विशिष्टकृत मेलामा फड्को मार्दै बुटवल


कृष्ण खनाल 
बुटवल,२ बैशाख ।


नेपालको प्रमुख सहर काठमाण्डौमा बेला–बेलामा विभिन्न प्रकृतिका मेलाहरु आयोजना भैरहन्छन् । कहिले मोवाईल, कहिले जुत्ता, कहिले ग्रामेट र कहिले पुष्प मेला । काठमाण्डौमा जस्तै औद्योगीक र शैक्षिक  नगरिको रुपमा पहिचान बनाएको बुटवलमा पनि पछिल्लो केही बर्ष यता विशिष्टीकृत प्रकृतिको मेला महोत्सवहरु आयोजना हुनेक्रम बढ्दै गएको छ । यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सबैभन्दा पुरानो संस्थाको बुटवल उद्योग बाणिज्य संघले केही बर्ष देखि विशिष्टीकृत प्रकृतिको मेला आयोजनाको सुरुवात गरि निरन्तरता दिएको छ । 
 वि.स.२०६२ सालमा विशिष्किृत मेलाको रुपमा राजधानी बाहिर पहिलो पटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले गत बर्षबाट पहिलो पटक जुत्ता मेला समेत सम्पन्न गरेको थियो । 

सोही अनुरुप पछिल्लो समयमा यस बर्षको सुरुवातमै विशिष्किृत मेलाको रुपमा ‘मोवाईल मेला–२०७३’ आयोजना गर्दै छ । विशिष्टकृत मेला आयोजना गर्नु आफैमा चुनौतिपुर्ण भएपनि आफुहरुले प्रत्येक ३–३ महिनामा एउटा÷एउटा विशिष्टकृत मेला आयोजना गर्नै योजना अगाडी बढाइएको बुटल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह बताउछन् । उनी भन्छन्–‘कुनै पनि प्रकृतिको मेला आयोजना गर्नु उद्योगी व्यवसायीहरुलाई चुनौति हो तर हामी यस क्षेत्रमा विभिन्न प्रकृतिको मेला पहिलो पटक आयोजना गरेर सफलता भएका छौं ।’
बुटवल उद्योग बाणिज्य संघले नै विशिष्कृत मेला आयोजनाको अगुवाई गर्दै आएको छ । अहिले सम्म संघले ७ औं पटक कृषि मेला सम्पन्न  गरिसकेको छ भने जुत्ता मेला गत बर्ष सफलता पुर्वक सम्पन्न गरेको छ ।  जुन जुत्ता मेला अवको केही महिनामा पुःन आयोजना गर्न लागिएको संघले जनाएको छ । विशिष्टकृत मेलाको रुपमा रहेको मेवाईल मेला राजधानी काठमाण्डौ बाहिर पहिलो पटक  बुटवल उद्योग बाणिज्यले आयोजना गर्दै छ । मेलाको तयारी अहिले अन्तीम चरणमा पुगेको बुटवल उद्योग बाणिज्य संघ, बस्तुगत मोवाईल समितिका अध्यक्ष तथा मोवाईल एक्स्पो २०७३ का  संयोजक एम्.एल्. पाण्डे बताउछन् । 
 यहि बैशाख ४ गते देखि ८ गते सम्म सञ्चालन हुने मोवाईल मेलामा ८ सय ७५ रुपैयाँ देखि १ लाख सम्मका मोवाईलहरु विक्रिमा राखिने छ । ‘नयाँ बर्षको शुभकामना सबैको हातमा मोवाईल हाम्रो चाहना’ भन्ने मुल नारका साथ सञ्चालन हुने मोवाईल मेलामा अन्र्तराष्ट्रिय बजारमा पाईने ३० भन्दा बढि ब्रान्डका मोवाईलहरु विक्रिमा राखिने आयोजकले जनाएका छन् । यस क्षेत्रमा पहिलो पटक आयोजजा गरिएको मोवाईल मेलामा २५ वटा स्टल राखिने छ भने मोवाईल संगै मोवाईलका अन्य उपकरणहरु समेत विक्रि वितरण गरिने छ । प्रवेशिका परिक्षा(एसएलसी) दिएका विद्यार्थीहरुको लागि विशेष छुट्का साथ मोवाईल विक्रि गरिने र यसको अलवा   मेला प्रवेशको लागि सर्वसाधारणहरुको लागि १० रुपैयाँको टिकट र अपाङ्गता भएका व्याक्ति, बृद्ध र अशक्तता भएका व्यक्तिहरुको लागि निशुल्क व्यवस्था गरिएको छ । बुटवल–८ मा रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको मेला विहान १० बजे देखि साझ ५ बजे सम्म आयोजना हुने छ । यसको अलवा मेलामा केही ब्रान्डका मोवाईलहरुमा एक्सचेन्जको समेत व्यवस्था रहेको छ ।  यस्तै उक्त मोवाईल मेलामा कुनै पनि ब्रान्डका मोवाईल खरिदमा हात खाली नजाने  उपहार राखिएको संयोजक एम एल पाण्डे बताउछन् । उनी भन्छन्–‘मेलामा नेपाल टेलिकम, एनसिएल, स्मार्ट सेलका सिमहरु समेत सहजरुपमा विक्रिका  लागि राख्नेछौं ।’मेला आयोजक सह संयोजक विनोद पौडेलका अनुसार मेलामा दिउसो १ बजे देखि ३ बजे सम्म विशेष सास्कृतिक कार्यक्रम समेत राखिने छ । 
यता, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले  विशिष्टकृत मेला आयोजना गरेर बुटवल उद्योग बाणिज्य संघले विशेष सन्देश प्रवाह गरेको भन्दै यस्तो प्रकृतिको मेला महोत्सव अन्य संघ संस्थाहरुले समेत आयोजना गर्नुपर्ने उनको सुझाव रहेको छ । 
बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जल कसजुले  विशिष्कृत मेलाको रुपमा मोवाईल मेला आयोजना गर्ने हिम्मत बुटवल उद्योग बाणिज्य संघले गरेको भन्दै आगामी दिनमा पनि यस्तो प्रकृतिको फरक पहिचान दिने मेला महोत्सव आयोजना गरिरहने जानकारी दिए ।उनले भने–‘यस्तो फरक प्रकृतिको विशिष्ट खालको मेला आयोजना गर्नुपर्दछ, हामी यसलाई निरन्तता दिन्छौ ।’
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले गत बर्ष बुटवलमा पहिलो पटक विशिष्कृत मेलाको रुपमा जुत्ता मेला , सातौ बर्ष देखि कृषि मेला आयोजना गर्दैै आएको उद्योग बाणिज्य संघले अहिले आयोजना गर्न लागेको मोवाईल मेलालले फरक प्रकृतिको सन्देश प्रवाह गर्ने बताउछन् । उनका अनुसार अव प्रत्येक ३÷३ बर्षमा आलो पालोरुपमा आयोजना हुदै आएको मुख्य मेलामा समेत यस्तो प्रकृतिको विशिष्टकृत पेलियन राखेर यसलाई निरन्तरता दिईने छ । बुटवल उद्योग बाणिज्य संघले तिन÷तिन महिनाको फरकमा एउटा  विशिष्कृत मेला आयोजना गर्ने लक्ष्य अनुसार अवको केही महिनामा जुत्ता मेला समेत आयोजना गर्न लागेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह बताउछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै