नियमित विद्युत आपुर्ती नहुँदा उद्योगी आजित


कृष्ण खनाल
बुटवल, १२ बैशाख ।
रुपन्देही जिल्लामा रहेका उद्योगी व्यवसायीहरुले घण्टौ लामो लोडसेडिङ्गको कारण उद्योग धन्दा   धरासायी बन्दै गएको भन्दै उद्योग धन्दालाई सरकारले लोडसेडिङ्ग मुक्त क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । औद्योगीक क्षेत्र भित्र स्थापना भएका उद्योगहरुले समेत लोडसेडिङ्गको मारमा परेको भन्दै औद्योगीक क्षेत्र लगायत उद्योगीहरु रहेको क्षेत्रमा सरकारले छुट्टै बैकल्पीक व्यस्थापन गर्नुपर्ने  उद्योगी व्यवसायीहरुको माग रहेको छ ।
बुटवल उद्योग बाणिज्य संघका  बाणिज्य उपाध्यक्ष उज्जव कसुजले उद्योग धन्दाको विकासको पहिलो मेरुदण्ड भनेको  उर्जा भएको कारण सरकारले औद्योगीक क्षेत्र लगायत अन्य उद्योग स्थापना भएका क्षेत्रमा लोडसेडिङ्ग अन्त्य गर्नुपर्ने बताउछन् । उनी भन्छन्–‘अझै पनि सरकारले यथेष्ठ मात्रामा उर्जाको विकासको लागि लगानी गर्न सकेको छैन, अहिलेको अनुपातमा देश अगाडी बढ्ने हो भने देश विकास होईन अधोगती तर्फ जानेछ ।’
रुपन्देहीमा अहिले थप २ वटा औद्योगीक क्षेत्र स्थापनाको चर्चा चलेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ मोतिपुरमा बुटवल उद्योग बाणिज्य संघको पहलमा ‘मोतिपुर औद्योगीक क्षेत्र’ र रुपन्देही उद्योग संघ अन्र्तगतको नविनतम् औद्योगीक सहकारी संस्थाको पहलमा रुपन्देहीको सिक्टहनमा अर्को आद्योगीक क्षेत्र ।  मोतिपुरमा स्थापना हुन लागेको औद्याोगीक क्षेत्रको कामा अहिले तिब्र रुपमा आगाडी बढेको छ । जग्गाको भोगचलन स्वीकृत देखि लिएर उद्योग तथा अर्थमन्त्रीहरुले गएर अवलोकन समेत गरेका छन् भने आवश्यक जग्गा र अन्य प्रक्रिया अगाडी बढाउने आश्वासन समेत दिएका छन् ।
यद्यपी यसरी स्थापना हुने आद्योगीक क्षेत्रमा पनि उर्जाको संकट पर्न नदिनको लागि आजैबाट यस विषयमा सोच्नुपर्ने बेला आएको बुटवल उद्योग बाणिज्य संघका उर्जा दक्षता ईकाईका संयोजक अनिल कुमार श्रेष्ठ बताउछन् । उनी भन्छन्–‘आवश्यक पुर्वाधार सहितको औद्योगीक क्षेत्र स्थापना हुन्छ त र उर्जाको विषयमा पनि सोच्नुपर्ने बेला आएको छ ।’
रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी पनि उर्जाको विकास विना उद्योगहरुको विकास नहुने भन्दै यसको लागि केन्द्रीय स्तरमा नीतिगत सुधार हुनुपर्ने धारणा राख्छन् । उनी भन्छन्–‘केन्द्रबाट नै उद्योगहरुलाई लोडसेडिङ्ग मुक्त क्षेत्रको रुपमा विकास गरी सोही अनुरुपको संरचना विकास गर्नु जरुरी रहेको छ ।’
सिद्धार्थ उद्योग बाणिज्य संघका भैरहवाका अध्यक्ष राम कुमार शर्माको संयोजकत्वमा केही दिन पहिला त उद्योगी व्यवसायीहरुको एक टोली नेपाल विद्युत प्राधिकरणमा  डेलिगेसन नै गएको थिए ।  उनी भन्छन्–‘विद्युत प्राधिकरणको लापरवाहीको कारण छिन छिनमा हुने विद्युत अवरोधको कारण उद्योगी व्यवसायीहरु आजित भएको कारण डेलिगेसननै गएका हौं ।’
नियमित विद्युत आर्पुती विना लामो समय सम्म मेसिन तात्न नै समय लाग्ने र छिन छिनमा जाने विद्युतको कारण झनै समस्यामा परेको उनको भनाई रहेको छ । उक्त डेलिगेसन कार्यक्रमा लुम्बिनी करिडोरका उद्योगी व्यवसायीहरु भैरहवामा रहेका विभिन्न उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।  उनी थप्छन्–‘विद्युतको आपुर्ती विना कुनै पनि उद्योगहरुको समृद्धिको परिकल्पना गर्न सकिन्न ।’
यता, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिराज पाण्डेले अन्य क्षेत्र जस्तै विद्युत आपुर्तीमा समस्या आएको कारण व्यापारिक क्षेत्र पनि अछुतो रहन नसक्ने बताउछन् । उनी भन्छन्–‘हामी व्यापारिक साथीहरु कतिपय सामानहरु विद्यूत  निरन्तर चाहिने हुन्छन् त्यस्ता सामानहरु विद्युत अभावका विग्रिने र सड्ने गरेको कारण समस्यामा छौ ।’पटकपटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्याका कारण  रुपन्देहीमा पछिल्लो समय उद्योग चल्ने अवस्थामा नरहेको उद्योगीहरुको भनाई रहेको छ ।
ण्ण्ण्ण्ण्ण्




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै