नयाँ बर्ष नयाँ उमङग कहाँ घुम्ने, कहाँ रमाउने ?

कृष्ण खनाल 
बुटवल, ३० चैत ।

 औपचारिक रुपमा  वि.स.२०७२ साल विदा भएको छ । उमङ्ग लिएर २०७३ साल भित्रिएको छ । नेपालीहरुले फरक फरक तरिकाले नयाँ बर्षलाई स्वागत गरिरहेका छन् । मनाइ रहेका छन् । रमाइरहेका छन् । नयाँ बर्षले जीवनमा खुसी, प्रगति, देशमा शान्ति र अमचयन ल्याओस भन्ने कामना गरिरहेका छन् ।   
नयाँ बर्षको अवसरमा बैशाख १ गतेका दिनलाई सरकारले सार्वजनिक विदा दिदै आएको छ । नेपालीहरुले नयाँ बर्षको दिनलाई विशेष दिनको रुपमा मनाउदै छन् । यस क्षेत्रमा नयाँ बर्षको उमङ्ग साट्नका लागि कोही विभिन्न मठ मन्दिर, कोही पार्क त कोही नयाँ मनपर्ने स्थानहरुमा गएर नयाँ बर्ष मनाउने र शुभकामना आदान प्रदान गर्ने गर्दछन् । 
नयाँ बर्ष सेलिब्रेट गर्ने स्थानको रुपमा पहिचान बनाएको बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलवारी) यस क्षेत्रको प्रमुख स्थल हो । फुलबारीमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि फुलवारीमा आउने  आन्तरिक पर्यटकहरुको लागि  सहज व्यवस्था मिलाइएको मणिमुकुन्द सेन उद्यान फुलबारीका कार्यालय प्रमुख विक्रम बस्याल बताउँछन् । उनका अनुसार गत बर्ष हजारौको संख्यामा आन्तरिक पर्यटकहरु नयाँ बर्ष मनाउनको लागि फुलवारी पुगेको थिए । यस बर्ष पनि गतबर्षभन्दा धेरै  पर्यटकहरु आउने अपेक्षा उद्यानले गरेको छ । गत बर्ष  नयाँ बर्षको दिन करिव २० हजार आन्तरिक पर्यटकहरुले उद्यानमा प्रवेश गरेका थिए भने यस बर्ष करिव ३० देखि ३५ हजार पर्यटकहरुले उद्यानमा प्रवेश गरी अवलोकन गर्ने अपेक्षा लिइएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए । उनले भने–‘विगतका बर्षहरुमा भन्दा हामीले प्रत्येक बर्ष पर्यटक लक्षित विभिन्न उद्यान, उपकारण तथा सामग्रीहरु थप्दै गएका छौ, जसको कारण पनि पर्यटकको संख्या बढ्नेमा  आशावादी छौं ।’

उद्यान विकास समितले प्रत्येक बर्ष पर्यटक लक्षित विभिन्न भौतिक पुर्वाधार निर्माण तथा  वाल उद्यान र चिडियाखानामा जनावारहरु थप्दै गएको छ । विगतका बर्षहरुमा भन्दा यस पटक चिडिया खानामा विभिन्न नयाँ थप जनाबारहरु राखिएको उद्यानमा राखिएको छ । यस्तै फुवारीले यसबर्ष नयाँ पिकीनक सेड थपेकको छ भने बाल उद्यानमा नयाँ नयाँ मनोरञ्जनका सामग्रीहरु समेत थपेको छ । 
मणिमुकुन्द उद्यान संगै नयाँ बर्ष मनाउनेहरुको रोजाईमा पर्ने अर्को स्थान हो शंकनगरमा रहेको शंकरनगर बन विज्ञान तथा अनुसन्धान केन्द्र । जसमा पनि विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नयाँ बर्ष पनि मनाउनेहरुको संख्या बढ्ने अध्ययन केन्द्रका अध्यक्ष बाबुराम अर्याल बताउछन् । यस पटक बन बाटिका परिषरमा विशेष सास्कृतीक कार्यक्रम समेत आयोजना गरिएको हुँदा अझ बढि मात्रामा पर्यटकहरु आउने अपेक्षा गरिएको अध्यक्ष अर्यालको भनाई रहेको छ । बनबाटिकामा पनि विभिन्न प्रकृतिका जनवारहरु राखिएको छ जसको कारण पनि  त्यस क्षेत्रमा आन्तरिक पर्यटहरुको आर्कषणको केन्द्र बन्दै गएको छ ।  बुटवल–१७ ढवाहमा रहेको ग्लोवल पिस पार्क शान्त र एकान्तरुपमा नयाँ बर्ष परिवारिक वातावारणमा मनाउनेहरुको लागि उत्तम  रोजाई हुने ग्लोवल पिस पार्ककी अध्यक्ष तथा ब्रहमकुमारी ईश्वरीय विश्व विद्यालय बुटवलकी अध्यक्ष कमला दिदी बताउछीन् । 
उनका अनुसार अन्य स्थानका पार्क भन्दा केही भिन्द र सुद्ध साकाहारी पार्क रहेको कारणले पनि शान्त स्वभाव भएका व्यक्तिहरु जो मांसहारी भन्दा पनि साहकारीमा विशेष जोड दिन्छन् उनीहरुको लागि उत्तम हुने उनको भनाई रहेको छ । उक्त पार्कमा कैलास पर्वतको प्रतिमा निर्माण गर्नुको साथै विभिन्न सितल छाहारीहरु समेत निर्माण गरिएको छ । 
बुटवलको हिल पार्क परिषद् पनि नयाँ बर्ष मनाउनको लागि छनोटमा पर्ने स्थान हो  । खासगरी  युगल जोडीहरुको रोजाईमा पर्ने भनिएको उक्त हिलपार्क परिषदमा गत बर्ष जस्तै यस बर्ष पनि बढि मात्रामा आन्तरिक पर्यटकहरु आउने अपेक्षा गरिएको अध्यक्ष भिमप्रसाद तुलाचन बताउछन् । हिलपार्क गुरुयोजना अनुसारको काम अगाडी अझै पुरा नभएकोमा केही आंशिक रुपमा निर्माण गरिएको भौतिक संरचनामा पनि आन्तरिक पर्यटकहरुको रोजाईको केन्द्र बन्दै आएको छ ।  यसको अलवा मिलन पार्क लगायत सिद्धबाबा मन्दिर परिषर पाल्पा, लगायतका विभिन्न स्थानहरु समेत पर्यटकहरुको लागि नयाँ बर्ष मनाउने स्थानको रुपमा छनोटमा पर्ने गरेका छन् । 
बुद्धको जन्मस्थल लुम्बिनी पनि नयाँ बर्षको दिन घुम्नका लागि धेरैको रोजाइमा पर्ने स्थल हो । जहाँ रुपन्देहीबाट मात्र नभई जिल्ला बाहिरबाट समेत नेपाली पर्यटकहरु आउने गर्दछन् । रुपन्देहीकै देवदहमा पनि नयाँ बर्ष मनाउनेहरु पुग्ने गर्दछन् । पाल्पाको सिद्धबाबा, केराबारी, जोडधारा, तानसेन, श्रीनगर, अर्घाखाँचीको सुपादेउराली, नरपानी पनि चिसो मौसमका कारण रमाइलो गर्नेहरुको रोजाइको स्थल बन्ने गरेको छ ।   


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै