्देहीको बुटवल र भैरहवा, कपिलवस्तुको तौलिहवा र कृष्णनगर र नवलपरासीको परासी र कावासोती क्षेत्रबाट कर्मचारीहरु खटिएका छन् । लुम्बिनी अञ्चलमा सबैभन्दा बढि विद्युत हुकिङ्ग हुने स्थानको रुपमा कपिलवस्तु जिल्लाको चन्द्रौटा, कृष्णनगर रहेका छन् ।  यि क्षेत्रमा धेरैजसो स्थानमा विद्युत हुकिङ्ग हुने गरेको पाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसको अलवा रुपन्देहीको  लुम्बिनी, मर्चवार र सुर्यपुरा क्षेत्र, नवलपरासीको  राजमार्ग छेउछाउको क्षेत्र बढि विद्युत हुकिङ्ग हुने स्थानको रुपमा रहेका छन् । यि क्षेत्रमा विशेष अभियान नै सञ्चालन गरी विद्युत हुकिङ्ग हटाउने काम गरिएको र मानिस सहित पक्राउ परेकोमा  कारवाहीको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको विद्युत प्राधिकरणको भनाई छ ।
भैरहवा क्षेत्रमा खासगरी उद्योगहरुले सम्झौता भन्दा बढि विद्युत उपभोग गरेको भन्दै भैरहवा वितरण शाखाबाट खटिएका कर्मचारीहरुले करिव १ सय भन्दा बढि उद्योगहरुको लाईन काटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  गर्मिको मौसमको करण भैरहवा क्षेत्रमा अहिले ६ वटा टान्सर्फर जलेका छन् भने बुटवल क्षेत्रमा ३ वटा टान्फर्रमर जलेका छन् जसको कारण समेत विद्युत आपुर्तीमा समस्या भएको  नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।

उद्योगी व्यवसायीहरुले धर्नामा बसेर विद्युत समस्या समाधानको लागि माग गरेको भन्दै क्षेत्रीय कार्यालय बुटवलका प्रमुख यादवले गण्डक नहर केही महिनको लागि  पुर्व सम्झौता बमोजिम भारतले पानी सबै लगेको र उत्पादन नभएको कारण केही समस्या आएको बताउछन् । उनी भन्छन्–‘गण्डकको उत्पादन अहिले ठप्प छ हँ, त्यहि भएर विद्युत सप्लाईमा कठिनाई आएको छ ।’  केही महिनामा सम्झौता सकिने र गण्डक नदि(नवलपरासी)मा पानीको वाहव हुनासाथ पुन विद्युत सहज हुने उनको भनाई रहेको छ ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका अनुसार अभियान सुरु भएको १० दिनमा १ सय ४  जनालाई प्रहरी समेतको टोलीद्वारा प्रक्राउ गरी कारवाही गरिएको छ ।  विद्युत चुहावट गर्ने ति व्यक्ति, फर्मबाट  कुल ३लाख ७२ हजार ५ सय ८७ रुपैयाँ ६३ पैसा रकम संकलन भएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।
जुन कारवाही कार्यालय मातहतका ९ वटा वितरण केन्द्रहरुको  समेत हो । ९ वटा वितरण केन्द्रहरुमा चुवाहट नियन्त्रण टोली गठन गरिएको छ ।  बैशाख २ गते देखि १० गते सम्म    चुहावट नियन्त्रण अभियान अन्र्तगत कर्मचारी आवास ५२ वटा, सिंगफेज मिटर १ हजार ८२ वटा, थ्रिफेज मिटर १ सय १३ वटा , मिटर रिसि, सिंगल फेज मिटर ८ सय वटा, थ्रिफेज मिटर ४८ वटा को चेँकजाँज गरिएको छ ।
यस्तै विद्युत मिटर बदली सिंगल फेज मिटर ७१ वटा गरिएको छ भने अभियान अन्र्तगत नै मिटर रिलोकेशन अन्र्तगत सिंगल फेज मिटर ९० वटा, थ्रिफेज मिटर १० वटा परिर्वतन गरिएको छ । ट्रान्सफरमर सम्बन्धि मा फेज व्यालेन्स २२ वटा, रिलोकेशन ७ वटा, अपग्रेड ४ वटा गरिएको छ ।
हुकिङ्ग नियन्त्रण सम्बन्धीमा प्रचार प्रसार÷मिटिङ्ग १७ स्थानमा गरिएको छ भने ३१ वटा टोलि परिचालन गरिएको छ । उक्त टोलीले ४ सय ८० स्थानमा लगाइएको हुकिङ्ग थुतेर कारवाही गरेको छ भने लाईन २ सय ७४ जनाको काटिएको छ ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अन्र्तगत अझै ७५ लाख ६७ हजार ५ सय ११ रुपैयाँ १२ पैसा रकम उठन बाँकी छ ।  कारवाहीबाट १६ लाख ८९ हजार ७ सय ६० रुपैयाँ १६ पैसा  संकलन गरिएको जनाइएको छ ।  सोही अभियान अन्र्तगत नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेर ६ जना ग्राहकलाई कारावाही गरेको छ । कारवाहीबाट ९६ हजार ८ सय ६७ रुपैया १३ पैसा  शुल्क उठेको छ ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले २०७२ चैत १ गते देखि चैत्र मसान्तसम्म वक्यौता रहेका १ हजार १ सय ग्राहकको लाईन विच्छेद गरेको थियो । जसबाट उठ्नुपर्ने रकम २ करोड७७ लाख ३९ हजार ५  सय २८ रुपैया ५२ पैसा बाँकी रहेको थियो ।  सोही महिना अवधिभरमा पुःन ६ सय ५०  जनाको लाईड जोडिएको छ । जसबाट नेपाल विद्युत प्राधिकरणले कुल १ करोड, ३४ लाख ६२ हज ार ३५ रुपैया ८० पैसा राजश्व संकलन गरेको छ ।


वाहट नियन्त्रण महाअभियान’ महिनको रुपमा मनाउने गरि घोषणा भए अनुसार अहिले यस क्षेत्रका सयौ उद्योग धन्दा, घर तथा व्यवसायीक प्रतिष्ठानहरुमा विद्युत महशुल लामो समय सम्म पनि नतिर्ने र सम्झौता भन्दा विपरित विद्युत मिटर जडान गरी विद्युत उपभोग गर्ने उपोक्ताहरुको विद्युत कटौती गर्ने कार्य धमाधम चलिरहेको छ । सोही अनुसार अहिले रुपन्देहीमा रहेको नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुबाट कर्मचारीहरु खटिई विद्युत हुकिङ्गभएको स्थानको हुकिङ्ग हटाउने, बढि महशुल तिर्न बाँकी रहेको उपभोक्ताको विद्युत काट्ने लगायत सम्झौता भन्दा फरक प्रकृतिको विद्युत उपभोग गर्ने उपभोक्ताहरुको समेत विद्युत कटौती गर्ने जस्ता कार्य गरेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै