आशामै सिमित ‘चिस्यान केन्द्र’


कृष्ण खनाल
बुटवल, १४ बैशाख ।दैनिक करिव १ करोडको कारोवार गर्दै आएकोे ‘बुटवल कृषि उपज तथा फलफुल थोकबाजार केन्द्र’ एक दिन बन्द हुँदा करिव साढे ६ देखि ७ लाख रुपैयाँ सम्म घाटा व्यहोर्नुपर्दछ । राजनीतिक दलहरुले विभिन्न प्रकृतिले गर्ने बन्द हडतालको कारण उपज केन्द्र बर्षमा करिव ५० दिन बन्द हुन्छ । यसबाट उपजकेन्द्रले बार्षिक रुपमा ३५ करोड रुपैयाँको घाटा व्यवसायीहरुले व्यहोर्नुपर्दछ । बेला बेलामा हुने बन्द हड्तालको कारण फलफुल तथा तरकारी घाटा व्यहोर्नुपर्ने व्यवसायीहरुको वाध्याता छ । यो ाजधानी बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र हो ।
मौसमी रुपमा उत्पादन भएका विभिन्न फलफुल तथा तरकारी स्टोर गरी बेमौसमीरुपमा विक्रि वितरण गर्न सहजताको लागि व्यवसायीहरुले कोल्ड स्टोर अर्थात चिस्यान केन्द्र स्थापनाको पहल गरेको लामो समयसम्म पनि स्थापना हुन सकेको छैन । व्यवसायीहरुको पहलमा आर्थिक बर्ष २०६९ ÷०७० मा नेपाल सरकार  अर्थ मन्त्रालयको रातो किताबमा नै एक क्षेत्र एक कोल्ड स्टोरेज स्थापना गर्न निश्चित बजेट विनियोजना भएको थियो । बजेटको समयमा नै सदुपयोग नभ एको कारण उक्त बजेट फ्रिज भएर गएको थियो ।
कोल्ड स्टोर निर्माणको लागि तत्कालिन सरकारले छुटएको ५९ लाख रुपैयाँ फ्रिज भएको थियो भने सोही बर्ष कोल्डस्टोर निर्माण गर्न अनुदानबापत उपलब्ध गराउन छुट्याइएको १२ करोड रुपैयाँ पनि फ्रिज भएको थियो ।
 बुटवल कृषि उपज तथा थोक बजार केन्द्र सञ्चालक समितिका निर्वतमान अध्यक्ष कलाधर पन्थीका अनुसार वि.स.२०७० साल जेठ महिनामा बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघको पहलमा जिल्ला विकास समिति मार्फत कोल्ड स्टोर निर्माणको लागि पहल भएको थियो । रातो किताबमा बजेट  परेको कारण  व्यवसायीहरुको विचमा केही छलफल भएपनि अहिलेसम्म उक्त कार्यले सार्थकता पाउन सकेको छैन ।
त्यसपछिका बर्षहरुमा बुटवलमा कोल्ड स्टोर निर्माणको लागि बजेट विनियोजन भएको छ । जग्गा छनौटको लागि प्रकृयागत रुपमा तालमेल नुहदा स्थानिय निकाय र नीजि साझेदारी संस्थाहरुको विचमा संमन्वय गरी निर्माण गर्ने भनिएको कोल्ड स्टोरको चार्चा समेत हुन छाडेको छ ।
तत्कालित उपजकेन्द्रका अध्यक्ष कलाधर पन्थी भन्छन्–‘केही बजेट रातो किताबमा परेको थियो , जग्गा छनोट गरी निर्माण कार्य अगाडी बढाउने कुरा भएपनि छलफल मात्र भयो, काम अगाडी बढ्न सकेन, जस्को कारण अहिले  पनि व्यवसायीहरुले लाखौंको घाटा व्यहोर्नुपरेको छ ।’
रुपन्देही र यस आस पासका जिल्लाहरुमा उत्पादन भएको फलफुललाई कोल्ड स्टोरमा भण्डारण गरी बेमौमी रुपमा बजारमा पठाउदा  उ त्पादनको उचित मुल्य पाइने भएको कारण व्यवसायीहरुले कोल्ड स्टोरको अवधारण अगाडी बढाएका थिए ।
पहिलो चरणमा केही  बर्ष पहिला कोल्ड स्टोर निर्माण गर्ने गरी छलफल भएको भएनि स्थानिय व्यवसायीक संघ संस्थामा भएको नेतृत्व परिर्वतन  र उपजकेन्द्र नेतृत्व विहिन भएको कारण कुनै प्रक्रिया अगाडी बढ्न नसकेको व्यवसायीहरुको भनाई रहेको छ ।
आर्थिक बर्ष २०६९ ÷०७० मा प्याज उत्पादन बढाउन सरकारल ‘भेन्टिलेटर’ र ’कोल्ड स्टोरेज’ को नाममा बजेट विनियोजन गरेको भएपनि कुनै पनि क्षेत्रमा कोल्ड स्टोर निर्माण हुन नसकेर बजेट फ्रिज भएको थियो । कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुला ठाउँमा राख्ने गरी भेन्टिलेटर कार्यक्रम ल्याइए पनि टेन्डर प्रक्रिया नमिल्दा उक्त कार्यक्रममो ५९ लाख रुपैयाँ फ्रिज भएको देखिन्छ । त्यसपश्चात अहिले कुनै ठोस प्रक्रिया अगाडी बढेको छैन ।
लुम्बिनी फलफुल तथा तरकारी व्यवसायि संघका अध्यक्ष वोजिर शाहले  यस क्षेत्रमा कोल्ड स्टोर नभएको कारण दैनिक लाखौ रुपैयाँको घाटा व्यहोर्नुको कारण भारतबाट समेत आयात गरिएका कृषिजन्य उत्पादनलाई  समेत लामो समय सम्म भण्डारण गरेर राख्न नसकिएको बताउछन् । उनी भन्छन्–‘भारतमा कोल्ड स्टोर गरेर राखिएको हुन्छ, तर हामी यहा ल्यादा  दुइृ तिन दिन मात्र राख्न सक्छौं, जस्ले गर्दा पनि अफ्ठारो परेको छ । ’ उनले अहिले यस क्षेत्रमा भारतबाट आयात गरिएको सुन्तला  १०० रुपैयाँ प्रतिकेजीभन्दा बढि पर्दछ , जवकि नेपालमा उत्पादन भएको  सुन्तला एक नम्बरको ४० देखि ५० रुपैयाँ पर्दछ । नेपालमा उत्पादन भएको सुन्तलालाई स्टोर गर्न सकियो भने बेमौसमा बजारमा पठाउदा  राम्रो मुल्य पाउन सकिन्छ । बेला बेलामा हुने बन्द हडतालको कारण  समेत तरकारी तथा फलफुल जन्य उत्पादन कुहिएर नस्ट  हुने भएर व्यवसायीहरुलाई घाटा समेत लाग्दैन, भने किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुलाई स्टोर गर्न सकेमा उचित मुल्य पाउन सक्छन् ।
लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघले यस क्षेत्रमा कोल्ड स्टोर निर्माणको लागि जग्गा विनियोजन गर्न  कृषि मन्त्री हरिबोल गजुरेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । केही समय पहिला मन्त्री बुटवल आएको मौकामा अध्यक्ष वोजिर शाह लगायतको टोलीले मन्त्री गजुरेललाई ज्ञापन पत्र बुभाउदै यथोसक्य कोल्ड स्टोरको समस्या समाधान गरी स्थापना गर्न माग गरेका थिए । मन्त्री गजुरेललले ज्ञापन पत्र बुझ्दै उपज केन्द्र्र विस्तारको लागि र कोल्ड स्टोरको लागि जग्गा व्यवस्थापन गर्न आफुले पहल गर्ने बताएका थिए ।
बुटवल उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष महेशमान सिंहले आफु र आफ्नो संस्था व्यवसायीक हितको लागि कोल्ड स्टोर निर्माण गर्ने पक्षमा भएको भएपनि जग्गा अभावको कारण ७० सालमा अगाडी बढ्न सकेकोको उक्त कार्यक्रम अहिले पनि अगाडी नबढेको बताउछन् । उनी भन्छन्–‘हामी व्यवसायिक रुपमा व्यवसयायीहरुको हितमा काम गर्न तयार छौ, यसको लागि संमन्वय हुनु जरुरी छ  ।’
रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले कोल्ड स्टोरको अभावका कृषि जन्य उत्पादन बजारीकरणमा समस्या भएकोले सरकार गम्भिर हुने बता उछन् ।  रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डेले व्यवसायीहरुको हितको लागि संस्था जहिले पनि  तत्पर भएको भन्दै सबैको संमन्वय गरेर अगाडी बढ्ने र कोल्ड स्टोरको लागि पहल गर्ने बताए ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
‘बुटवल कृषि उपज तथा फलफुल थोकबाजार केन्द्र’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै