घुसको अखडा बन्दै मालपोत कार्यालय बुटवल खुलेयाम घुसको कारोवार (भिडियो सहित)


कृष्ण खनाल
बुटवल, ९ बैशाख । 
भिडियो हेर्न यहाँ थिच्नुहोस  (भिडियो सहित)

 मंगलबार बुटवलको मालपोत कार्यालयमा रोचक दृश्य देख्न पाईयो । जुन दृष्य मालपोत कार्यालयमा पहिलो पटक जाने जो कोहीलाई अनौठो लाग्न सक्छ तर मालपोतमा नियमित कामको लागि जानेहरुको लागि भने यो नयाँ कुरा होईन । मालदार अड्डाको रुपमा पहिचान बोकेको मालपोत कार्यालयलाई घुस लिनदेनको अखडा केन्द्र भन्दा फरक नपर्ने देखिन्छ । मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु भन्दा पनि विचौलियाहरुले नै कर्मचारीहरुलाई घुस दिन प्रोत्साहन गर्ने गरेको देखिन्छ । काम  छिटो गरिदिने निउँमा बिचौलियाहरुले सेवाग्राहीबाट अतिरिक्त रकम लिई दिएको देखिन्छ । 

मंगलबार दिउँसो करिव १ बजे बुटवल–१० शुख्खानगरमा रहेको मालपोत कार्यालयमा जाँदा सेबा ग्राहीहरुलाई भन्दा बढि विचौलियाहरुलाई हतारो थियो । लेखापढी व्यवसायीहरुको नाममा भजाएका र बित्तिय संस्थाहरुबाट कागजात मिलाउन पुगेका विचौलियाहरु आफैले नै सेवाग्राहीलाई घुस दिन आग्रह गरिरहेका दृष्टि कोठा कोठामा देखिथ्यो । एक जना महिला विचौलिया जो आफै मालपोत कार्यालयको दर्ता चलानी फाँटमा गईन्, आफै  कार्यालयको छाप फटाफट् लगाईन् आफै जग्गा धनी पुर्जा हातमा लिईन् । र नजिकै आएका सेवा ग्राहीलाई भनिन्–‘लौ है अव ३÷४ हजार खुजुरा (चानचुन) पैसा हातमा राख्नुस् । छिटो काम हुने भा लौ हिड्नु म संगै ।’ उनले यति भनेपछि उनको पछि पछि सेवाग्राही पनि लागे । 
विचौलिया ति महिलाले विभिन्न कोठा कोठामा पस्दै लौ है सर मेरो काम भन्दै गईन्, सेवा ग्राहीबाट लौ यहाँ,  अलिकती भन्दै न्युनतम १ सय रुपैयाँ देखि ५ सय रुपैयाँसम्म लिदै कर्मचारीहरुलाई दिदै गईन् । दर्ता फाँटमा गएपछि ति सेवाग्राहीले विचौलिया महिलासंग सोधिन्–‘यहाँ पनि दिनु पर्छ ?’ सेवाग्राहीलाई संकेत मार्फत चुप लाग्न आग्रह गर्दैै उनल त्यहाँ पनि नगद १ सय ५० रुपैयाँ मागेर दिईन् । ति विचौलियाले लौ न सर यत्ती भन्दै घुस दिईन् ।  कर्मचारीले लाजै नमानि त्यो रकम  लिए । कोठा नम्बर ४ मा घुस लिदै गर्दा खिचेको तस्वीर र भिडियो संवाददाता सँग सुरक्षित छ ।
यो घुस दिएको घटना एउटा नमुना मात्र हो । मालपोत कार्यालयमा कर्मचारीहरु घुस विना काम नै गर्दैनन् भन्ने कुरालाई मंगलबारको  यो प्रतिनिधी घटनाले पुष्टी गरेको छ ।  प्रत्येक कर्मचारीहरुले घुस विना नै काम नै गर्दन्न् । एक जना सेवा ग्राही आफै विचौलिया बीना गएका थिए । उनी भन्दै थिए–‘लौ न सर भन्दै जानेहरुको काम छिटो हुन्छ, तर हामी जस्ता विचौलिया विना नजानेहरुको काम नै हुदैनन् ।’ सेमलारबाट ग्गा नामसारी गर्न आएका उनले भने–‘यहाँ कर्मचारीहरुलाई भन्दा यि मान्छेलाई भ्याइनभ्याइ  छ ।’

कुनै पनि कार्यालयमा त्यहाँको कर्मचारीहरु विना कार्यालयको छाप, कार्यालय प्रमुख वा शाखा प्रमुखको छापा र हस्थाक्षर अन्य कसैले प्रयोग गर्न पाउदैन् । तर मालपोत कार्यालयमा खुलेयाम रुपमा विचौलियाहरु आफै कार्यालय भित्र प्रवेश गरी खुलेयाम रुपमा जग्गाको ढ्ड्डा पल्टाउने छाप लगाउने तथा शाखा प्रमुखहरुको  स्ट्याम्प आफै नै प्रयोग गर्दछन् । यति मात्र हाईन विचौलियाहरुले नै सेवा ग्राहीलाई पैसा विना काम हुदैन भन्ने मानसिक छाप समेत बसाल्ने गरेको पाइएको छ । 
समाचार स्रोतका अनुसार कतिपय विचौलियाहरुले  सेवाग्राहीबाट पहिला नै न्युनतम ५ देखि १० हजार रुपैयाँ पहिला नै लिएर केही रकम कर्मचारीहरुलाई बढि अन्य रकम आफैले  राख्ने गर्दछन् । विचौलियाहरुले दिनभर संकलन भएको रकम रातको समयमा र कार्यालय समय वाहेकको समयमा  कर्मचारीहरुसंग बाडेर लिने गरेको समेत समाचार स्रोतको भनाई रहेको छ । बुटवल मालपोत कार्यालयको कोठा नम्बर ६ (मुद्धा फाँट) र  कोठा नम्बर ४, ७, ८, ५, सबै जसो कोठाहरुमा खुलेयाम रुपमा घुसको कारोबार भैरहेको हुन्छ ।  
यस विषयमा मालपोत कार्यालय बुटवलमा निमित्त प्रमुख केशवराज भट्राईले  कर्मचारीले घुस लिएको भन्दै सेवाग्राहीहरु आफु समक्ष नआएको बताउछन् । कर्मचारी कमी भएको कारण कुन कर्मचारीले कहाँ के गरेको छ भन्ने विषयमा आफुलाई जानकारी लिने फुर्सद नहुने भन्दै उनले यदि कसैले उजुरी दिएमा आफुले आवश्यक प्रक्रिया अगाडी बढाउने जानकारी दिए । उनले भने–‘कोही लेखापढीहरुले सेवा ग्राहीबाट लिएका होलान् कुनै कर्मचारीले कहाँ कुन प्रकृतिको लागि रकम मागेको हो त्यसको प्रमाण सहित आएमा कारवाही हुन्छ ।’
विचौलियाहरुकै हालिमुहालीको कारण उनीहरुले नै सेवाग्राहीहरुमा लुट्न कर्मचारीहरुलाई  उक्साईरहेको पाईन्छ । तर जिल्लामा सदाचार कायम गर्ने भन्दै लागेको जिल्ला प्रशासन कार्यालय रुपन्देही, प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा कुनै चासो नदिएको सेवाग्राहीको गुनासो रहेको छ ।
भिडियो समेत छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै