खाद्यान्न विउ उत्पादनमा लगानी बढ्दो


कृष्ण खनाल
बुटवल, १५ बैशाख ।

खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लाले क्रमस खाद्यान्न विउ उत्पादनमा समेत अब्बल जिल्लाको रुपमा अगाडी बढाउदै गएको छ । जिल्लामा आवश्यक पर्ने उन्नन प्रकृतिको खाद्यान्न विउ उत्पादन गरी जिल्लाको मागलाई परिपुर्ती गरी अन्य जिल्लामा समेत विउ निर्यात हुदै आएको छ ।
रुपन्देही जिल्लामा २७ वटा बीउ उत्पादक संस्थाहरु रहेकोमा  निजी बीउ बिजन कम्पनीहरु ४ वटा स्थापना भएर सञ्चालनमा आएका छन् भने  समूह तथा कृषि सहकारी मार्फत २३ वटा संस्थाहरुले विउ विजन उत्पादन गर्र्दै आएका छन्  भने सरकारी क्षेत्रबाट १ वटा कम्पनी स्थापना भई सञ्चालनमा भएको छ । केही समय पहिला रुपन्देहीमो मोतिपुरमा नेपालकै नमुना  ४ वटा विउ प्रसोधन उत्पादन तथा भण्डारण केन्द्रको रुपमा  सिम्रीक कृषि सहकारी संस्थाले फर्म स्थापना गरी सञ्चालनमा ल्याएको छ ।  जिल्लामा  बीउ प्रशोधन क्षमता भएका कम्पनीहरु ४ वटा नीजी क्षेत्रबाट सञ्चालनमा आएका छन् भने  सहकारीमार्फत ३ वटा र सरकारी १ गरी कुल ८ वटा कम्पनी तथा संस्थाहरुको कूल बीउ प्रशोधन  गर्दै आएका छन् । जसबाट रुपन्देहीमा  २० मेट्रिक टन प्रति घण्टा विउ प्रशोधन गर्न सकिन्छ ।
बुटवल उपमहानगरपालिका–१९ मोतिपुरमा  रहेको सिम्रीक कृषि सहकारी संस्थाले सामुदायिक विउ प्रशोधन  तथा भण्डारण केन्द्र स्थापना गरेको हो । नेपाल सरकारको सिंचाही तथा जलसोत परियोजना अन्र्तगत करिव ३ करोड लागतमा उक्त  विउ प्रसोधन  तथा भण्डारण केन्द्रको स्थापना गरिएको हो । सहकारी संस्थाका अध्यक्ष ज्ञानेश्जर आचार्यका अनुसार करिव १० कठ्ठा क्षेत्रफलमा ८० प्रतिशत विश्व बैंकको ऋणअनुदानमा नेपाल सरकारको लगानी रहेको छ भने अन्य २० प्रतिशत लगानी कृषि सहकारी संस्थाले गरेको छ ।
अध्यक्ष आचार्य भन्छन्–‘विउ प्रसोधन केन्द्र सञ्चालनमा आएपछि रुपन्देहीलाई विउमा आत्मनिर्भर बनाउनको लागि थप सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’  विउ उत्पादन मात्र गरेर मात्र नभएर यसको बजारीकरणमा समस्या रहेको भन्दै उनले नेपाल सरकार समक्ष सबै कृषि सहकारी संस्था तथा  विभिन्न प्राईभेट कम्पनीहरुले उत्पादन गरेको विउलाई  एकिकरण गरी बजार व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
संस्थाको उपाध्यक्ष गणेश बहादुर गाहाका अनुसार वि.स.२०५६ सालमा स्थापना भएको उक्त सहकारीले नेपालका ४ वटा मात्र सहकारले पाउने अनुदान प्राप्त गर्न सफल भई उक्त विउ प्रसोधन केन्द्र निर्माण गर्न सफल भएको हो ।

आयोजनका संयोजक राजेन्द्र मिश्रका अनुसार नेपाल सरकार सिंचाही तथा जलसोत आयोजना  मार्फत २ करोड १८ लाख १ हजार ३ सय ९९ रुपैयाँ १२ पैसा नेपाल सरकारको लागानीरहेको  छ भने बाँकी ९१ लाख २३ हजार ९ सय २३ रुपैयाँ सहकारीले लगानी गरेको हो । परियोजना संयोजक मिश्र भन्छन्–‘उक्त विउ प्रसोधन केन्द्रले प्रति घन्टा  २ मेट्रिक टन बिउ प्रशोधन गर्न सक्ने क्षमता रहेको छ । ’
 रुपन्देही जिल्लामा फिल्ड कार्यालय रहेको किसानका लागि उन्नत विउ विजन कार्यक्रम परियोजना प्रमुख लक्ष्मण प्रसाद पौडेलले किसानहरुमा अझै पनि उन्नत विउ प्रयोग गर्नुपर्दछ भन्ने धारणाको विकास नभएको भन्दै किसानहरुलाई जनचेतनाको स्तर बढाउनको लागि पनि यस्तो प्रकृतिको  विउ प्रशोधन  तथा भण्डारण केन्द्र स्थापना हुनुपर्ने बताउछन् । उनी भन्छन्–‘सहकारी भनेका देशको अर्थतन्त्रका खम्बाहुन, सहकारी मार्फत भएका लगानीहरुलाई सरकारले समेत पोत्साहन गर्नुपर्दछ  ।’
जिल्ला विउस उत्पादक कृषक समुह रुपन्देहीका अध्यक्ष तथा अन्न्पूर्ण विउ प्रशोधन केन्द्रका अध्यक्ष नुर बहादुरा रानाले राष्ट्रिय गहुवाली अनुसन्धान केन्द्रले उत्पादन गर्ने  विउ र अन्य प्राईभेट कम्पनीहरुले उत्पालन गर्ने विउमा नेपाल सरकारले अनुदानको लागि पछौटेपनको व्यवहार गरेको भन्दै उनले यस्तो कार्य नगर्नका लागि आग्रह गर्दछन् । उनी भन्छन् –‘विउ सबैले उत्पादन गर्ने हाईब्रेड विउ नै हो, गुणस्तरविना कसैले पनि विक्रि वितरण गर्न   पाउदैन, तर सरकारले यसमा फरक प्रकृतिको व्यवहार गरेको छ, जसको कारण विउ उत्पादनक  संस्थाहरु मारमा परेका छन्  ।’
यस्तै, विउ उत्पादनक कृषक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सुवोधराज उपाध्ययले नेपालमा उत्पादन हुने करिव ७० प्रतिशत विउ नीजी क्षेत्रबाट उत्पादन हुने भएको भएपनि सरकारले सरकारी तवरबाट मात्र उत्पादन भएका विउहरुलाई प्राथमिकीकरण दिएको भन्दै यसो नर्गन आग्रह गर्दछन् । सोत विउमा सरकारले अनुदान नदिएको भन्दै उनले मुल विउ र सोत विउमा अनुदान विना कसरी हाईब्रेड विऊ उत्पादन हुन्छ भन्ने विषयमा प्रतिपश्न समेत गरे । सरकारले  कृषि जन्य अन्य उत्पादन ढुवानीको लागि साधानमा भन्सार छुट गरे जस्तै विउ ढुवानी, विउ प्रसोधन गर्ने मेसिनहरुमा पनि सरकार संग छुट माग   गर्दछन् ।
यता, रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी  युवाराज सुवेदीले कृषिको विकास विना देश समृद्धि नहुने  भन्दै रुपन्देही कृषिको लागि नमुना जिल्ला हुँदा हुदै पनि सिंचाहीको अभावको कारण कयौ पटक कृषि प्रभावित भएको भन्दै यसको लागि जिल्ला परिषद्बाट कृषि र पर्यटनलाई प्राथमिकिकरणमा राखिएको बताउछन् । उनी भन्छन्–‘सुगम जिल्ला हुदा हुदै पनि सिंचाहीको समस्या रहेको छ, अहिले सिंचाही व्यवस्थापनको लागि जिल्ला परिषद्बाट प्राथमिकीकरण निर्धारण गरिएको छ ।’
विश्व बैंकका टाक्स टिम लिडर डा. पुर्ण बहादुर क्षेत्रीले विउ प्रशोधन केन्द्र निर्माणको लागि धेरै सहकारीहरुले निवेदन दिएको तर बुटवलको सिम्रीक कृषि सहकारी संस्थाले अन्य भन्दा बढि तत्परता देखाएको कारण योजना अगाडी बढाइएको जानकारी दिए ।
कृषि विभागका महानिर्देशक डा. युवकध्वज जि.सी.ले  कृषिको माध्यमबाट देश विकासको परिकल्पना गर्न सकिने भन्दै उन्नत विउविजन, सिंचाही र मलखातको प्रयोग गरि सिमित क्षेत्रफलबाट पनि धेरै ठुलो लाभ लिन सकिने बताउछन् । उनी भन्छन्–‘अवको खेती भनेकोे उन्नत विउ विजन प्रयोग गरि  खेतीमा यान्त्रीकरण गरेर कृषि कर्म अगाडी बढाउनुपर्दछ, अनि मात्र देश समृद्धि हुन्छ ।’
 कृषि विकास मन्त्रालयका सह सचिव कासीराज दाहालले नेपालमा कृषि क्षेत्रको विकासको लागि सहकारी  क्षेत्रको योगदान दिएको भन्दै जिल्ला विकास समितिले २० प्रतिशत भन्दा बढि बजेट कृषि क्षेत्रमा लगाउनको लागि  आग्रह गर्दछन् । उनी भन्छन्–‘सरकारले कृषि जन्य उत्पादनको मुल्य निर्धारण गर्ने समेत तयारी गरेको छ, जसको कारण उत्पादित बस्तु बजारी करण र उचित मुल्य किसानहरुले पाउनेछन् भन्ने विश्वास लिएका छौं ।’कृषिको विकासका लागि कृषिजन्य उत्पादन तथा भण्डारको पहिले प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने समेत उनको भनाई रहेको छ । नेपाल सरकारका कृषि सचिव उत्तम कुमार भट्राईले सरकारले नै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतमा राखेको भन्दै पछिल्लो समयमा किसानहरुले उन्नत विउ प्रयोग गर्ने क्रम बृद्धि भएको जानकारी दिए । उनका अनसार  कृषिमा उत्पादन बढाउनुको उत्तम विकल्प भनेको हाईब्रेड जातको विउको प्रयोग बढाउनुनै हो  । उनी भन्छन्–‘नेपालमा अहिले प्रति हेक्टर ३.३ मेट्रिक टन धान उत्पादन हुदै आएको छ , हामी नयाँ कृषि विकास रणनीति स्वीकृत गरेर कार्यान्वयनको चरणमा रहेका छौ । ’रुपन्देहीमो मोतिपुरमा स्थापना भएको विउ प्रसोधन तथा भण्डारण केन्द्र नेपालका  ४ वटा केन्द्र मध्ये एक हो । आधा बिगाहा क्षेत्रफलमा फैलिएका। केन्द्रले खाद्यान्नका उन्नत बिउ उत्पादन गर्ने र भण्डारण समेत गर्नेछ । अहिलेका लागी तत्काल मसिनो र बासनदार चामलका लागी आबश्यक धानको उन्नत बिउ बजारमा ल्याउने सस्थाले जनाएको छ । २०५६ सालमा स्थापना भएको सिम्रिक कृषी सहकारी सस्थामा ३ सय ३९ शेयर सदस्य छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार गत आर्थिक बर्षमा रुपन्देही जिल्लामा  उन्नत उन्नत बीउको रुपमा  धान २ हजार १ सउ मेट्रिक टन उत्पादन गरी विक्रि वितरण भएको पाइएको थियो । त्यस्तै गहुँको विउ २ हजार ५ सय मेट्रिक टन उत्पादन भई निर्यात समेत भएको छ भने दलहन वालीमा मुसुरो ४ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहकिा अनुसार गत आर्थिक बर्षमा करिब गँहु को विउ १ हजार २ सय मेट्रिक  जिल्ला बाहिर विक्रि भएको छ भने  करिव ८ सय मेट्रिक टन  धानको विउ जिल्ला बाहिर बेच बिखन भएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत विनोद ज्ञवालीका अनुसार उक्त परिमाणमा विउ उत्पादन गरी विक्रि वितरण गर्दा रुपन्देहीले  बार्षिक करिब ३० करोड रुपैयाँ बराबरको बीउ बिजन मा कारोबार  गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटका  भन्छन्–‘जिल्ला भित्र तथा अन्य जिल्लाबाट उन्नत बीउको माँग बढ्दो छ ।’ उनले गँहु तथा धानको राधा ४ को बीउ छिमेकी भारतिय क्षेत्रमा समेत उच्च माँग रहेकोकोले त्यसको उत्पादन गरी विक्री वितरण गर्न सकेकमा अझ राम्रो हुनेछ ।
उनी थप्छन्–‘खाद्यान्नमा विउ वाहेक तरकारी, तोरी, केराउ, चना, मूँग, मास, सूर्यमुखी, अरहर, मसला बाली आदिको बीउ उत्पादन नभएकोले अन्य जिल्ला वा बिदेशबाट आयातमै निर्भर हुनु परेको अवस्था छ ।’
 रुपन्देहीमा अहिले धान करिब ४० प्रतिशत क्षेत्रफलमा धानका बिभिन्न भारतीय तथा चाईनिज हाईब्रिड जातहरुको प्रयोग हुदै  आएको छ भने गँहु हाईब्रिड जातको प्रयोग नभएको तथा खुला सेचित जातमा आत्मनिर्भर हुनु परेको अवस्था छ । त्यस्तै मुसुरो हालसम्म हाईब्रिडको प्रयोग हुन सकेको छैन । मकैको विउमा रुपन्देही जिल्लमा  करिब ३० प्रतिशत क्षेत्रमा बहुराष्ट्रिय कम्पनी तथा भारतीय हाईब्रिड जातहरुको प्रयोग हुदै आएको छ । तोरीको विउमा करिब २० प्रतिशत क्षेत्रमा भारतीय उन्नत÷हाईब्रिड जातहरुको प्रयोग भएको छ भने तरकारी ९५ प्रतिशत  बिभिन्न बहुराष्ट्रि«य, भारतीय, चाईनिज कम्पनीका उन्नत तथा हाईब्रिड जातहरुको बाहुल्यता रहेको छ ।
रुपन्देही जिल्लामा बीउ चक्र पालना नगरि बीउ उत्पादन गर्ने परिपाटीले श्रोत बीउको अभाव हुनुको साथै बीउको उत्पादनमा कमि, खाद्यान्न बालीको बीउको गुणस्तरमा एकरुपता कायम गर्न नसकिएको , दलहन बालीको बीउ उत्पादनमा जोखिम व्यवस्थापन गर्न नसक्दा कृषक तथा व्यवसायिहरुको आकर्षण कम रहेको, तेलहन बालीको बीउको हकमा जोखिम व्यवस्थापन गर्न नसकिएको साथसाथै गुणस्तरयुक्त बीउ उत्पादनको लागि आवश्यक मापदण्ड पुग्ने क्षेत्र (जस्तैः पृथकता दुरी) उपलब्ध नहुनु जस्ता समस्याहरु विउत्पादन तथा प्रशोधनमा समस्याको रुपमा खडा भएका छन् ।
त्यस्तै खुला भारतिय सिमानाको कारण गुणस्तरहिन बीउको आयत कार्यलाई प्रभावकारी रुपमा नियमन गर्न नसकिनु, हाईव्रिड जातको विकास भएता पनि (जस्तैः रामपुर हाईव्रिड २, मकै) निजी क्षेत्रलाई सोको प्रविधि हस्तान्तरण गरि बीज बृद्धि गर्न प्रोत्साहन नहुनु, विद्यमान बीउको मुल्यमा अनुदान परिपाटिले गर्दा प्रतिस्पर्धात्मक बातावरण गुम्न गई बीउ व्यवसायि निरुस्साहित हुनु,  प्राथमिक बीउ उत्पादक ( कृषक समूह) सग प्रारम्भिक प्रशोधन तथा भण्डारण पुर्वाधारमा कमि , जिल्ला पश्चिमान्चल क्षेत्रकै बीउ उत्पादन केन्द्र बन्न सक्ने सम्भावना भएता पनि सो अनुरुपको पुर्वाधार विकासको लगानीको कमि  रहनु पनि विउ उत्पादनमा समस्याको रुपमा देखा पारेको पाइएको छ ।
 जिल्ला कृषि विकास कार्यालययय रुपन्देहीका अनुसार रुपन्देही जिल्लामा स्थापना भएका विउ उत्पादक तथा प्रशोधन कम्पनीहरुको भविश्य समेत राम्रो हुदै गएको छ । बीउको प्रतिस्थापन दर क्रमशः बढदै गएकोले प्रत्येक बर्ष बीउको आवश्यकता बढदै  जादा यसको उपयोगीता पनि बढ्दै जान्छ जसको कारण स्थापना गरेका कम्पनीहरुलाई फाईदा पुग्ने देखिन्छ ।  सरकारले पनि बीउ ब्यवसाय स्थापनाका लागि अनुदानको ब्यवस्था गरेका छ भने सरकारले विउ भिजन २०२५ ल्याएकोले पनि बीउको व्यवसायीकरण, ठूला बीउ कम्पनी स्थापनामा जोड दिएकोे छ । रुपन्देही भौगोलिक बिविधताले गर्दा बीउ उत्पादनको लागि आवश्यक हावापानी उपलब्ध भएको कारणले पनि विउ उत्पादनमा कुनै खासँ समस्या हुदैन ।
यस्तै  रुपन्देहीको हकमा विशेष गरी खाद्यान्य बाली (धान, गहँु), दलहन (मूसुरो) र तेलहन ( तोरी) बालीमा  खायनको रुपमा भन्दा बीउ उत्पादन व्यवसायबाट बढी आर्थिक लाभ लिन सकिन्छ ।  उत्पादीत विउ यातायतातको माध्यमबाट नेपालको पूर्व, पश्चिम र उत्तर क्षेत्रमा बजारको सहज पहुँच पुर्याउन सक्ने रणनैतिक केन्द्रमा रुपन्देही जिल्लाको अवस्थिती समेत राम्रो रहेको छ । बीउ विजनको व्यवसायीकरणका लागि निजी क्षेत्रको सहकार्यमा ठुलो बीउ उत्पादक कम्पनी स्थापनाको लागि पूर्वाधार विकास गरी साना साना बीउ उत्पादन कृषक समूह तथा सहकारीलाई रणनैतिक सहभागिको रुपमा आबद्ध गराउन सकेमा अझ राम्रो हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको भनाई रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै