निकट भविश्यमा व्यवसायीक‘कन्ट्राक्ट फर्म खोल्दै छौं ।’


कलाधर पन्थी
अध्यक्ष रारा कृषि सहकारी संस्था लिमिटेड,बुटवल
गुल्मीको वाग्ला गाविस–१ स्थायी घर भएका कलाधर पन्थी वि.स.२०५८ साल देखि बुटवलमा बस्न थालेका हुन । स्वरोजगार ठेला युनियनको जिल्ला  कमिटिको सचिव , लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघको ९ बर्ष महासचिव भएर काम गरे । कृषि उपज थोक बजार सञ्चालक समितिको ४ बर्ष अध्यक्ष भएर समेत काम गरिसकेका छन् । एसएलसी पास गरेका पन्थी अहिले रारा कृषि सहकारी संस्था लिमिटेड बुटवलको अध्यक्ष छन् । तिनै अध्यक्ष पन्थी संग सहकारीका विविध विषयमा केन्द्रीत रहि बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी । 

सहकारीको स्थापना कहिले गर्नुभयो ? 
– वि.स.२०६६ साल मंसिर महिनामा स्था पना गरेका हौं । 

सहकारी स्थापना गर्दा कति सदस्य ? 
–१२ जना  सदस्यबाट दैनिक १० रुपैयाबाट संकलन गरेर सुरु गरेका  हौ । 

कृषि सहकारीको अवधारणा कसरी आयो? 
–हामी संग जोडिएका अधिकांस साथिहरु दुग्ध व्यवसाय गर्ने हुनुहुन्थ्यो भने हामी फलफुलको व्यापार गर्दथ्यौ । सोही अनुसार एउटा समुह र सहकारी स्थापना गर्नुपर्दछ भन्ने धारणाको विकास भएर हामी यो कृषि क्षेत्रमा लागेका हौ । हाम्रो कृषि क्षेत्रमा नै कर्म भएको कारणले हामी कृषि सह कारीमा आयौं 

सहकारीमा कस्तो कस्तो प्रकृतिका सदस्यहरु हुनुहुन्छ ? 
–हाम्रो सहकारीमा अधिकांस सदस्यहरु कृषि क्षेत्रमा आवद्व भएको हुनुहुन्छ । केही कृषि जन्यदुग्द उत्पादना, फुलफुल विक्रि वितरण र कृषि जन्य  बस्तु उत्पादनमा लाग्नु भएको छ भने कुनै उत्पादित बस्तु बजारीकरणको लागि लाग्नु भएको छ  र केही   साथीहरु व्यवसायीक रुपमा समेत लागेका सददस्यहरु हुनुहुन्छ । 

मर्जको अवधारण कसरी आयो ? 
–हामी दुई वटा कृषि सहकारीहरु एउटै उदेश्य लिएर अगाडी बढिरहेको अवस्था थियो । सेमलारमा रहेको चिराग कृषि सहकारी संस्था र हाम्रो रारा कृषि सहकारी संस्थाको उदेश्य एउटै भएको कारण एक आपसमा सहयोगी भावना राखेर अगाडी बढ्नुपर्दछ भन्ने   उदेश्यले  एकिकरण गरेका छौ । चिराग कृषि  सहकारी संस्थाले कृषि जन्य बस्तु उत्पादन गर्दै आएको थियो भने हामी रारा कृषि सहकारीमा आवद्ध सदस्यहरुले कृषि जन्य उत्पादनलाई व्यवसायीकरण र बजारी करण गर्दै आएका थियौ । अहिले दुई वटा सहकारी मर्ज भएर २ सय ८२ जना सदस्यहरु आवद्व भएका  छौं । 

अवको योजना के छ ? 
–हामी बुटवलमा  र समेलारमा रहेको कृषि सहकारी एक  आपसमा मर्ज भएपछि अव व्यवसायीक रुपमा कृषि कन्ट्रयाक्ट फर्म स्थापना गर्ने सोँच बनाएका छौं । बुटवलमा भएका साथीहरुले   उत्पादित कृषि जन्य बस्तुको बजारीकरण गर्ने र समेलारमा भएका साथीहरुले कृषि जन्य बस्तुको उत्पादन गर्ने गरी अवधारणा विकास गरेका छौ । हामीलाई  उक्त कृषि फर्मको लागि  लगानी गर्नको आर्थिक अभाव छैन । निकट विभश्यमा नै उपयुक्त जग्गा छनौट गरि कृषि उपज केन्द्र बुटवलाई ३ महिना सम्म पुग्ने तरकारी जन्य उत्पादन र  करिव ६ महिना सम्म  दुग्ध जन्य उत्पादनले थेग्ने गरी वृहत अवधारणाका साथ फर्म स्थापना गर्ने लक्ष्य रहेको छ । 

अहिले सहकारीको पुजी कती छ ? 

–३ करोड २५ लाख रुपैया हाम्रो पुँजी  पुगेको छ । त्यसमा शेयर सदस्यहरुको शेयर पुजी ७१ लाख ५० हजार रुपैया रहेको छ । हामी प्रति शेयर १०० रुपैयाको रुपमा विक्रि गरेका छौ । अहिले हाम्रो सदस्यहरुले धेरैमा २५ हजार रुपैया सम्मको लिनु भएको छ । हामी मासिक १ हजार रुपैयाँ बचत र २० रुपैया रकम शेर सदस्यहरुको जटिल उपचार र दुर्घटना  उद्धार कोषमा  राखेका छौ । 

सहकारीले कुन कुन क्षेत्रमा लगानी गरेको छ ? 
–हामीले ९० प्रतिशत लगानी कृषि क्षेत्रमा छ । केरा खेती, फलफुल खेती र विक्रि वितरण यसको साथै दुग्धजन्य उत्पादनमा लगानी गरेका छौ । अहिले सहकारीका सदस्यहरुले व्यक्तिगत रुपमा रकम लगेर लगानी गर्नुभएको छ भने आव हामी शेयर सदस्यहरुको विचमा एक आपसमा सम्झौता गराएर सामुहिक रुपमा कृषि  क्षेत्रमा लागनी गर्नुपर्दछ भन्ने योजनामा  अगाडी बढेका छौ । यसको गर्दा किसानको लागत रकम कम पर्न जाने हाम्रो आँकलन हो  । यसको साथै  सरकारले ल्याएको अवधारण एक क्षेत्र एक उत्पादनमा समेत  लागानी गर्ने योजना अगाडी बढाएका छौ । 

कन्ट्राक्ट फारमिङ्ग कस्तो फारमिङ्ग हो  ? 
–हामी नजिकको बजारलाई कुन सिजमा के कती मात्रामा बस्तु चाहिन्छ, कती लाग्छ भन्ने विषयमा उत्पादीत बस्तु लिएर निश्चित  रकम लिएर विक्रि वितरण गर्ने योजना नौ कन्ट्राक्ट फामिङ्ग हो । हामीले आजको भोली नै यो फामिङ्ग सुरु गर्नुभन्दा पनि निकट भविश्यमा नै यस्तो प्रकृतिको फार्म स्थापना गर्ने योजना अगाडी बढाएका छौ । 

सरकारी निकायबाट कस्तो सहयोग पाउनुभएको छ ? 
–खासै सहयोग नै भनेर नगद सहयोग पाएका छैनौ । तर प्राविधिक रुपमा बेला बेलामा सहयोग र सद्भाव भएका छौ । रुपन्देही जिल्ला दुग्ध उत्पादनको लागि नमुना जिल्लाको रुपमा बन्न सक्छ भन्ने मेरो भनाई छ । यस अलवा केरा खेतीको लागि पनि संभावना छ । हामी केरा केती र दु ग्ध क्षेत्रमा लगानी गर्ने दिर्घकालिन योजना अगाडी बढाएका छौ । 

नाम कृषि तर काम अर्कै गर्ने सहकारीलाई के भन्नुहुन्छ ? 
–सरकारबाट पाउने अनुदानको लोभमा कृषि सहकारी दर्ता गर्ने कार्य गलत हो । हामीले अहिले स म्म  कुनै पनि अनुदान लिएका छैनौ । सरकारले आर्थिक नगद भन्दा पनि प्राविधिक सहयोग गर्नुपर्दछ । उक्त क्षेत्रमा कस्तो बस्तु उत्पादन हुन्छ, के कस्ता उपकारण आवश्यक छ ? भन्ने विषयमा निरर्कौल गरी प्राविधिक सहयोग सरकारबाट हुनुपर्दछ भन्ने मेरो भनाई छ ।सरकारले  उत्पादित कृषि उजलाई विक्रीको लागि  ठाउ ठाउमा बजारीकरणको व्यवस्थापान गर्नुआपरिहार्य रहेको छ । 


अन्त्यमा,
युवा बर्ग विदेश पलायन हुनुभनेको बाध्याता हो । कृषिमा  प्रस्त्र संभावना भए पनि जोखिम युक्त क्षेत्र हो । नेपालमा श्रम, पुजी र जमिनको तालमेल मिलेको छैन । नेपालमा श्रम हुने संगै पुजी छैन, पुजी हुने संग श्रम गर्ने ईच्छा शक्ति छैन जस्ले गर्दा अफ्ठारो परेको छ । उत्पादित कृषि जन्य उत्पादनको बजार अभाव छ । नेपालमा कोल्ड स्टोर छैन, जसले गर्दा किसानले उत्पादन गरेका कृषि जन्य उत्पादनहरुलाई राज्यले नगदी अनुदान भन्दा पनि विभिन्न प्रसोधन केन्द्र तथा कोल्ड स्टोर निर्माण गर्नुपर्दछ ।  प्रमुख भनेको कृषि जन्य उत्पादनमा बजारीकरणमा जोड दिनुपर्दछ । नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको कृषिको विकासको लागि पुजी, श्रम र जमिनको तालमेल  मिल्नु आवश्यक छ अनिमात्र देशले आर्थिक विकासमा  फड्को मार्न सक्छ  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै